चित्तागोड, बंगलादेश-विश्व ट्वान्टी– २० बंगलादेशले एकल रुपमा आयोजना गरेको अहिले सम्मको सबैभन्दा ठुलो प्रतियोगिता हो। ३ हप्ता भन्दा बढी चल्ने प्रतियोगितालाई बंगलादेशले सुरक्षामा सबैभन्दा बढी महत्व दिएको छ।
२०११ को एकदिवसीय विश्वकप बंगलादेशले भारत र श्रीलंकासँग मिलेर आयोजना गरेको थियो। १९९८ मा बंगलादेशले आइसिसी च्याम्पियन्स ट्रफी आयोजना गरेको थियो। सहभागी टोली संख्या र प्रतियोगिताको महत्वको हिसाबमा बंगलादेश इतिहासकै ठुलो प्रतियोगिता आयोजनाका अगाडी छ।
सबै क्रिकेट मैदान, अभ्यास गर्ने स्थान र टोलीहरु राखिएको होटलमा उच्च सुरक्षा तैनाथ गरिएको छ। सबै टोलीले यहाँ राष्ट्रपतिले पाउने भिभिआइपी सुरक्षा दिइएको छ। हरेक टोलीको बस अघिपछि प्रहरी, आर्मी र कमान्डोको गाडीहरुले स्कर्टिड गरिएको छ।
डिसेम्बर ७ मा चित्तागोडमै वेस्ट इन्डिज यू १९ टोली बसेको होटल नजिकै बम विस्फोट भएको थियो। वेस्ट इन्डिजले त्यसपछि ७ खेलको शृंखला बीचैमा परित्याग गरेपछि विश्व ट्वान्टी–२० मा खेल्न आउने टोलीले सुरक्षाको विषयमा प्रश्न उठाएका थिए।
त्यसअघि अधिकांश विपक्षी पार्टिहरुले चुनाव वहिस्कार गराएपछि बंगलादेशमा सडक तातिएका थिए। त्यसले पनि विश्व ट्वान्टी–२० लाई अन्यौल बनाएको थियो। तर छिमेकी श्रीलंकाले बंगलादेश भ्रमण गर्नुका साथै यी दुई टोलीसहित भारत, पाकिस्तान र अफगानिस्तानले एसिया कप खेलेपछि बंगलादेशले ट्वान्टी–२० विश्वकप आयोजना गर्ने निश्चित भएको थियो।
विश्व ट्वान्टी–२० मा पुरुषतर्फ १६ टोलीले सहभागिता जनाउने छन्। त्यसमा नेपाल, हडकड, बंगलादेश, अफगानिस्तान समूह ए मा र जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्ड्स र युएई समूह बीमा छन्। यी दुई समूहको विजेताले दोस्रो चरणमा भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया, इड्ल्यान्ड, न्युजिल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकासँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। श्रीलंकामा भएको २०१२ को पछिल्लो संस्करण वेस्ट इन्डिजले जितेको थियो।
प्रतियोगितामा कुल ६२ खेल हुनेछन्। त्यसमा पुरुषको ३५ र महिलाका २७ खेल हुनेछ। अप्रिल ८ सम्म चल्ने महिलाका खेलहरु सवै सिलेटमा हुनेछ। सिलेट होटलबाट मैदान पुग्न सुरक्षाको हिसाबलाई ध्यानमा राख्दै फुटपाथ पसल र माग्नेहरुलाई मुख्यबाट हटाइसकिएको छ। महिलामा आयोजक, बंगलादेशसहित, श्रीलंका, वेस्ट इन्डिज, इडल्यान्ड, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, साविक विजेता अस्ट्रेलिया, न्युजिल्यान्ड र आयरल्यान्डले सहभागिता जनाउने छन्।
पुरुषका खेलहरु मिरपुर, चित्तागोडमा हुनेछ। चित्तागोडमा १५ खेल हुनेछन्। नेपालले समूह चरणका खेलहरु चित्तागोडमा खेल्ने छ। चित्तोगोडमा पनि रंगशाला जाने मुख्य बाटाहरु फुटपाथ सुरक्षाका हिसाबले ढाकिएको छ। प्रत्येक टोलीका सदस्यलाई खेलका दिन आइसिसीले भ्रस्टचार विरोधी इकाइले मोबाइल प्रयोगलाई निषेध गरेको छ। सोही कारण होटलमा पनि टोली सदस्यहरुले शुभचिन्तक तथा आफन्तहरुलाई सहज भेट्न पाउने छैनन्।