प्रशिक्षणबाट १४ खेलाडी बाहिर
३१ असार २०७८
•
१ मिनेट पाठ
प्रशिक्षणबाट १४ खेलाडी बाहिर
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि दोस्रो चरणमा ३६ खेलाडीलाई स्थान दिएका छन्। एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि जुन पहिलो साताबाट ५० खेलाडीको प्रारम्भिक टोली घोषणा भएसँगै हाल नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा छ। दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका हुन्।




गोलकिपर विशाल सुनारका साथै अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी र सुदिल राईले दोस्रो चरणमा स्थान पक्का गर्न सकेनन्। थ्री स्टारका मिडफिल्डर विक्रम लामा पनि राष्ट्रिय टोलीसँग प्रशिक्षणरत छन्। दुई महिनाअघि मात्र उनी कतारमा घुँडाको सफल शल्यक्रियापछि नेपाल फर्किएका थिए।

गत महिना कुवेतमा सम्पन्न विश्वकप छनोटको चौथो स्थान पक्का गरेको नेपालले सन् २०२३ मा चीनमा हुने एसियन कप छनोटमा स्थान पक्का गरेको थियो। साफ च्याम्पियनसिप भने सेप्टेम्बरमा आयोजना हुँदै छ। गत वर्ष नै आयोजना हुनुपर्ने भए तापनि कोभिड–१९ महामारीका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। सो प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र माल्दिभ्स गरी ५ राष्ट्रको सहभागिता रहनेछ। यता भुटानले सेप्टेम्बरमा साफ आयोजना भएमा सहभागिता जनाउन नसक्ने बताइसकेको छ भने पाकिस्तानमाथि हाल फिफाको प्रतिबन्ध छ। बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने जनाइसकेका कारण नेपाल र श्रीलंकाले यस संस्करणको साफ च्याम्पियनसिप आयोजनाका लागि दाबी गरिरहेका छन्।
अर्को समाचार
शरद र अभिनाशसंगै १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
२० माघ २०७९
•
२ मिनेट पाठ
शरद र अभिनाशसंगै १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज को बन्द प्रशिक्षणमा रहेका २८ खेलाडी मध्य आक्रामक ब्याटर सिद्धान्त लोहनी, अनुभवी खेलाडी शरद भेषावकर, तीव्र गतिका बलर अभिनाश बोहरासहित १० खेलाडी नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका छन्।




आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डविरुद्ध खेल्ने दोस्रो चरणको नाम  सार्वजनिक गर्दा १० खेलाडी बाहिरिएका हुन्।

पहिलो चरणमा प्रशिक्षणमा नरहेका प्रतिश जिसी र सन्दीप लामिछाने अन्तिम २० मा रहेका छन्। क्यानले गत शुक्रबार २८ सदस्य खेलाडी बोलाएको थियो। शरद, सिद्धान्त, भुवन कार्की, विनोद भण्डारी, अंकित सुवेदी, सागर ढकाल, विवेक यादव, अनिल शाह, अभिनाश बोहरा र विक्रम सोब पहिलो चरणको बन्द प्रशिक्षणबाटै बाहिरिएका छन्।

मुख्य प्रशिक्षक मोन्टी देशाईले आइतबारदेखि प्रशिक्षण सुरु गरेका थिए। पाँच दिनको प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका हुन्।

क्यानले एक दुई दिनमा आफ्नो अन्तिम टोली घोषणा गर्नेछ। प्रतिश जिसीले प्रशिक्षणमा राम्रो गरेपछि टोलीमा बोलाएको हो।सन्दीप लामिछाने भने बलात्कार आरोप लागेपछि टोलीमा फर्किएका हुन्। पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेपछि सिनियर टोलीमा बोलाइएको हो।

उनीको अव फिटनेश परिक्षण हुनेछ। फिटनेशमा फिट भए सिनियर टोलीमा फर्किनेछन्। तर सन्दीपमाथि लागेको बलात्कार अरोपको मुद्धा जिल्ला अदालत काठमाडौंमा यथावत छ। सन्दीप दोषी हुन् वा होइनन् भन्ने अदालतले कुनै प्रमाणित गरेको छैन।

नपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ। दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ। नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ। नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस