काठमाडौं- ट्वान्टी–२० विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदैछ। बिहीबार पहिलो चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार विजय हासिल गरेको टोली आज २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघका पदाधिकारीहरुले जानकारी गराएका छन्।टिम नेपालको स्वागतमा संघले विमानस्थलमा सामान्य कार्यक्रम राखे पनि विस्तृतमा के के गर्ने भन्ने निर्णय भइनसकेको बताइएको छ। 'अहिले केही निर्णय भएको छैन। हामी केही समयमै टिमको सम्मानको सबै कार्यक्रम तय गर्छौ। नेपाली टिमलाई भव्य नागरिक अभिनन्दन गर्ने हाम्रो सोच छ,' क्यानका एक उच्च पदाधिकारीले भने।
पहिलो पटक विश्वकपको अनुभव गर्ने क्रममा नेपालले आइतबार पहिलो खेलमा हङकङमाथि ८० रनको सानदार जित हासिल गरेको थियो। अन्तर्राष्ट्रिय आधिकारिक खेलको डेव्युमै विजयका साथ अघि बढेको नेपालले दोस्रो खेलमा टेस्ट खेल्ने विपक्षी बंगलादेशको डटेर सामना गर्यो। १४ वर्षदेखि टेस्ट खेल्दै आएको विश्वकै उत्कृष्ट खेलाडीको समूह बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भएको थियो। तर, पहिलो विश्वकप यात्रालाई स्मरणीय बनाउने क्रममा नेपालले पछिल्ला वर्षहरुमा सधै आफूमाथि हावी हुदै आएको अफगानिस्तानमाथि ९ रनको रोमाञ्चक जित हासिल गरेको थियो।