काठमाडौं- ट्वान्टी–२० विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेर स्वदेश फर्कन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतको टोली विमानस्थल पुगेको छ।स्वागतका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र क्यान अध्यक्ष टंक आङ्बुहाङलगायतका पादाधिकारी विमानस्थल पुगिसकेका छन्।
स्वागतमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। क्रिकेट टोली विमानस्थलबाट सिधै नक्सालस्थित क्राउन प्लाज आउने कार्यक्रम रहेको राखेपका सदस्यसचिव लामाले बताए।
क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा सर्वसाधारणसमेत जम्मा भएका छन्। उनीहरुले नेपाली राष्ट्रिय टिमको पक्षमा नारा लगाइरहेका छन्।