आयरिससँग भेट नेपालको उपयुक्त साइत
२७ फागुन २०७०
•
७ मिनेट पाठ
आयरिससँग भेट नेपालको उपयुक्त साइत
फतुल्लाह (बंगलादेश)-आयरल्यान्डसँग इतिहासमै हुन लागेको पहिलो भेटलाई नेपालका प्रशिक्षक पुबुदु दासानायकेले ५ दिनपछि सुरु हुने विश्व ट्वान्टी–२० अघिको उपयुक्त तयारीका रूपमा हेरेका छन्।




नेपाली राष्ट्रिय टोलीले पहिलोपल्ट आयरल्यान्डसँग खेल्न लागेको हो। विश्व ट्वान्टी–२० को तयारीका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आधिकारिक अभ्यास खेलमार्फत यो साइत जुराइदिएको छ। नोभेम्बरमा युएईमा सम्पन्न विश्व ट्वान्टी–२० मा आयरल्यान्ड विजेता र नेपाल तेस्रो हुँदै बंगलादेश आइपुगेका हुन्।

'युएईमा नेपालले सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गरी आयरल्यान्डसँग फाइनल खेलोस् भन्ने मेरो कामना थियो, मैले नेपालको त्यो खेल हेरेको थिएँ,' आयरल्यान्डका प्रशिक्षक फिल सिमोन्सले नेपाली टोलीबारे आफूलाई थाहा भएको बताए। उनले ट्वान्टी–२० मा सबै टोली समान हुने भएकाले आयरल्यान्डले आफूलाई बलियो टोलीका रूपमा नराखेको बताए। सिमोन्सले नेपालको आयरल्यान्डलाई पनि हराउन सक्ने सम्भावना देखाए।

ट्वान्टी–२० विश्वकपमा नेपालले बंगलादेश, अफगानिस्तानजस्ता बलिया टोलीसहित हङकङसँग समूह चरणमा खेल्न लागेको प्रसंगमा प्रशिक्षक दासानायकेले आयरल्यान्डसँगको खेललाई अपेक्षित तयारीमा हेरेका हुन्। उनी युएईमा नेपालले नेदरल्यान्ड्स र युएईसँग अभ्यास खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता खोजिरहेका छन्। नेपालले नेदरल्यान्ड्ससँग हारे पनि १ सय ५० रनभन्दा बढी बनाएको थियो भने युएईलाई हराएको थियो।

'हामी दुबईबाट सही मानसिकतासाथ आएका छौं। दुबईमा हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरे। त्यसैले न्युजिल्यान्डमा पाएको प्रदर्शनबाट दुःखित हामीले यो प्रतियोगिताबाट हाम्रो स्तर कहाँ छ देखाउन चाहान्छौं। आयरल्यान्डसँगको अभ्यास खेल पनि त्यही हो,' फतुल्लाह क्रिकेट रंगशालामा मंगलबार साँझ ३ घन्टाको अभ्यासपछि दासानायकेले भने।

वेस्ट इन्डिजका पूर्वअलराउन्डर सिमोन्सले नेपाललाई राम्रो र क्षमता भएको टोलीमा लिएका छन्। आयरल्यान्डले पनि यही समयमा फतुल्लाहमै प्रशिक्षणमा बिताएको थियो। ट्वान्टी–२० सँगै एकदिवसीय विश्वकपमा पनि छनोट भएको आयरल्यान्ड एसोसिएटको नम्बर एक टोली हो। आयरल्यान्डलाई भविष्यको सम्भावित टेस्ट राष्ट्रको रूपमा पनि हेरिएको छ। आयरल्यान्डले पछिल्लो ६ महिनामा विश्व ट्वान्टी–२० छनोट, विश्व क्रिकेट च्याम्पियनसिप र चारदिवसीय अन्तरमहादेशीय कप जितेको थियो।

आयरल्यान्डसँगको खेलमा दासानायकेले मुख्य रूपमा बलरलाई हेर्न चाहेका छन्। 'मैले बलरहरूलाई एउटा लक्ष्य दिएको छु, उनीहरूले कस्तो प्रदर्शन गर्छन् हेर्नुछ,' दासानायकेले भने, 'उनीहरूको टोलीमा धेरै देब्रेहाते ब्याट्सम्यान छन्, तर हाम्रो टोलीमा एकमात्र अफ स्पिनर (सागर पुन) छन्, त्यसैले नेपाली बलरले राम्रो विचार गरेर बलिङ गर्नुपर्ने हुन्छ।'

अभ्यास खेल भएकाले बुधबार टोलीका १५ खेलाडीले नै खेल्न पाउने छन्। सोमपाल कामी र जितेन्द्र मुखियाका साथै देब्रेहाते अमृत भट्टराईले आयरल्यान्डको ब्याटिङको परीक्षण लिन खोज्ने प्रयास गर्ने छन्। अर्का देब्रेहाते तीब्र बलर अविनाश कर्णले भने आयरल्यान्डसँग नखेल्ने निश्चित भइसकेको छ। घुँडामा लागेको चोटको ड्रेसिङ गर्न परेकाले अविनाश मंगलबारको प्रशिक्षणमा सहभागी थिएनन्।

कप्तान पारस खड्काले पनि अभ्यास खेलमा बलिङ नगर्ने दासानायकेले बताए। न्युजिल्यान्डमा जनवरीमा सम्पन्न एकदिवसीय विश्वकप छनोट पारसले पूरा फिट नभए पनि खेल्नुपरेको थियो, जसका कारण नेपालले अन्तिम खेलबाहेक सबै हार्न पुग्यो। 'विश्व ट्वान्टी–२० का खेललाई मध्यनजर गरेर पारसले अभ्यास खेलमा बलिङ गर्ने छैनन्,' दासानायकेले प्रस्ट्याए।

सिमोन्स भने नेपालसँग ११ खेलाडीमात्र खेलाउने बताउँछन्। 'म ११ खेलाडी खेलाउने मात्र विश्वास राख्दछु। नेपालसँग ११ खेलाडीले खेल्नेछन्, बाँकी ४ खेल्न नपाएको खेलाडीलाई बंगलादेशसँग अर्को अभ्यासमा खेलाउने छु,' उनले भने।

जितेन्द्रको ढिलाइ

नेपालका तीब्र बलर जितेन्द्र मुखिया मंगलबारको प्रशिक्षणमा सुरुआतमा थिएनन्। होटलबाट ढिला निस्किएका कारण उनले मंगलबार प्रशिक्षणमा जान लागेको नेपाली टोलीको बस 'मिस' गरेका थिए। होटलको कोठाबाट ढिलागरी निस्किएका कारण जितेन्द्रले बस मिस गरेको र उनलाई टिम कारबाही हुने प्रशिक्षक दासानायकेले बताए। 'उनलाई थोरै जरिवाना पनि गराउन सकिनेछ, तर १–२ खेलकै प्रतिबन्ध भने होइन। अफिसियल काममा होटलमै रहेका नेपाली टोलीका सहायक व्यवस्थापक सञ्जिव पाण्डेसँगै पछि जितेन्द्र फतुल्लाह मैदान पुगेका थिए। जितेन्द्रले त्यसपछि सोझै नेट्समा बलिङ गरे।

नेपालविरुद्ध आयरल्यान्ड

फतुल्लाह क्रिकेट मैदान

समय : साँझ ७.१५ बजे
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस