लन्डनबाट ढाका
०५ चैत्र २०७०
•
७ मिनेट पाठ
लन्डनबाट ढाका
चित्तागोङ- विनोदविकास सिम्खडा १० वर्षदेखि लन्डन बस्दै आएका छन्। नेपालको पहिलो विश्वकप क्रिकेट सहभागितालाई उनी कुनै हालतमा गुमाउन चाहँदैनथे। उनी सिधै लन्डनबाट नेपालको खेल हेर्न चित्तोगोङ आइपुगे।उनका साथी विश्वास हमालको पनि लन्डनबाट सिधै चित्तागोङ आउने चाहना हवाई टिकटका कारण पूरा भएन। लन्डनबाट ढाकाको हवाई टिकट नपाएपछि उनी काठमाडौं हुँदै चित्तागोङ आइपुगे। सिधा टिकट नपाउँदा उनले नेपालले विश्व ट्वान्टी–२० मा हङकङसँग खेलेको ऐतिहासिक खेल गुमाएका छन्। 'विश्वकपमा नेपालको पहिलो खेल त्यसमा पनि त्यति ठूलो विजय पाउँदा मलाई संसार नै जिते जस्तो भयो,' सिम्खडाले सम्भि्कए। उनले १३–१४ जनाको नेपाली समूहमा बसेर खेल हेरेका थिए। खेल सकिए पनि लामो समय रंगशालाको मूल ढोका बाहिर बसेर उनीहरू चिच्याइरहे। नेपाली टोलीको बस आफ्नै अगाडिबाट गएपछि मात्र उनीहरू फर्किए। पहिलो खेलमा गरेको हुटिङले उनको घाँटी बस्यो। बंगलादेशसँग खेल्दा उनले पेनकिलर खाएर भए पनि हुटिङ गर्न छाडेनन्।
नेपालको खेल हेर्न आउन विनोदले ठूलै संघर्ष गर्नुपर्योब। अफिसले उनलाई छुट्टी दिएन। उनले बेतलबी मागे, त्यो पनि अफिसले अस्वीकार गर्योो। छुट्टी नदिएमा अफिसमा पनि क्रिकेट हेरेर दिन कटाइदिन्छु भनेर घुर्काएपछि मात्र आफूलाई अफिसले बेतलबी बिदा दिएको सिम्खडा बताउँछन्। 
उनले नेपाली क्रिकेटलाई पछ्याउन लागेको १२ वर्ष भइसकेको छ। जतिखेर पारस खड्का नेपालको यु–१५ बाट खेल्थे। सन् २००४ को अन्तमा उनीसँगै भारत श्रेष्ठ, निकेश कोइराला, विवेक अर्याल, सोभितमान श्रेष्ठहरू मिलेर नेपाल क्रिकेट फ्यान क्लबको बनाए। तर सबै आ आफ्नो व्यवसायका कारण उनीहरूले निरन्तरता दिन सकेनन्। २००८ मा मात्र यो फ्यान क्लब आधिकारिक रूपमा दर्ता भयो। 'नेपालले यति छिट्टै विश्वकप खेल्ला भन्ने सोचेको थिइनँ, किनकि जहिले समर्थन गरियो, त्यतिखेर नेपालले ५० ओभरमात्र खेल्थ्यो, ट्वान्टी २० मा चाहिँ नेपालले छिट्टै प्रगति गट्टयो,' सिम्खडा भन्छन्, 'नेपालको सबै क्रिकेट राम्रो हुन ५० ओभरमा पनि एउटा स्तर क्रस गर्नुपर्छ।'
खेलाडीजस्तै एउटा समर्थकलाई पनि परिवारको पूरा समर्थन हुनुपर्ने उनी बताउँछन्। 'क्रिकेट खेल्नमात्र होइन, हेर्न पनि पारिवारिक समर्थन हुनुपर्छ। श्रीमती सजिलो भएकाले मलाई यहाँ आएर खेल हेर्न सजिलो भयो।' एक क्रिकेट वेबसाइटको फ्यान जोनमा भेट भएरै सिम्खडाको हमालसँग चिनजान भएको हो।
काठमाडौं रातोपुलका अकुर रिमाल घर नजिककै शरद भेषावकरका प्रशंसक हुन्। 'म शरदको खेल हेर्न यहाँ आएको हुँ,' उनी भन्छन्। नोभेम्बरमा विश्व ट्वान्टी–२० छनोटमा शरदको ब्याट मजाले घुमेको थियो। शरदले हङकङविरुद्धको प्लेअफमा अबुधाबीमा अन्तिम बलमा विजय रन बटुलेर नेपाललाई ट्वान्टी–२० विश्वकपमा पुट्टयाउनै बित्तिकै अनलाइनबाट मृदुल पराजुलीले होटलको बुकिङ गरिसकेका थिए। टिकट भने अनलाइनमा खुलेपछि लिए। नेपाल र बंगलादेशको टिकट भने उनले अनलाइनमा पाएनन्। तर साथीहरूले मिलाइदिएपछि उनले मंगलबारको खेल हेर्न पाए।
अमेरिकाको बाल्टिमोरमा बस्दै आएका २४ वर्षे उत्सव सिग्देल टेलिभिजनभन्दा प्रत्यक्ष मैदानबाटै नेपालको खेल हेर्नुपर्छ भन्ने मान्यतामा चल्छन्। हेटौंडाका स्थायी उनी विश्वको एउटा कुनाबाट अर्को कुना पुगे। मार्च १० मा काठमाडौं गए र ५ दिनपछि ढाका आइपुगे। उनी नेपालको अभ्यास खेल पनि गुमाउन चाहँदैनथे। उनले नेपालले फतुल्लाहमा खेलेको आयरल्यान्ड र युएईसँगको दुवै अभ्यास खेल पनि हेरे। 
'प्यारापिटबाट हेर्दा आनन्द लाग्छ, टेलिभिजन प्रत्यक्ष प्रसारण हेर्दा जे उनीहरूले चाहिन्छ त्यो देखाउँछन्, तर रंगशालामा गएरै हेर्दा जे आफूले हेर्न चाह्यो त्यो नै हेरिन्छ,' नेपालको खेल हेर्न विश्वभर परिक्रमा गर्नाको कारण उत्सव खुलाउँछन्। गत मेमा नेपालले खेलेको विश्व क्रिकेट लिग डिभिजन–३ को खेल हेर्न उनी बर्मुडा नै पुगेको थियो।
नेपालमात्र होइन, नेपाली खेलाडीले जहाँ खेले पनि उनी त्यो हेर्न हेर्न पुगिहाल्छन्। गत वर्ष नेपाली खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र वसन्त रेग्मी क्लब क्रिकेट खेल्न क्यानाडा पुग्दा उत्सव त्यहीं पुगेका थिए। 
चित्तागोङमा झन्डै २ सय नेपाली विद्यार्थी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी सेन्टरमा पढिरहेका र अधिकांश उनीहरू नेपाल र हङकङको खेल हेर्न रंगशाला पुगेको नितिश श्रेष्ठ बताउँछन्। चित्तागोङमा पढिरहेका उनका अनुसार ढाकाबाट नेपालको खेल हेर्न १५ भन्दा बढी नेपाली विद्यार्थी आइरहेका छन्। 
बंगलादेशमा घरेलु समर्थकका अगाडि खेलिरहेकाले कतिको दबाब हुन्छ भन्ने प्रश्नमा पारस खड्काको जवाफ थियो, 'हामीलाई यो नयाँ केही होइन, हामी काठमाडौंमा सधैं १५–२० हजार दर्शकअगाडि खेल्छौं। नेपालमा मात्र होइन, जहाँ गएर पनि खेल्दा पनि हामीलाई दर्शकले पछ्याइरहेका हुन्छन्।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस