काठमाडौं- फोर्ब्समा सूचीकृत नेपाली अर्बपति व्यापारी विनोद चौधरीले सरकार तयार भए आफू अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन तयार भएको बताएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकपमा उच्च प्रदर्शन गर्दै यात्रा सम्पन्न गरेपछि चौधरीले यस्तो बताएका हुन्। नेपाली टोलीले बिहीबार समूह चरणको आफ्नो अन्तिम खेलमा सनसनीपूर्ण प्रदर्शनका साथ अफगानिस्तानमाथि ९ रनको रोमाञ्चक जित हासिल गरेलगत्तै चौधरीले टि्वट गरे, 'साहसिक नेपाली टिमलाई सलाम छ। हामी सरकारले चाहेमा सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार सरकारसँगै मिलेर नयाँ रंगशाला बनाउने कुरामा गम्भीरतापूर्वक विचार गर्नेछौं।'
सरकारले जग्गा उपलब्ध गराएर सार्वजनिक निजी साझेदारी (पब्लिक–प्राइभेट पार्टनरसिप) को अवधारणाअनुसार सम्झौता गरे चौधरी ग्रुप तत्काल रंगशाला निर्माण थाल्न तयार रहेको ग्रुपका कर्पोरेट कम्युनिकेसन एवं पब्लिक रिलेसन अफिसर मधुसुदन पौडेलले बताए। 'नेपाली क्रिकेट अहिले जसरी अगाडि बढिरहेको छ। त्यहींबाट रंगशाला बनाउनुपर्छ भन्ने सोच आएको हो। अगाडि बढिरहेको नेपाली टोलीलाई एउटै विश्वस्तरीय क्रिकेट रंगशाला छैन भन्ने पीडा छ। सरकारले मुलपानीमा बनाउन खोजेको रंगशाला लामो समयसम्म पनि तयार भएको छैन,' पौडेलले भने, 'नेपाली टिमलाई नै एउटा सबै सुविधा भएको विश्वस्तरीय रंगशाला चाहिन्छ। जहाँ विदेशी टोली पनि अभ्यास तथा खेलका लागि आउन सकून। सरकारले पिपिपीअन्तर्गत त्यस्तो रंगशालाका लागि आवश्यक जग्गा उपलब्ध गराए चौधरी ग्रुप बनाउन तयार छ भन्ने सोच हो।'
पौडेलले काठमाडौं उपत्यका वा वरिपरि सरकारले जग्गा उपलब्ध गराएमात्र चौधरी ग्रुप रंगशाला बनाउन तयार रहेको बताए। उनले तत्काल चौधरी ग्रुपले सोचमात्र बनाएको बताउँदै लगानी, फाइदालगायतका विषयमा विस्तृत अध्ययन भइनसकेको बताए। उनले भने, 'सम्झौता हुँदा सबथोक तय हुन्छ। अहिले नेपाललाई यस्तो रंगशाला चाहिन्छ भन्ने सोच तयार भएको छ। बाँकी अध्ययन गर्न बाँकी छ।'
एसियाली क्रिकेट परिषद् (एसिसी), अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाल सरकारको समेत सहयोगमा निर्माणाधीन मुलपानी मैदान निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन। मुलपानीमा २०६३ सालमा एकेडेमीका लागि मैदान बनाउन थालिएको थियो।
नेपाली टोली विश्वकपका लागि छनोट हुनुभन्दा अघिदेखि नै देशमा कम्तीमा ७ अन्तर्राष्ट्रिय स्तरका रंगशाला आवश्यक भएको आवाज उठ्दै आएको थियो। प्रत्येक वर्ष सरकारले बजेटमा केही करोड रकम छुट्याए पनि रंगशाला निर्माणको कुनै ठोस काम हुन सकेको छैन। बंगलादेशमा जारी विश्वकपका सहभागी १६ देशमध्ये एउटै अन्तर्राष्ट्रियस्तरको रंगशाला नभएको देश नेपालमात्र हो।
नेपाली टोलीका सहायक प्रशिक्षक जगत टमाटाले काठमाडौं उपत्यकामा दुई तथा सबै विकास क्षेत्रमा एकका दरले अन्तर्राष्ट्रियस्तरका रंगशाला आवश्यकता भएको बताउँदै आएका छन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा ७० यार्ड वा त्योभन्दा ठूला मैदानमा समेत खेल्नुपर्ने अवस्थामा नेपालमा भएको एउटै कीर्तिपुर मैदानले अब नथेग्ने उनको भनाइ छ। 'विश्वकप खेल्ने देशमा एउटै ठूलो रंगशाला छैन भन्नु लाजमर्दो विषय हो,' बंगलादेश उड्नुअघि नै उनले नागरिकसँग भनेका थिए, 'रंगशाला बनाउने विषय खेलकुदसँगमात्र जोडिने होइन। नेपालमा राम्रो सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सके यसले खेल पर्यटनको ठूलो ढोकासमेत खोल्न सक्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई तटस्थ भूमिका रूपमा उपयोग गराएर नियमित ठूलो संख्यामा स्तरीय पर्यटक भिœयाउन सकिन्छ।'
सरकारी लगानीमा पोखरा तथा महेन्द्रनगरमा मैदान बनाउने काम सुरु भए पनि त्यसले गति लिएको छैन। महेन्द्रनगरको मैदानका लागि सरकारले ३० लाख रुपैयाँ खर्च गरेको छ भने पोखराले त्यति पनि पाएको छैन। अन्तर्राष्ट्रिय स्तरको ठूलो रंगशाला बनाउन कम्तीमा १० अर्ब रुपैयाँ लाग्ने विज्ञहरूको अनुमान छ।
विश्वकपको पहिलो समूह चरणमा २ जित तथा १ हारको नतिजा स्वीकार्दै नेपाली टोली शुक्रबार स्वदेश फर्किसकेको छ। पछिल्लो समय बराबरीको प्रतिस्पर्धामा रहेको हङकङमाथि ८० रनको प्रभावशाली जितसाथ प्रतियोगिता सुरुआत गरेको नेपालले दोस्रो खेलमा टेस्ट टोली बंगलादेशलाई ८ विकेटले नतिजा सुम्पेको थियो। अन्तिम खेलमा नेपालले आफूमाथि सधंै हाबी हुँदै आएको अफगानिस्तानलाई रोमाञ्चक पराजय चखाएको थियो।