शिवरामलाई सिएमएस कप
२९ फागुन २०७०
•
४ मिनेट पाठ
शिवरामलाई सिएमएस कप
काठमाडौं– नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले संजय लामालाई प्लेअफमा पराजित गर्दै बिहीबार गोकर्ण गल्फ क्लबमा सिएमएस ओपन गल्फको उपाधि जितेका छन्। सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको आठौं प्रतियोगितामा ७२ होलको खेल समाप्तिपछि आरएनजिसीका शिवराम र आर्मी क्लबका संजयको स्कोर १ ओभर २ सय ८९ मा टाई भएपछि प्लेअफबाट विजेता चयन गरिएको थियो। पार ३ को १०औं होलमा प्लेअफ गराइँदा शिवरामको पहिलो सट होल नजिकै पुग्यो भने संजयको प्रहार टाढिएर ग्रिनभन्दा बाहिर गयो। संजयले दोस्रो सटमा पट गर्न सकेनन्। तेस्रो सटमा मात्र उनले सफलता पाउँदा शिवरामले भने बर्डी सट खेल्दै विजेता बन्नुको औपचारिकता पूरा गरे। करिअरमा शिवरामको यो २६औं तथा जारी सिजनमा छैटौं उपाधि हो।
भरतपुरको कलेज अफ मेडिकल साइन्सेजको प्रायोजन तथा नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसँगै शिवरामले नगद १ लाख पुरस्कार पाए। 
अन्तिम होलमा शिवरामले पार खेल्दा अग्रस्थानमा रहेर दिनको खेल सुरु गरेका राम थापा र संजयले बोगी खेपेपछि शिवरामले प्लेअफको मौका पाए। अन्तिम दिन बिहीबार शिवरामले ७२ पारको कोर्समा १ अन्डर ७१ खेल्दा संजयले १ ओभर ७३ तथा रामले ३ ओभर ७५ स्कोर गरे। 
तेस्रो दिनसम्म शिवराम तीन स्ट्रोकले पछि थिए। तर, सुरुका तीन दिन खराब खेलेका उनले अन्तिम दिन उत्कृष्ट पुनरागमन जनाउँदै उपाधिमा कब्जा जमाए। शिवराम र रामले फ्रन्ट नाइनमा समान १ ओभर ३७ स्कोर गरेका थिए। जबकि त्यो बेला संजयको स्कोर इभन पार ३६ मात्र थियो। शिवरामले ब्याक नाइनमा २ अन्डर ३४ खेले भने संजयले १ ओभर ३७ तथा रामले २ ओभर ३८ मा चित्त बुझाए।
फ्रन्ट नाइनमा शिवारमले चार बोगीविरुद्ध तीन बर्डी खेले भने ब्याक नाइनमा एक बोगी तथा दुई बर्डी खेले। संजयले पहिलो हाफमा एक बर्डीविरुद्ध एक बोगी तथा ब्याक नाइनमा एक बर्डीविरुद्ध दुई बोगी खेपेका थिए। यसैगरी रामले फ्रन्ट नाइनमा दुई बोगी खेल्दा एक बर्डी खेले भने ब्याक नाइनमा एकमात्र बर्डी खेल्न सक्दा तीन बोगी स्वीकारे।
५ लाख कुल पुरस्कार राशिको प्रतियोगितामा उपविजेता संजयले ७२ हजार रुपैयाँ पाए। कुल २ ओभर २ सय ९० स्कोर साथ तेस्रो भएका रामको भागमा ५४ हजार पर्योय। बिहीबार २ अन्डर ७० खेल्दै चौथो भएका रमेश अधिकारी (२९४) ले ४२ हजार रुपैयाँ पाउँदा ८ ओभर २ सय ९६ स्कोरबाट संयुक्त पाँचौं भएका सूर्यप्रसाद शर्मा (७७) र नेपाल नम्बर दुई रवि खड्का (७३) ले समान २२ हजार ५ सय हात पारे।
रामकृष्ण श्रेष्ठ (७६) र पूर्ण शर्मा (७४) समान २ सय ९९ स्कोर बनाएर संयुक्त सातौं हुँदा रमेश नगरकोटी (७४), सचिन भट्टराई (७३) र उमेश नगरकोटी (६७) समान १२ ओभर ३ सय स्कोरसहित संयुक्त १०औं भए। 
एमेच्योरतर्फ विकास बोगटीले बिहीबार इभन पार ७२ खेल्दै कुल ३ सय २ स्कोर बनाएर उपाधिमा कब्जा जमाउँदा मिथुन राई (७६) चार सटले पछि पर्दै उपविजेता बने। सञ्जिव सिके (८०) कुल ३ सय १० स्कोरबाट तेस्रो भए।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस