क्यान–खेलाडी तीनबुँदे सहमति : क्रिकेट टिम खेल मैदानमा
०३ वैशाख २०७१
•
७ मिनेट पाठ
क्यान–खेलाडी तीनबुँदे सहमति : क्रिकेट टिम खेल मैदानमा
काठमाडौं- राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघ (क्यान) बीचको तनाव बुधबार तीनबुँदे सहमतिमा अन्त्य भएको छ। क्रिकेट विकासका लागि 'योजना तथा अनुगमन समिति बनाएर' कार्यान्वयन गर्ने सहमतिसँगैै क्यान विघटनसहितको माग राख्दै आन्दोलनमा उत्रिएका खेलाडीको आन्दोलन सकिएको छ। अब उनीहरु मैदानमा ब्याट र बलसँगै देखिनेछन्।राष्ट्रिय टोलीका खेलाडीले क्यानको कार्यशैलीप्रति असहमति जनाउँदै क्यान विघटनसहित दसबुँदे माग राख्दै काठमाडौं र पोखरामा जारी राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेका थिए। 
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव शान्तिराम शर्माको मध्यस्थतामा दुई दिन चलेको वार्ता बुधबार राति अबेर सहमतिमा टुंगिएको हो।
मध्यबानेश्वरस्थित क्यान मुख्यालयमा भएको सहमतिअनुसार बुधबारै राखेप सदस्य सचिव लामाको संयोजकत्वमा क्रिकेट विकास र विस्तारका लागि योजना बनाएर क्यानलाई दिने तथा कार्यान्वयन भए–नभएको अनुगमन गर्ने पाँच सदस्यीय योजना तथा अनुगमन समिति गठन गरिएको छ।
सहमतिअनुसार समितिले आफ्नो कार्यविधि आफैं निर्धारण गर्नेछ। समितिले दिएको योजना क्यानले कार्यान्वयन गरे–नगरेका अनुगमनसमेत उसैले गर्नेछ।
समितिमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का, युवा तथा खेलकुद मन्त्रालय तथा क्यानका प्रतिनिधि सदस्य छन्। 
मन्त्रालयका प्रतिनिधि उपसचिवभन्दा माथिल्लो तहको अधिकृत हुनुपर्ने पनि सहमतिमा उल्लेख छ।
सदस्य सचिव लामा, मन्त्रालयका सहसचिव शर्मा, राखेपका विभागीय प्रमुख प्रकाशचन्द्र घिमिरे, क्यानका वार्ता टोली संयोजक चतुरबहादुर चन्द, सदस्य ठाकुरप्रताप थापा, राष्ट्रिय टोलीका कप्तान पारसलगायत सबै खेलाडीले सहमतिमा हस्ताक्षर गरेका थिए। 
राष्ट्रिय टोलीले चैत २६ मा क्यानसमक्ष राखेको १० बुँदे माग यथाशीघ्र पूरा गर्ने पनि दुईपक्षीय सहमति छ। 
राष्ट्रिय टोलीका खेलाडी राष्ट्रिय प्रतियोगितासँगै माग पूरा नभएसम्म अप्रिल अन्त्यमा मलेसियामा सुरु हुने एसिसी प्रिमियर लिगलगायत सबै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि नखेल्ने घोषणासाथ आन्दोलनमा उत्रिएका थिए। क्यानमा आर्थिक पारदर्शिता हुनुपर्ने, पृथु बास्कोटाको उपचारमा क्यान गम्भीर हुनुपर्ने, लामो समयदेखि रोकिएको खेलाडीको तलबभत्ता तुरुन्त दिइनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा ठोस पहल हुनुपर्ने, बिएस इन्टरनेसनलसँग गरिएको प्रायोजन सम्झौता खेलाडीको व्यक्तिगत प्रायोजनमा बाध्यकारी बुँदा हटाउनुपर्ने, घरेलु क्रिकेट संरचना चुस्त र व्यावसायिक बनाउनुपर्ने, क्यानलाई व्यावसायिक रुपमा सञ्चालन गर्नुपर्नेलगायत माग राखेर खेलाडीले चैत २७ मा खेलाडीले आन्दोलन घोषणा गरेका थिए।
क्यान विघटनको मागबाट खेलाडी टसको मस नभएपछि मंगलबार पाँच घन्टासम्म चलेको वार्ता निष्कर्षहीन भएको थियो। 
बुधबार योजना तथा अनुगमन समिति बनाउनेमा सहमति भएकाले समस्या सुल्भि्कएको कप्तान पारसले प्रतिक्रिया दिए। 'हामीलाई कानुनबारे जानकारी थिएन। नेपालको कानुनअनुसार प्रधानमन्त्रीले चाहे पनि क्यान विघटन नहुने रहेछ,' बुधबार करिब सात घन्टाको वार्तापछि पारसले भने, 'हामीले विश्वास गरेको सदस्य सचिवलाई हो। उहाँकै नेतृत्वमा समिति बनेपछि अब समस्या सुल्भि्कएको छ। यो समितिले क्रिकेट विकासका योजना बनाउँछ र क्यानले त्यसलाई कार्यान्वयन गर्छ। कार्यान्वयन भए–नभएको पनि समितिले नै अनुगमन गर्छ।'
समिति अधिकारसम्पन्न हुने बताउँदै पारसले अब खेलाडीहरु समितिको नेतृत्वमा आएको बतए। भने, 'अब हामी क्यानको अन्डरमा होइन, समितिको अन्डरमा आएका छौं। समितिले जहिले भन्छ, त्यही दिनदेखि मैदानमा फर्किन्छौं।'
राखेप सदस्य सचिव लामाले समिति पूर्ण अधिकारसम्पन्न भएको बताउँदै समितिका योजना कार्यान्वयन नगरे क्यानमाथि कारबाही हुने बताए। 'सदस्य सचिव नै प्रमुख भएकाले यो पक्कै पनि अधिकारसम्पन्न हुन्छ। यसले आफैँ अनुगमन गर्ने भएकाले क्यानले योजना कार्यान्वयन नगरे कारबाही गरिन्छ। अब क्रिकेटमा बेथितिलाई ठाउँ छैन,' लामाले भने।
क्यानका उपाध्यक्षसमेत रहेका वार्ता टोलीका संयोजक चन्दले विगतमा समन्वय नभएकाले समस्या आएको स्विकार्दै अबका दिनमा समितिले त्यसको व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे। 'हामीले विगतका सबै गल्ती स्वीकार गरेका छौं। अब कार्यशैली सुधार गर्नैपर्छ। तत्काल हामीले प्रमुख कार्यकारी अधिकृत र फाइनान्स म्यानेजर नियुक्त गर्ने तयारी गरिरहेका छौं,' चन्दले भने, 'यो समितिमा सबै क्यानकै मानिस छन्। प्रतिनिधि एक भने पनि कप्तान र प्रशिक्षक पनि क्यानकै प्रतिनिधि हुन्। त्यसैले यसले क्रिकेटका लागि राम्रा निर्णय लिनेछ र क्यानले सबै राम्रा निर्णय कार्यान्वयन गर्नेछ।'


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस