काठमाडौं– सहिद स्मारक 'बी' डिभिजन लिगमा बिहीबार टुसाल युथ क्लब र मध्युर युथ एसोसिएसनले विजय हासिल गर्दै अंकतालिकामा माथि उक्लेका छन्। दशरथ रंगशालामा टुसालले बाँसबारी फुटबल क्लब र मध्यपुरले बौद्ध फुटबल क्लबलाई १–० को समान अन्तरमा हराए। ३१औं मिनेटमा तीर्थ लामाको गोलमा टुसालले लिगमा दोस्रो जित दर्ता गरायो। सोनाम दोर्जीको पहिलो आक्रमण गोलकिपर हेम शेर्पाले रोक्ने प्रयास गरे। बल क्रसबारमा लागेर फर्कियो, त्यही बलमा तीर्थले बिना गल्ती गोल गरे। ३ खेलमा ६ अंक जोड्दै टुसाल तेस्रो स्थानमा उक्लेको छ। ९ अंकसहित ब्रिगेड ब्वाइज शीर्ष स्थानमा छ।
सक्षमनगरसँग २–० ले पराजित टुसाल त्यसयता दुई खेलमा विजयी भयो। अघिल्लो खेलमा टोलीले छिमेकी बौद्धलाई २–० ले नै हराएको थियो। बाँसबारीले भने लगातार ४ खेल गुमाइसकेको छ। २–० ले सामाजिकसँग पराजित हुनुअघि बाँसबारीले बिबिसीलाई ३–२ र सक्षमनगरलाई २–१ को नतिजा सुम्पेको थियो। बाँसबारी पुछारमा छ।
बाँसबारीका प्रशिक्षक राजेश श्रेष्ठ सफल नतिजा ल्याउन नसकेपछि खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको बताए। 'खेलाडीले मिहिनेत गरेका छन्। सबै खेल झिनो अन्तरमा हारेका छौं। त्यसलाई दुर्भाग्य नै भन्नुपर्ला,' उनले भने, 'आउने खेलमा राम्रो गर्ने आशा छ।' उनले रेलिगेसनबाट टोली बच्ने विश्वास व्यक्त गरे। 'अझै ९ खेल बाँकी छ,' उनले थपे, 'हामी रेलिगेसनबाट धेरै टाढा छौं।'
मध्यपुरका लागि साजन प्रधानले २०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। तेस्रो खेलमा मध्यपुरको पहिलो जित हो। 'एउटा स्कोर निस्कियो। सोचेजस्तो खेल भएन। धेरै मौका पाए पनि गोल भएन,' मध्यपुरका प्रशिक्षक राजेश श्रेष्ठले भने, 'अघिल्लो खेल बराबरी भए पनि राम्रो थियो।'
७–८ जना सिनियर खेलाडी टोलीमा हुँदा अपेक्षा बढी गरिए पनि त्यसअनुसार प्रदर्शन हुन नसकेको जनाउँदै श्रेष्ठले भने, 'व्यक्तिगत प्रदर्शन राम्रो भए पनि टिम स्पिरिड मिल्न सकेको छैन।'
४ अंकसहित टोली आठौं स्थानमा उक्लेको छ। पहिलो खेलमा सातदोबाटोसँग पराजित मध्यपुर वीरगन्ज युथ एकेडेमीसँग २–२ को बराबरीमा रोकिएको थियो। बौद्धले ३ खेलमा १ खेलमात्र जितेको छ। वीरगन्जलाई १–० ले हराएको बौद्ध छिमेकी टुसालसँग पराजित भयो। बौद्ध नवौं स्थानमा छ।