वास्तविकतामा परिणत हुँदै सपना
०१ चैत्र २०७०
•
६ मिनेट पाठ
वास्तविकतामा परिणत हुँदै सपना
चित्तागोड, बंगलादेश – चित्तागोड स्थित जाहुर अहमद चौधरी स्टेडियममा आइसिसी विश्व ट्वान्टी–२० मा प्रतिस्पर्धा गर्न उत्रिएपछि नेपालको वर्षौ देखिको विश्वकप क्रिकेट खेल्ने सपना वास्तविकतामा परिणत हुनेछ।

नेपालको आइतबारको प्रतिद्वन्द्वी हडकडको पनि विश्वकपमा यो पहिलो सहभागिता हो। ट्वान्टी– २० विश्वकपको पाँचौं संस्करणको सुरुआत आयोजक बंगलादेश र अफगानिस्तान दिउँसो मिरपुरमा खेलेर गर्नेछन्। यी सबै चार टोली समूह ए मा छन्।

'निश्चय पनि हामी प्रतियोगितालाई तयार छौं, नेपाली क्रिकेटलाई चिनाउन हामीले यहाँसम्मको यात्रा गरेका हौं,' नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शनिबार पत्रकार सम्मेलनमा भने,'दुर्भाग्य हामीले अभ्यास खेलमा राम्रो गर्न सकेनौं। तर हामी यो स्त्तरका लागि योग्य टोली हौं।'

नोभेम्बरमा युएईमा भएको छनोटको प्लेअफ खेलमा हडकडलाई नै पराजित गरी नेपाल ट्वान्टी २० विश्वकप यात्रा तय गरेको थियो। तर त्यसयता हडकड टोलीले ठुलो फड्को मारिसकेको छ। जनवरीमा न्युजिल्यान्डमा भएको एकदिवसीय विश्वकप छनोटमा नेपालमाथी १० विकेटको विजय हात पार्दै हडकडले एकदिवसीय अन्तर्राष्ट्रि्रय क्रिकेटको मान्यता पाएको थियो।

'हङकङ राम्रो टोली हो , पछिल्लो समय उनीहरुले राम्रो खेल्दै आएका छन्। तर हामी आफ्नो रणनितीमा अडिग छौं,'हडकडलाई कस्तो प्रतिद्धन्द्धीको रुपमा लिनु हुन्छ भन्ने प्रश्नमा पारसले भने,'ट्वान्टी–२० संरचनामा सवै सम्भव छ। सवै टोली राम्रो हुन्छ र उनीहरुले त्यही अनुसारको तयारी गरेका हुन्छन्। कुनै पनि टोली कमजोर हुँदैन्।' विश्व ट्वान्टी–२० छनोटका लागि खेलिएको दुवै अभ्यास खेलमा पराजित भएपछि नेपाल दबाबमा आएको छ। नेपाललाई आयरल्यान्डले ५ र युएईले ६ विकेटले पराजित गरेको थियो।

त्यसको तुलनामा हडकडले दुई ठुला विजय हात पारेको थियो। हडकडले टेस्ट खेल्ने राष्ट्र जिम्बावेलाई ४ विकेटले र नेदरल्यान्डलाई २७ रनले पराजित गरेको थियो। बंगलादेश आउनु अघि युएईमा खेलिएको अभ्यास खेलमा हडकडले आयरल्यान्ड र नेदरल्यान्डलाई पराजित गरेको थियो। दुबईमा एक हप्ता विशेष प्रशिक्षणका लागि बिताउदा नेदरल्यान्ड्ससँग पराजित नेपालले अभ्यास खेलमा युएईलाई पराजित गरेको थियो।

नेपालसँगको यसअघिको खेल साँघुरो प्रतिस्पर्धा हुँदैं आएकाले यस पटक पनि खासै फरक नहुने अनुमान हडकडका कप्तान जेमी एट्किन्सनको छ। हडकड क्रिकेटले पाएको सवैभन्दा ठुलो अवसरलाई सदुपयोग गर्ने उनको योजना छ। 'हामीले यो अवसरलाई सदुपयोग गर्दै घरमा हडकड क्रिकेटलाई हेर्ने दृष्टिकोणमा परिवर्त ल्याउनु पर्छ', वारविकसायरबाट काउन्टी क्रिकेट खेलेका एटकिन्सनले भने,'विश्व ट्वान्टी–२० मा खेल्नु हाम्रा लागि सपना पुरा हुनु हो। हाम्रा लागि यो ठुलो अवसर हो। हाम्रा खेलाडी प्रतियोगितामा उत्रिन ब्यग्र भएर बसेका छन्।'

नेपालले सन् २००४ मा पछिल्लो पटक चित्तागोडमा आएर आइसिसी यू १९ विश्वकप खेलेको थियो। त्यो टोलीका पारससहित शक्ति गौचन, शरद भेषावकर र वसन्त रेग्मी अहिले विश्व ट्वान्टीमा उत्रिदै छन्।'त्यति खेरको पिच नै फेरिएको रहेछ, त्यत्ति खेर तेर्सो थियो, अहिले सिधा बनाइएको छ,' पारसले भने।

त्यसैले उनले पिचको बारेमा अन्यौलता जनाए। मैदान आएपछि पारस सिधैं पत्रकार सम्मेलनमा आएका थिए। उनले भने,'मैले पिच हेरेको छैन, त्यसैले कस्तो टोली खेलाउने निर्णय भएको छैन। तर हाम्रो टोलीमा रहेका सवै १५ खेलाडी पहिलो रोजाईमा खेल्न योग्य छन्।'

ढाकाबाट बिहान नेपाली टोली चित्तागोड आएको थियो र दिउसो हडकडसँगैं प्रशिक्षणमा बिताएको थियो। नेपालले दुवै अभ्यास खेल फतुल्लाहमा खेलेको थियो। दुवै खेल चित्तागोडमा खेलेका हुनाले हडकडलाई केही फाइदा रहेको छ।

हडकडका ओपनर इरफान अहमदले एक्लै जसो टोलीलाई धान्दै आएका छन्। उनलाई जतिसक्दो चाँडो गरे नेपालको विजय सम्भावना बन्ने धेरैको अनुमान छ। नेदरल्यान्डविरुद्धको अभ्यास खेलमा आराम गर्न दिइएका इरफानलाई सुरुआतमै आउट गर्दा नेपालले नोभेम्बरमा हडकडमाथी विजय हात पारेको उदाहरण दिनेहरु धेरै छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस