नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र स्तरीय ब्याट्सम्यान हुन्। यो उनले हङकङविरुद्ध विश्व ट्वान्टी–२० मा ४८ रन बनाएर देखाइसकेका छन्। बंगलादेशविरुद्ध उनले ६ बलमै १३ रन बनाएका थिए।उनी आउट भएसँगै नेपाली टोली दबाबमा आयो। तेस्रो नम्बरमा ब्याटिड गर्दा ट्वान्टी–२० मा पछिल्लो केही समय ज्ञानेन्द्रले आफ्नो प्रदर्शनमा न्याय गर्न सकेका थिएनन्। विश्व ट्वान्टी–२० को तयारीका लागि खेलिएको अभ्यास खेलदेखि उनले लय समातेका हुन्। नेपालले विश्व ट्वान्टी–२० अघि खेलेका ४ अभ्यास खेलमा ज्ञानेन्द्रले युएईमा नेदरल्यान्ड्सविरुद्ध ३९, युएईविरुद्ध ५९ तथा फतुल्लाहमा आयरल्यान्डविरुद्ध ४७ र युएईविरुद्ध ९ रन बनाएका थिए। जबकि विश्व ट्वान्टी–२० खेलअघि उनको उच्च स्कोर ४८ रनमात्र थियो।
अर्को समाचार
प्लेयर्स टु वाच ज्ञानेन्द्र मल्ल (नेपाल)
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।
यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।
बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।
नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।
डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।
नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।

यो पनि पढौँ
ट्रेन्डिङ