काठमाडौं- राष्ट्रिय टोलीका खेलाडीहरुले क्यानसमक्ष यसअघि भएका सहमति कार्यान्वयनका लागि माग राखेका छन्। खेलाडीले राष्ट्रिय प्रतियोगिता सुरु भएकै दिन बुधबार राष्ट्रिय टोलीले दुई साताअघि क्यान र खेलाडीबीच भएका सहमति कार्यान्वयनको माग राखेका हुन्।खेलाडीले दुई साताअघि सहमति भएअनुसार तोकिएको तलब, न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोट खेल्दाको भत्ता निकासा, खेलाडीको सम्झौता, न्युजिल्यान्डमा खेलदौरान घाइते भएका राष्ट्रिय खेलाडी पृथु बास्कोटाको उपचार तथा राष्ट्रिय प्रतियोगिता काठमाडौंमा गर्नुपर्नेलगायतका माग राखेको क्यानका एक पदाधिकारीले जानकारी गराए। ‘खेलाडीले मौखिकभन्दा लिखित सम्झौतामा जोड दिए। हामीले सबथोक गर्छौ भनेर सहमति जनाइसकेका हौं, तर उनीहरुले विश्वास गरेनन्,’ ति पदाधिकारीले भने, ‘विगतमा भएका मौखिक सहमतिमा धोका भएको खेलाडीको आरोप छ। तर, हामीले त्यस्तो केही धोका दिएका छैनौं। उनीहरुको पोखरामा राष्ट्रिय प्रतियोगिता गर्न नहुने तर्कमा दम छ। काठमाडौंमा भए राम्रो अभ्यास सुविधा पाइन्छ र त्यो यही महिना मलेसियामा हुने एसिसी प्रिमियर लिगका लागि पनि फाइदाजनक हुन्छ भन्ने भनाईमा हाम्रो पनि सहमति छ। तर, क्यानसँग पोखरामा प्रतियोगिता गर्नुको विकल्प पनि छैन।’
चोटका कारण दुवईमा चार महिनाअघि सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटमा भाग लिन नसकेका पृथुको चोट जनवरीमा न्युजिल्यान्डमा बल्झिएको थियो। न्युजिल्यान्डबाट फर्केपछि नयाँ दिल्लीमा उपचार गराएर फर्किएका पृथु हाल उपचारकै लागि अस्ट्रेलियामा छन्। क्यानले भारतमा आफैले उपचार गराएको दावी गर्दै अस्ट्रेलियाको उपचारमा पनि सहयोग गर्ने बताएको छ। तर, खेलाडीले भने यस विषयलाई अझ गम्भिरताका साथ लिएर लिखित प्रतिवद्धता माग गरेको बताइएको छ।