काठमाडौं– दशरथ रंगशालामा आइतबार श्रीकुमारी क्लबले सहिद स्मारक बी डिभिजन लिगमा महावीर क्लबलाई १–० ले पराजित गरेको छ। सातदोबाटो युथ र पुल्चोक स्पोर्टसले भने १–१ को बराबरी खेलेका छन्। पहिलो खेलमा कुमारीको विजयमा तीर्थ रानाले ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। कुमारीले २ खेलबाट ४ अंक जोडेको छ। महावीरले लगातार दोस्रो खेलमा पराजय बेहोर्यो ।
कुमारीका प्रशिक्षक राजकुमार केसीले विपक्षी टिमको गोलकिपर कमजोर हँुदा खेल जित्न सहज भएको बताए। उनले भने, 'विपक्षी गोलकिपरको कमजोरीमा फाइदा उठायौं। लामो प्रहारबाट गोल गर्ने प्रयासमा सफल भयौं। हामीले रक्षात्मक खेलेर काउन्टर एट्याक खेल्ने रणनीति बनाएको थियौं। खेलाडीले पनि मैदानमा थप प्रयास गरे। तर गोल थप्न सकिएन।'
खेलको ८२औं मिनेटमा कुमारीका तीर्थ रानाको प्रहार महावीरका गोलकिपर जीवन गुरुङले पञ्च गरेको बल पोलमा लागेर फर्कियो। ८६औं मिनेटमा सुरज गुरुङको कर्नरमा विजय घलानको हेड पनि पोलमा लागेर फर्किएपछि कुमारीले अग्रता दोब्बर पार्न सकेन। दोस्रो हाफमा महावीर खेलमा फर्कने प्रयास गरे पनि सफल भएन।
महावीरका बाबुराम धिमालको प्रहार गोलकिपर मनोज गुरुङले फुत्काए। त्यो बल विधान कार्कीको प्रहार गर्दा पोलमा लागेर फर्कियो। त्यतिखेर खेल ७२औं मिनेटमा चल्दै थियो।
महावीरका प्रशिक्षक प्रज्ज्वलप्रताप क्षेत्रीले रेफ्रीको निर्णयले नतिजामा असर गरेको बताए। रेफ्री सुरज मानन्धरप्रति आक्रोशित क्षेत्रीले भने, 'रेफ्रीले निर्णयले आज हामी हार्नुपरेको हो। हामीले राम्रो खेल्दाखेल्दै पराजित भयौं। हारे पनि म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु। पहिलो खेलभन्दा हामीले धेरै सुधार गर्यौं । बल पोसेसन र पासमा खेलाडीको समन्वय मिलेको थियो।'
दोस्रो हाफमा महावीरका विधान कार्कीलाई बल अगाडि बढाइरहँदा डी बक्समा कुमारीका रक्षकले लडाए। त्यसमा रेफ्रीले पेनाल्टी नदिएको भन्दै क्षेत्रीले असन्तुष्टि जनाएका थिए।
अर्को खेलमा पुल्चोकले सुरुआती अग्रता जोगाउन सकेन। २८औं मिनेटमा पुल्चोकका याकुब राईले गोल गरे। सातदोबाटोले ७८औं मिनेटमा गोल फर्कायो। सातदोबाटोका रोशन राईले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याहए।
बराबरीपछि सातदोबाटोले १ अंक थप्दै ४ अंक बनायो। १ जित र १ बराबरी खेलेको पुल्चोकसँग पनि ४ अंक छ। सोमबार टुसाल र बौद्ध तथासक्षमनगर र बाँसबारीले प्रतिस्पर्धा गर्नेछन्।