काठमाडौं– काठमाडौं क्रिकेट टोलीलाई सामसुङको स्मार्ट मोबाइल फोनले प्रायोजन गरेको छ। सामसुङ मोबाइल फोनको आधिकारि विक्रेता आइएमएस इन्टरनेश्नल मार्केटिङ सर्भिसले झन्डै ३ लाख बराबरको खेल सामाग्री काठमाडौं टोलीलाई प्रदान गरेको छ।
क्षेत्रीय क्रिकेट विकास समिति (काठमाडौं) का अध्यक्ष श्रीनिवास राणा, सचिव किरण राणा र आइएमएसका प्रवन्ध निर्देशक सन्जिव मिश्रले मंगलबार काठमाडौं क्षेत्रका कप्तान विजय गौतमलाई नया जर्सी प्रदान गर्दै दुई पक्ष बीच सम्झौता भएको घोषणा गरे।