आजबाट टाेकियाे ओलम्पिक सुरु
०८ साउन २०७८
•
२ मिनेट पाठ
आजबाट टाेकियाे ओलम्पिक सुरु
टोकियो ओलम्पिक २०२० का लागि सहभागी खेलाडी र पदाधिकारी ओलम्पिक भिलेजमा आइसकेका छन्। टोकियो ओलम्पिकआजबाट सुरु हुँदै छ। प्रतियोगिताको सफल आयोजना तथा जापानी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै खेलाडीलाई पनि ओलम्पिक भिलेजबाट बाहिर निस्कन पूर्ण रूपमा बन्देज छ। कोभिड १९ संक्रमणको त्रास कायमै रहेकाले टोकियोमा आंशिक स्वास्थ्य संकटकाल जारी छ। 




विदेशी समर्थकलाई पूर्ण रूपमा रोक लगाइएको टोकियो ओलम्पिक २०२० का प्राय सबै जसो खेलस्थलमा स्थानीय दर्शकलाई समेत रोक लगाइएको छ। टोकियो ओलम्पिक रंगशालामा शुक्रबार हुने उद्घाटन समारोहमा करिब ९ सय जनाको मात्र सहभागिता रहनेछ। तीमध्ये १ सय ५० जना मात्र जापानी नागरिक हुनेछन्।कोभिड १९ महामारी नहुँदो हो त टोकियो ओलम्पिक समापनको एक वर्ष भइसक्ने थियो। महामारीकै कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० अन्ततः आजबाट औपचारिक रूपमा सुुरु हुँदै छ।

ओलम्पिक इतिहासमा प्रतियोगिता सरेको यो नै पहिलो पटक थियो। यसबीच प्रतियोगिता पुनः सर्ने खबर पनि सार्वजनिक नभएका होइनन्। यद्यपि गत वर्षझैँ यस वर्ष पनि जापानी नागरिक ओलम्पिक आयोजनाप्रति सन्तुष्ट छैनन्।  ‘सन् १९६४ मा आयोजना गरेको ओलम्पिक र अहिले आयोजना हुन लागेको ओलम्पिकमा धेरै फरक छ। त्यस समयमा जापानी नागरिकमा कुनै चाडपर्वजस्तै उत्साह थियो,’ ८० वर्षीया मिचिको फुकोईले भनिन्,‘अहिले असन्तुष्टिका बीच प्रतियोगिता आयोजना गरिँदै छ।’ प्रतियोगिता कसरी सफल आयोजना हुन्छ भन्ने सबैको चासो बनेको छ। जापानका अधिकांश सहरमा टोकियो ओलम्पिक २०२० को झन्डा फहराइएको छ भने सडकका भित्ताका साथै सार्वजनिक बसमा पनि ओलम्पिक र पारा ओलम्पिकको मस्कट देख्न सकिन्छ।

कोभिड १९ संक्रमण डरकै कारण यस पटक केही चर्चित खेलाडीले टोकियो ओलम्पिकबाट नाम फिर्ता लिएका छन्। कोभिड १९ संक्रमणको दर बढ्दो मात्रामा रहेकै कारण अन्तिम समयमा आएर स्थानीय समर्थकलाई समेत मैदान प्रवेशमा रोक लगाइएको थियो। उद्घाटन सत्र राति ८ बजे सुरु हुनेछ र सो समयमा सबै रेस्टुरेन्ट बन्द गर्दै मदिरा बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।साइरा ओनुमाले लटरीमार्फत ओलम्पिक टिकट प्राप्त गरे पनि उनी खेलदौरान मैदानमा उपस्थित हुने वा नहुनेमा आफैँ अन्योलग्रस्त छिन्।

टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सरेपछि गत वर्ष नै टिकट खरिद  गरेका केही समर्थकमाझ लटरी गराइएको थियो। ‘मैले आलम्पिक स्टेडिमयममा हुने एथलेटिक्सतर्फ अन्तिम स्पर्धाको टिकट प्राप्त गरें,’ २९ वर्षीया ओनुमाले भनिन्, ‘समर्थकलाई मैदान प्रवेश नगराउने भन्ने निर्णयले म निकै निराश छु। म खेलदौरान मैदानमा उपस्थित हुने वा नहुने भन्नेबारे आफैँ अन्योलमा छु। मलाई प्रतियोगिता आयोजना हुँदै छ भन्नेमा पनि कुनै खुसी छैन।’
अर्को समाचार
लिजेन्डसँग तुलना नगरौं: ड्रेसेल
१८ साउन २०७८
•
२ मिनेट पाठ
लिजेन्डसँग तुलना नगरौं: ड्रेसेल
टोकियो ओलम्पिक २०२० मा ५ वटा स्वर्ण जितेका अमेरिकाका पौडीबाज केलेब ड्रेसेलले आफूलाई ओलम्पिकका लिजेन्ड माइकल फेलिप्स र मार्क स्प्रिट्जसँग तुलना नगरिदिन आग्रह  गरेका छन्।साथै ड्रेसेलले आफूलाई उनीहरूसँग तुलना गरिदिएकै कारण धेरै तनावबाट गुज्रन परेको खुलासा समेत गरेका छन्। ड्रेसेलले आइतबार ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित र ४ गुणा १ सय मिटर मिड्ले रिलेमा स्वर्ण जित्दै टोकियो ओलम्पिक २०२० को सुखद अन्त्य गरेका थिए। ड्रेसेल एकै ओलम्पिकमा ५ स्वर्ण जित्ने पाँचांै पौडी खेलाडी हुन्।  




२४ वर्षे ड्रेसेलले सन् २०१६ को रियो ओलम्पिकमा समेत रिलेमा दुई स्वर्ण जितेका थिए। गत संस्करणमा रिलेमा पाएको सफलताले टोकियो संस्करणमा पनि ड्रेसेललाई रिलेतर्फकै स्वर्ण दाबेदारका रूपमा हेरिए पनि व्यक्तिगत स्पर्धामा समेत उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जित्न सफल भए। ड्रेसेलले आफूलाई प्रमाणित गर्ने लक्ष्य लिए पनि फेलिप्स र स्प्रिट्जको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यले टोकियो ओलम्पिक २०२० मा नहोमिएको बताए। ड्रेसेलले पुरुष १ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई, ४ गुणा १ सय फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिटर मिड्ले रिले गरी कुल ५ स्वर्ण जितेका थिए।

‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्नु थियो, त्यसमा म सफल भएँ,’ ड्रेसेलले भने, ‘तर मेरो सफलताको माइकल फिलिप्स र मार्क स्प्रिट्जको कीर्तिमानसँग कुनै सम्बन्ध छैन। म उनीहरूको कीर्तिमानका कारण चरम दबाबमा थिएँ। म यहाँ कसैको कीर्तिमान तोड्नभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आएको थिएँ । त्यसमा म सफल भएँ।’ ड्रेसेलले ओलम्पिक आफूले सोचेभन्दा कठिन रहेको बताए।

‘ओलम्पिकमा गरिने प्रतिस्पर्धा अन्य प्रतिस्पर्धाको तुलनामा भिन्न छ,’ उनले भने, ‘एउटा यस्तो अवस्था आउँछ, जहाँ तपाईं चरम दबाबबाट गुज्रनुपर्नेछ। तपाईंको खेलजीवनको सफलताको कडी त्यही २० अथवा ४० सेकेन्ड बनिदिन्छ। यो ओलम्पिकको रोचक पक्ष हो। अहिले मैले ५ स्वर्ण जितें, यसले सहजै मेरो सफलता झल्काउँछ तर मैले पार गरेका चरणहरू निकै कठिन थिए।

सन् २०२४ को पेरिस ओलम्पिकको बारेमा सोधिएको प्रश्नमा ड्रेसेलले भने, ‘मेरो पहिलो प्राथमिकता भनेको केही समय विश्राम लिने र परिवारसँग समय बिताउने हो। मैले टोकियो ओलम्पिकमा बटुलेको अनुभव पेरिसका लागि फदलायी बन्न सक्छ।’
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस