विजेता फुटबलरलाई जनही ४ लाख
२८ असार २०७८
•
२ मिनेट पाठ
विजेता फुटबलरलाई जनही ४ लाख
सरकारले थ्री नेसन्स कप विजेता राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी र प्रशिक्षकलाई जनही नगद ४ लाख रूपैयाँ प्रदान गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २३ खेलाडी र प्रशिक्षण टोलीका ३ सदस्यलाई जनही नगद ४ लाख प्रदान गरेका हुन्।




गत चैतमा नेपालमै आयोजना भएको थ्री नेसन्स कपको उपाधि जितेसँगै सरकारले सो पुरस्कार रकमको घोषणा गरेको थियो। कतार विश्वकप छनोट चरणअन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा आयोजना हुने खेलहरू कोरोना भाइरसको दोस्रो लहरका कारण स्थगित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु–२३ टोली सम्मिलित गरी थ्री नेसन्स कपको आयोजना गरेको थियो।

फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो। फाइनल खेलमा ओली प्रमुख अतिथिका रूपमा मैदानमा उपस्थित थिए। जहाँ खेलाडीहरूले ‘केपी बा ! वी लभ यु’ भन्ने नारा लगाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले साफ च्याम्पियनसिप आयोजनाको अवसर आएपछि नहट्न र त्यसको तयारी थाल्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप आयोजनाको अवसर पाएको खण्डमा पछि नहट्न निर्देशन दिएका हुन्।

‘साफ च्याम्पियनसिप सहभागिताका लागि मात्र नभएर उपाधि जित्नैका आयोजनाको स्वीकृति प्रदान गरिएको हो,’ ओलीले भने। साफ च्याम्पियनसिप २०२० बंगलादेशमा आयोजना हुनुपर्ने भए पनि कोरोना भाइरस महामारीका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। प्रतियोगिता सेप्टेम्बरमा आयोजना हुने तालिका छ। भुटानले सेप्टेम्बरमा साफ च्याम्पियनसिपको आयोजना भएको खण्डमा प्रतियोगितामा सहभागिता जनाउन नसकिने जानकारी  गराइसकेको छ।

यता पाकिस्तानमाथि फिफाले प्रतिबन्ध लगाइसकेको छ। त्यसैले प्रतियोगितामा बंगलादेशसहित, नेपाल, भारत, श्रीलंका र माल्दिभ्स गरी कुल ५ टोलीको मात्र सहभागिता रहनेछ। नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी सुरु गरिसकेको छ।
अर्को समाचार
फुटबलर विल तामाङको निधन
०४ जेष्ठ २०७८
•
२ मिनेट पाठ
फुटबलर विल तामाङको निधन
फुटबलको एकेडेमी(ट्रेनिङ सेन्टर) खोल्ने सपना सधैंको लागि अधुरो रह्यो । हङकङबाट डेढमहिना अघि मात्रै स्वदेश फर्किएका फुटबलर एवं प्रशिक्षक विल तामाङले मंगलबार मानवचोलाबाट विश्राम लिए ।  




स्वास्थ्यमा समस्या आएपछि गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको थियो । कोभिड–१९ संक्रमणले स्वासप्रश्वासमा समस्या भएपछि तामाङ गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको सहारा क्लब पोखराले जनाएको छ । उनकै सक्रियतामा सहारा क्लब हङकङ समेत गठन गरिएको थियो ।  

उनको निधनले फुटबल क्षेत्रमा अपुरणीय क्षति पुगेको खेल क्षेत्रका जानकारको भनाई छ । सहारा क्लबले भने क्लबमाथि ठूलो बज्रपात भएको जनाएको छ । ‘हङकङबाट फर्किएपछि पोखरामा फुटबल टे«निङ सेन्टर खोल्ने सपना थियो’ सहारा क्लबका पूर्व अध्यक्ष बीरभद्र आचार्यले भने, ‘फुटबल प्रतिको मोहकै कारण हामीले पनि हौस्याईरहेका थियौं । भाइ(विलको) सपना पुरा हुनै पाएन् ।’ आचार्यका शब्दमा तामाङले योजना फत्ते गर्न जग्गा खोज्ने सहयोग गर्न आग्रह गर्दै आएका थिए । हिम्मतिलो र आत्मविश्वासी थिए ।  

२०५८ सालमा सहारा क्लबले पहिलो पटक क्याराभान गोल्डकप आयोजना गर्यो । गोल्डकपमा उनले घरेलु टोली सहारा क्लबको कप्तानी सम्हालेका थिए । क्याराभान गोल्डकप पछि विल तामाङ फुटबलको एएफसी लाईसेन्स तर्फ केन्द्रीत भए । त्यसपछि २०६० सालमा आयोजना गरिएको आहा गोल्डकपमा उनले प्रशिक्षकको भूमिका खेलेका थिए । त्यति बेला उनकै प्रशिक्षकत्वमा सहाराले सेमिफाईनल यात्रा तय गरेको थियो । उत्कृष्ट प्रशिक्षक समेत घोषित भएका थिए ।  
पोखरा–१३ संगमटोलमा जन्मिएका तामाङ घरेलु क्लबबाट फुटबलको करियर शुरु गरेका थिए । नकाउट फुटबल देखि ए डिभिजन लिगसम्म उनको अनुभव रह्यो । फ्रेण्ड्स क्लबबाट उनले लामो समय व्यावसायिक फुटलब खेले । कप्तानीको समेत जिम्मेवारी सम्हालेका थिए । फ्रेण्ड्स पछि उनले आरसिटीबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । जनकपुर चुरोट कारखानाको टिमबाट समेत व्यावसायिक फुटबल खेलेको समकक्षीहरु बताउँछन् ।  

अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा भने उनको सहभागिता भने भएन् । पाकिस्तानमा आयोजना हुने नवौं साफ गेम्समा विल तामाङ नेपाली टिममा परेका थिए । यद्यपी पाकिस्तानमा त्यतिबेला खेल रद्द भएपछि उनले अन्तर्राष्ट्रिय सहभागिता जनाउने सौभाग्य भने प्राप्त गरेनन् । ‘फुटबलमा समकक्षी गुमाउँदा निकै पीडादायी भएको छ ।’ उनको समकक्षी राजेन्द्र तामाङ सुनाउँछन् ।  

सहारा क्लब हङकङका उपाध्यक्ष समेत रहेका तामाङ डेढमहिना अघि मात्रै पोखरा आएका हुन् । एएफसी लाईसेन्सको प्रमाणपत्र लिन उनी स्वदेश फर्किएका थिए । स्वदेश फर्किएसँगै उनको पोखरा रंगशालामा नयाँ बर्षकै दिन फुटबलजर्सीमा उत्रिएका थिए । त्यो नै फुटबलमा अन्तिम सहकार्य रहेको थियो । सहारा क्लबका पदाधिकारीसँग नयाँ वर्षको अवसरमा फुटबल खेल्ने क्रममा तामाङ पनि संलग्न थिए । ४६ वर्षिय तामाङको एक छोरा, श्रीमती र ९० वर्षीय बुवा छन् । 
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस