चितागोङमा क्रिकेट नजर
३० फागुन २०७०
•
८ मिनेट पाठ
चितागोङमा क्रिकेट नजर
ढाका- नेपालबाट ढाका हुँदै चितागोङ बाटोको दूरी झन्डै १३ सय किलोमिटर छ। १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली टोलीले सबैभन्दा छोटो दूरीमा खेल्न लागेको प्रतियोगिता यही हो। छोटो दूरीमा नेपालले आफ्नो सबैभन्दा ठूलो प्रतियोगिता विश्व ट्वान्टी–२० खेल्दैछ।कप्तान पारस खड्का चित्तागोङस्थित जाहुर अहमद चौधरी रंगशालामा टस गर्न गएपछि ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्ने हङकङ सँगै नेपाल १७औं राष्ट्र बन्नेछ। ‘विश्वसामु प्रमाणित गर्न चाहन्छौं कि हामी यो स्तरमा खेल्न योग्य छौं,' विश्व ट्वान्टी–२० को पूर्वसन्ध्यामा नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने। 
अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शीर्ष राष्ट्रले खेल्ने संरचनाको क्रिकेट हो। टेस्टसँग नेपालको कुनै सम्बन्ध छैन। एकदिवसीय अन्तर्राष्ट्रियको नजिक पुगे पनि अंगाल्न सकेको छैन। त्यसैले ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रियमा प्रवेश गर्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि र नेपाली खेलकुदकै कोसेढुंगा पनि हो।
हङकङसँग पहिलो खेल भएकाले नेपालले विश्व क्रिकेटको प्रमुख प्रतियोगितामा चिन्ता लिनुपर्ने केही छैन। यसमा नेपाली क्रिकेटप्रेमीले ठूलो आशा राख्न सक्छन्। विनोद भण्डारीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक बनाउँलान् वा शक्ति गौचनले डिभिजन ४ मा मलेसियासँग जस्तै किफायती बलिङ गर्लान् भन्ने आशा राख्नु स्वाभाविक हुनेछ। 
‘मलाई लाग्छ, हामी विश्वसामु नेपाली क्रिकेट प्रस्तुत गर्न आएका हौं, यो हाम्रा लागि राम्रो अवसर हो,' कप्तान पारस खड्का नेपालको विश्व ट्वान्टी–२० यात्रालाई यसरी प्रस्ट्याउँछन्, ‘तीन महिना वा एक वर्षे तयारीले यो प्रतियोगितामा छनोट भएका होइनौं। हामीले १०–१२ वर्ष देखि निकै मिहिनेत गरी नियमित क्रिकेट खेलिरहेका छौं। यहाँ प्रतिस्पर्धा गर्न आएका हौं र आफ्नो क्षमताले भ्याएसम्म राम्रो खेल्नेछौं।'
ट्वान्टी–२० खेल्न लागेको ६ वर्षपछि नै नेपाल विश्वकपमा छनोट भएको हो। २००७ मा कुवेतमा सम्पन्न एसिसी ट्वान्टी–२० कपबाट नेपालले ट्वान्टी–२० मा सहभागिता जनायो। दुई वर्षपछि युएईमा नेपालले एसिसी ट्वान्टी–२० कपको अर्को संस्करणमा समूह चरण पार गर्न नसक्दा तत्कालीन प्रशिक्षक रोय डायसले नेपाललाई ट्वान्टी–२० शैलीमा भिज्न केही समय लाग्ने बताएका थिए। युएईमा मलेसिया, ओमानजस्ता राष्ट्रसँगको पराजयपछि उनले त्यसो भनेका थिए।
विश्व ट्वान्टी–२० मा पुग्न नेपालले एसिसी ट्वान्टी–२० को भर्याथङ चढ्नुपर्थ्यो। नेपाललाई त्यही पर्खाल सावित हुँदै आएको थियो। सन् २०११ को सेप्टेम्बरमा पुबुदु दासानायके आफ्ना पूर्व गुरु डायसको स्थान लिन नेपाल आए। उनीसामु पनि पहिलो पर्खाल एसिसी ट्वान्टी–२० कप नै थियो। ‘विश्व ट्वान्टी–२० छनोटभन्दा एसिसी ट्वान्टी–२० कप कठिन प्रतियोगिता हो,' युएईका पूर्वप्रशिक्षक कविर खानले नेपालमा एसिसी ट्वान्टी–२० खेल्न आउँदा भनेका थिए।
दाबेदार युएई पहिलो चरणबाटै बाहिरिएपछि उनको भनाइ प्रमाणित हुनुको एउटा कारण थियो। नेपालको प्रशिक्षकका रूपमा पहिलो आधिकारिक प्रतियोगिता भए पनि दासानायकेलाई एउटा फाइदा थियो, एसिसी ट्वान्टी–२० कप नेपालले गृहमैदानमा खेल्दै थियो। युएईलाई उछिन्दै नेपाल तेस्रो प्रयासमा पहिलोपल्ट प्रतियोगिताको सेमिफाइनल पुग्यो। यही नै नेपाललाई विश्व ट्वान्टी–२० मा पुर्यामउनुको एक आधार मान्नेहरू धेरै छन्। 
‘जब म नेपाल आएको थिएँ, नेपाललाई एसिसी स्तरमै संघर्षरत अवस्थामा देखें। तर नेपाली खेलाडीहरू क्षमतावान भएको र माथिल्लो स्तरमा जाने प्रतिबद्धता भएको पाएँ,' दासानायके भन्छन्, ‘अहिले हामीसँग एसोसिएट स्तरकै उत्कृष्ट ब्याटिङ लाइनअप छ र यो अवस्थामा पुर्यादउनुको सबै श्रेय खेलाडीलाई नै जान्छ।' 
एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा पुगे सँगै नेपाल विश्व ट्वान्टी–२० छनोटमा छानियो। युएईमा १६औं वरियताप्राप्त नेपालले सातौं स्थानमा प्रतियोगिता सिध्यायो। अर्को पटक (सन् २०१४) देखि एसोसिएट राष्ट्रबाट विश्व ट्वान्टी–२० मा ६ टोली छनोट हुने टुंगो लागिसकेको थियो। यस्तैमा युएईबाट फर्किएपछि कप्तान पारस खड्काले भनिहाले, ‘अझ मिहिनेत गर्ने हो भने हामी अर्कोपल्ट ट्वान्टी–२० विश्वकप खेल्नेछौं।'
चुनौती फेरि एसिसी ट्वान्टी–२० कपमै थियो। काठमाडौंमै आयोजना हुने हुनाले र लगातारको राम्रो प्रदर्शनले नेपाल बलियो टोलीमा उभिइसकेको थियो। युएईलाई सेमिफाइनलमै पराजित गरी नेपाल फाइनल पुग्यो। अफगानिस्तान विजेता बन्यो। २०११ मा नेपालसँग हार्दा कविरले युएईको प्रशिक्षक पद नै त्याग्नुपरेको थियो। २०१३ मा अफगानिस्तानको प्रशिक्षक भएर उनले नेपालसँग बदला लिए। 
विश्व ट्वान्टी–२० छनोट फेरि युएईमै भयो। पछिल्लो प्रदर्शनले नेपालको सम्भावना बलियो बनेको थियो। अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, केन्या, पपुवा न्युगिनी, बर्मुडाजस्ता राष्ट्र भएकाले नेपालको यात्रा सजिलो भने थिएन। अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्डसँग नेपाल पराजित भयो। केन्या, पपुवा न्युगिनी, बर्मुडा र डेनमार्कलाई नेपालले पराजित गर्योल। जुन खेल नेपालले जित्नैपर्थ्यो, त्यसमा चुकेन। 
नेपाल दोस्रो चरणमा छनोट हुनुको आधार त्यही नै थियो। प्लेअफको क्वार्टरफाइनलमा हङकङलाई पराजित गर्दै नेपाल विश्व ट्वान्टी–२० मा छानियो। यो नेपाली खेलकुदकै कोसेढुंगा बन्यो। त्यसैमा नेपालले आइतबार हङकङसँग खेलेर विश्व ट्वान्टी–२० मा औपचारिक पाइला राख्दैछ।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस