ढाका- विश्व ट्वान्टी–२० क्रिकेटमा समूह चरणको प्रतिद्वन्द्वी भए पनि बंगलादेशका खेलाडीहरूलाई नेपाली क्रिकेटबारे खासै केही जानकारी छैन। तर, ट्वान्टी–२० खेल भएकाले जे पनि हुनसक्ने हुँदा नेपाललाई उनीहरूले कमजोर आँकेका छैनन्।'इमान्दार भएर भन्नुपर्दा मलाई नेपाली क्रिकेटबारे केही थाहा छैन, तर हामीले नेपालले खेलेको केही फुटेज खोज्दैछौं, हामीले अझै फुटेज हेरेका छैनौं, हाम्रो टेक्निकल एनालिस्टसँग यो सबै छ,' बंगलादेशका पूर्वकप्तान शकिब अल हसनले भने। एक समयका विश्वका नम्बर एक अलराउन्डर शकिबले भने, 'हाम्रो पहिलो खेल अफगानिस्तानसँग हो, हामी त्यसैमा केन्द्रित छौं।'
आइसिसीको ओपन मिडिया सत्रमा नेपाली पत्रकारले शकिबसँग नेपाली खेलाडीहरूबारे सोध्दा आफूलाई थाहा नभएको बताए। उनले भने, '२००४ मा मैले यु–१९ विश्वकपमा नेपालले खेलेको समाचारबाट थाहा पाएको थिएँ, तर राष्ट्रिय टोलीले ठूलो सफलता पाएको थाहा पाएको छैन।'
प्रतियोगिताका सबै खेललाई एकैपटक नहेर्ने बताउँदै शकिबले समूह चरण पार गर्ने आत्मविश्वास देखाए। 'आफ्नो क्षमताले खेल्ने हो भने हामी सजिलै दोस्रो चरणमा पुग्छौं। एसिया कपमा पनि हामीले भारत र बंगलोदशमा राम्रो गरेका थियौं, तर १–२ क्षणमा चुक्दा हामी प्रतियोगिताबाटै बाहिरियौं। त्यसैले प्रत्येक क्षणको सदुपयोग गर्न सक्नुपर्छ।'
यस्तो स्थितिमा समूहमा रहेका नेपाल, बंगलादेश, अफगास्तिान र हङकङमध्ये दबाब कसलाई बढी हुन्छ भन्ने प्रश्नमा शकिबले भने, 'यस्तो ठूलो प्रतियोगितामा सबैलाई दबाब उत्तिनै हुन्छ। सबै प्रतिद्वन्द्वीले मौका पर्खेर बसेका छन्। विश्व क्रिकेटमा अगाडि आइरहेको भनेर देखाउन नेपाललाई पनि यो राम्रो अवसर हो।'
बंगलादेशका प्रमुख स्पिनर अब्दुर रज्जाकले पनि आफूलाई नेपालबारेकेही जानकारी नभएको बताए। उनले पनि नेपाल बारे सबै टोलीका टेक्निकल एनालिस्टले फुटेजहरू तयार पारिरहेको बताए। नेपाली टोलीमा पनि तीन देब्रेहाते स्पिनर रहेको जानकारी दिँदा रज्जाकले भने, 'यस्तो विकेटमा स्पिनरलाई राम्रो सहयोग गर्छ। उनीहरूले यो विकेटमा राम्रो गर्ने विश्वास लिएको छु। स्पिनरलाई राम्रो फाइदा गर्छ, तर खेलाडी आफैले पनि राम्रो खेल्नुपर्छ। किनभने सबै टोली पूरा तयारी साथ आएका हुन्छन्।'
नेपालसँग विगतमा खेलेका अलराउन्डर मोहम्मद हुसैन एक्लो खेलाडी हुन्। उनलाई पनि नेपालसँगको खेलबारे सम्झन अप्ठेरो पर्योम। उनले 'लियाजन' को सहारा लिएर बल्ल नेपाली यु–१९ टोलीसँग खेलेको बताउन सके। नेपालले ढाका आएर सन् २००९ मा बंगलादेशसँग ३ अभ्यास खेलेको थियो, त्यसमा अन्तिम खेल वर्षाका कारण रद्ध भएको थियो। पारस खड्काको कप्तानीमा नेपालले २००८ को यु–१९ विश्वकप खेल्नुअघि बंगलादेशसँग खेलेको थियो। हुसैनलाई त्यसबारे पनि सम्झन निकै समय लाग्यो।