काठमाडौं– घर बिदामा आएका अनिश थापामगरले हाफ म्याराथनमा ह्याट्रिक गरेका छन्। शनिबार रोड शो हाफ म्याराथन जितेपछि उनले स्वर्ण पदकमा ह्याटि्रक गरेका हुन्। यसअघि उनले मारमोट लोसार र कान्तिपुर हाफ म्याराथनमा जितेका थिए। तीनवटै उपाधि उनले एक महिनाभित्र जितेका हुन्।पर्वतका २५ वर्षे अनिश भारतीय सेनाका जागिरे हुन्। शनिबार १ घन्टा १० मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै उनले स्वर्ण जिते।
भाग लिएका सबै प्रतियोगिता जितेर उनले आफ्नो बिदालाई उपलब्धिमूलक बनाएका छन्।
दशरथ रंगशालाको ट्र्याकमा हाफ म्याराथन जिते अनिशले भने, 'खुसी छु। घर बिदामा आएको थिएँ। प्रतियोगिता हुने खबर पाएपछि काठमाडौं आएँ। मेरो मुख्य इभेन्ट क्रसकन्ट्री हो। म पल्टनमा पनि क्रसकन्ट्रीमा सहभागी हुन्थें।'
विगतमा नेपाली राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसके पनि यसपालि राम्रो नतिजा निकाल्दा अनिशमा खुसीको सीमा थिएन। उनले थपे, 'भारतीय सेनामा आबद्ध भएको ४ वर्ष भयो। बिदामा आउँदा सकेसम्म प्रतियोगितामा भाग लिने कोसिस हुन्छु। यो वर्षको नतिजाबाट एकदमै खुसी छु। अब राष्ट्रिय एथलेटिक्समा हँुदा बिदा मिलाएर आउने सोच छ।'
अनिशले पाँचौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट १० हजार र ५ हजार मिटर दौडमा भाग लिए। १० हजारमा पाँचौं र ५ हजारमा आठौैं हुँदै उनले यात्रा टुंग्याएका थिए।
म्याराथन रोटरी क्लब अफ वागमती र काठमाडौं राउन्ड टेबल–१ को संयुक्त आयोजनामा सम्पन्न पुरुष म्याराथनमा आर्मीका राजन खत्रीले १ घन्टा १० मिनेट १५ सेकेन्डबाट दोस्रो, आर्मीकै ज्ञानबहादुर भट्टराईले १ घन्टा १० मिनेट ४६ सेकेन्डबाट तेस्रो स्थान हासिल गरेका थिए। एपिएफ क्लबका लक्ष्मण मल्ल ठकुरीले १ घन्टा ११ मिनेट ५० सेकेन्ड र खिमबहादुर खत्रीले १ घन्टा १४ मिनेट १ सेकेन्डबाट चौथो र पाँचौं स्थान भेट्टाए।
महिलातर्फ बिन्द्रा श्रेष्ठले १ घन्टा ३२ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी छन्। बिन्द्राले यो वर्ष भाग लिएका पाँचमध्ये तेस्रोपल्ट हाफ म्याराथनको उपाधि जितिन्। बिन्द्रा रियल म्याराथन र मारमोट लोसार १० किलोमिटर दौडकी विजेता हुन्। उनी टेलिकम कप र कान्तिपुर हाफ म्याराथनमा दोस्रो भइन्। बिन्द्राले यसपालि हाफ म्याराथनमा आफ्नो राम्रो नतिजा भएको बताइन्। उनले भनिन्, 'तीन हाफ म्याराथनमा पहिलो हुनु मेरो करियरको ठूलो उपलब्धि हो। अझै हाफ म्याराथनमा राम्रो गर्ने कोसिस गर्नेछु।'
राष्ट्रिय प्रतियोगितामा बिन्द्राले एपिएफबाट ८ सय र १५ सय मिटरमा भाग लिने गर्छिन्।
महिलाको दोस्रो र तेस्रो स्थानमा पनि एपिएफकै खेलाडीको वर्चस्व रह्यो। कृष्णेश्वरी सिन्तकलाले १ घन्टा ३४ मिनेट ३३ सेकेन्ड र गीता खत्रीले १ घन्टा ३४ मिनेट ३६ सेकेन्डबाट दोस्रो र तेस्रो स्थान हात पारे। आर्मीकी सरिता बासीले १ घन्टा ३६ मिनेट २४ सेकेन्डबाट चौथो र काठमाडौंकी सरस्वती खड्काले १ घन्टा ३६ मिनेट ३७ सेकेन्डबाट पाँचौं स्थान पाए।
महिला–पुरुष दुवैतर्फ समान विजेताले ३० हजार, उपविजेताले २५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार पाए।
रोटर क्लब अफ वागमतीका अध्यक्ष राजेन्द्र कायस्थले म्याराथनमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने लक्ष्य रहेको बताए। उनले भने, 'हामी विशेषगरी शिक्षा र स्वास्थ्य विकासमा लागिपरेका छौं। म्याराथनमार्फत हामी विद्यालयलाई आर्थिक सहयोग पनि जुटाइरहेका छौं।' 'स्वस्थ र साक्षर नेपाल' भन्ने नारासाथ गरिएको म्याराथनमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीले भाग लिएका थिएनन्। पुरुष भेट्रान्समा धर्म महर्जन पहिलो भए। रामकृष्ण मजर्हन र विजय सुवाल दोस्रो र तेस्रो भए। महिला भेट्रान्समा इमला प्रधान पहिलो, हेमता सुवेदी दुलाल दोस्रो र राजकुमारी कार्की तेस्रो भए।
छात्रछात्राको ५ किलोमिटर दौडको छात्रमा उमेश राजभण्डारी पहिलो, सुवास राई दोस्रो र नवीन शाही ठकुरी तेस्रो भए। छात्रातर्फ संगीता खड्का विजेता भइन्। सन्तोषी श्रेष्ठ दोस्रो र हुमी बुढामगर तेस्रो भए। समान पुरस्कारमा विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार प्राप्त गरे।