युएईसँग गल्ती सुधार्दै तम्तयार
२९ फागुन २०७०
•
६ मिनेट पाठ
युएईसँग गल्ती सुधार्दै तम्तयार
ढाका- विश्व ट्वान्टी–२० अघिको दोस्रो तथा अन्तिम अभ्यास खेलमा युएईसँग उत्रँदा नेपालको लक्ष्य ओपनिङ ब्याटिङ समस्यालाई किनारा लगाउनु हुनेछ। फतुल्लाह क्रिकेट मैदानमा हुने खेलअघि प्रशिक्षक पुबुदु दासानायके भने यसलाई ठूलो विषय मान्दैनन्।

नेपाल बुधबार आयरल्यान्डसँग पहिलो अभ्यास खेलमा ५ विकेटको पराजय भोग्दा सागर पुन र सुवास खकुरेलले खासै ठूलो योगदान दिन सकेनन्। सागर ६ र सुवास १० रन बनाई लगातार बलमा आउट भए। यसले फेरि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लमाथि दबाब थपिएको थियो।
नोभेम्बरमा युएईमा सम्पन्न विश्व ट्वान्टी–२० का पछिल्ला खेलहरूबाट सागरले ओपनिड ब्याटिङ गर्न लागेका हुन्। तर उनले ठूलो इनिड्स खेल्न नसक्दा त्यसपछिको ब्याटिङक्रमले दबाब खेप्दै आएको छ। युएईको विश्व ट्वान्टी–२० छनोटमा सुवासले २ सय ३४ रन बनाएका थिए। जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोटमा डेङ्गु फिभरका कारण कुनै खेल नपाएका सुवासले त्यसयता अभ्यास खेलहरूमा लय समात्न सकेका छैनन्।
ओपनिरू जोडीको विषयमा दासानायकेले भने, 'यो कुनै प्रयोग होइन, हामीले बनाएको सेटअप यही हो। हामीसँग धेरै विकल्प पनि छैन। टिम बाहिर पनि त्यस्तो खेलाडी देखेको छैन। सागर महŒवपूर्ण खेलाडी हुन्। हामीलाई उनको बलिङको पनि खाँचो छ। जुन हिसाबले ब्याटिङ गरिरहेका छन्, त्यसमा उनलाई अनुभवमात्र आवश्यक छ। म उनको आत्मविश्वासलाई बढाएर नै खेलाउन चाहान्छु।' 
ओपनिङबाट खेल्दा सागरले २५ रनभन्दा ठूलो इनिड्स खेल्न नसक्नुको समस्याले नेपाली टोली प्रभावित छ। बुधबार आयरल्यान्डसँगको खेलमा ठूला सटबाट इनिङ्सको सुरुआत गरेका सागरलाई काउन्टी क्रिकेटका अनुभवी स्पिनर जर्ज डोकरेलले बोल्ड गरेका थिए। प्रतिभाशाली खेलाडी भए पनि सागरले मैदानमा प्रतिभा उतार्न सकेका छैनन्।
सागरअघि सुवाससँग प्रदीप ऐरीले ओपनिङ गर्दै आएका थिए। आक्रामक ब्याटिङ भए पनि त्यहीअनुरुप प्रदर्शन गर्न नसकेपछि प्रदीपलाई मध्यपंक्तिमा झारिएको थियो। त्यहाँ पनि जम्न नसकेका प्रदीपको स्थानमा आयरल्यान्डसँग नरेश बुढाएर खेलाइयो। ४ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका नरेशले केही राम्रा सटहरू खेल्दै प्रभाव पारेकाले उनी नै मध्यपंक्तिको पहिलो रोजाइमा पर्ने सम्भावना देखाएका छन्।
युएईको समस्या नेपालको भन्दा ठीक उल्टो छ। बुधबारै आयोजक बंगलादेशसँगको अभ्यासमा निकै राम्रो सुरुआत गरे पनि त्यो लय मध्यपंति्कले तान्न नसक्दा अप्रत्यासित नतिजा निकाल्ने अवसर युएईले चुकाएको थियो। पहिलो १२ ओभरमा १ सय रन बनाए पनि युएईले त्यसपछि ४० रनमात्र जोड्न सक्यो।
नेपाल र युएई एक साताबीच दोस्रोपल्ट अभ्यास खेल्न लागेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषदको विशेष प्रशिक्षणमा एक हप्ता दुबईमा रहँदा नेपालले शारजहाँमा शुक्रबारको अभ्यास खेलमा युएईलाई ३१ रनले पराजित गरेको थियो। नोभेम्बरमा विश्व ट्वान्टी–२० छनोटमा पनि नेपालले तेस्रो स्थानको प्लेअफमा युएईलाई ५ विकेटले पराजित गरेको थियो। 
तर न्युजिल्यान्डमा नेपालमाथि पहिलो खेलमा विजय हात पार्दै युएई एकदिवसीय विश्वकपमा पनि छनोट भएको हो। नेपालसँग पछिल्लो १ वर्षमा चुक्दै आए पनि युएईले केही समययता एसोसिएट क्रिकेट स्तरमा राम्रो प्रभाव पार्दै आएको छ। 
युएईसँगको अभ्यास खेलपछि नेपाल मुख्य प्रतियोगिता खेल्न चित्तागोङ लाग्नेछ। नेपालले ट्वान्टी–२० विश्वकपमा आइतबार हङकङ, मंगलबार बंगलादेश र बिहीबार अफगानिस्तानसँग खेल्नेछ। चोटका कारण देब्रेहाते सिमर अविनाश कर्ण बिहीबारको प्रशिक्षणमा पनि नरहेकाले उनले विश्वकप खेल्न पाउने सम्भावना कमजोर हुँदै गएको छ।
'मुख्य प्रतियोगिताअघि जित निकै आवश्यक छ, आयरल्यान्डसँग यो स्तरमा खेलेर अनुभव बटुल्न पाउनु निकै महŒवपूर्ण हुन्छ। एकै खेलमा ५–६ गल्ती गर्नाले हामीले जितिसकेको खेल गुमायौं,' दासानायकेले भने, 'युएईसँग त्यो सबै गल्ती सुधार्दै हङकङविरुद्ध पूर्ण तयार हुनु छ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस