काठमाडौं– नेपाली राष्ट्रिय फुटवल टोलीका स्ट्राइकर अनिल गुरुङ सोमबार एनसेल वर्ष खेलाडीको पुरस्कारबाट सम्मानित भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोवाटोस्थित आफ्नो केन्द्रिय कार्यालयमा एक समारोहका बीच अनिललाई पुरस्कारस्वरुप कार प्रदान गर्यो। प्रमूख अतिथि युवा तथा खेलकुदमन्त्री पुरषोत्तम पौडेलले अनिललाई हुन्डाई इयोन कारको साचो हस्तान्तरण गरेका थिए।
पुरस्कार जितेपति लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबका फरवार्डले आफ्नो मिहिनेतको कदर भएको प्रतिक्रिया दिए। 'मलाई भोट हाल्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। यो मेरो जीवनको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धी हो। आज म अत्यन्तै खुसी छु,' उनले नागरिकसँग भने, 'यो अवसरमा म मेरो परिवार, साथीभाई, टिम सहयात्री, प्रशिक्षकहरु तथा एन्फाप्रति विशेष आभार प्रकट गर्न चाहन्छु।'
एन्फाले गत भदौमा काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिपको नेपाली टोलीमा रहेका २० खेलाडीलाई गतमहिना सार्वजनिक मनोनयनमा पारेको थियो। समर्थकको एसएमएस तथा फुटबल प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा मनोनयनमा परेकामध्ये एक विजेताको चयन गरिएको हो। एसएमएस मतको भार एन्फाले ६० प्रतिशत तोकेको थियो भने प्रशिक्षक र पत्रकारको मतलाई २०/२० प्रतिशत भार छुट्टाइएको थियो।