काठमाडौं– नेपाल फिफा वरियतामा ९ स्थानमाथि चढ्दै १ सय ६०औं स्थानमा आइपुगेको छ। विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो महिनाको वरियतामा नेपाल १ सय ६९औं स्थानमा थियो।नेपाल राष्ट्रिय फुटबल टोलीले झन्डै ४ महिनायता कुनै पनि प्रतियोगितामा भाग लिएको छैन। नेपाली टोलीले पछिल्लोपल्ट मंसिर ४ गते भारतविरुद्ध सिलगुढीमा मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसमा नेपाल २–० ले पराजित भयो। त्यसअघि भदौमा नेपालसहित दक्षिण एसियाली आठ राष्ट्रले काठमाडौंमा आठौं साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए।
मार्च महिनाका लागि जारी वरियतामा १ सय २७औं स्थामा रहेको अफगानिस्तान दक्षिण एसियाको शीर्ष स्थानमा कायम छ। पछिल्लो महिनाभन्दा अफगानिस्तान ११औं स्थान उक्लेको छ। श्रीलंका र भुटानबाहेक दक्षिण एसियाका सबै राष्ट्रको वरियतामा सुधार भएको छ।
दुई स्थानमाथि चढ्दै भारत १ सय ५२औं स्थानमा छ भने ६ स्थान माथि उक्लेको माल्दिभ्स १ सय ५७औं स्थानमा पुगेको छ। ७ स्थान माथि उक्लँदै पाकिस्तान १ सय ५८औं र २ स्थान उक्कँदै बंगलादेश १ सय ६२औं स्थानमा छन्। २ स्थान झरेको श्रीलंका १ सय ७३औं र भुटान २ सय सातौं स्थानमा यथावत छन्।
स्पेन फिफा वरियताको शीर्ष स्थानमा यथावत छ। जर्मन दोेस्रो र अर्जेन्टिना तेस्रो स्थानमा छन्।