प्रतिभा निर्खादै क्रिकेटर आरिफ
०९ वैशाख २०७१
•
६ मिनेट पाठ
प्रतिभा निर्खादै क्रिकेटर आरिफ
काठमाडौं-नेपाल एपिएफ क्लबका फिल्डरहरूले असुहाउँदो फिल्डिङ गरिरहेका थिए। उनीहरूले यो अवसर दिँदा पनि वीरगन्ज सुरक्षित स्थितिमा थिएन। टोलीलाई दोस्रोपल्ट पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्न एउटा साहसिक इनिङ्स खाँचो थियो।३१–४ को अवस्थामा वीरगन्जलाई सोमबार एपिएफविरुद्ध फाइनलमा २ सय १४ रनको लक्ष्यसम्म पुग्नु थियो। युवा क्रिकेटर आरिफ शेखले त्यो साहस देखाए। उनले अमित श्रेष्ठसँग मिलेर आकर्षक ब्याटिङ गरेपछि वीरगन्ज विजेता बन्यो। राष्ट्रिय खेलाडीहरूले बहिष्कार गरेको अवस्थामा वीरगन्ज र आरिफले मौका छोपे।
आरिफले आफूलाई प्रतिभावान् भएको देखाउँदै आएका थिए। राष्ट्रिय प्रतियोगिताबाट उनले त्यसलाई थप पुष्टि गरे। आरिफले फाइनलमा बनाएको ७० रन राष्ट्रिय प्रतियोगितामा युवा खेलाडीले खेलेको एक उत्कृष्ट इनिङ्स थियो। ‘म खुसी यस कारण छु कि मेरो इनिङ्सले टोली विजयी भयो,' सालिन स्वभावका आरिफ भन्छन्, ‘हाम्रो टोली सन्तुलित थियो, स्थिति अनुसार खेल्दै गयौं। प्रतिद्वन्द्वी कस्तो छ भनेर हेरेनौं।'
वीरगन्जलाई उपाधि दिलाउनु आरिफको पहिलो खुसी मात्र थियो। फाइनलमै देखाएको उत्कृष्ट प्रदर्शनले उनलाई म्यान अफ द सिरिजको पुरस्कार दिलायो। १७ वर्ष पुग्नै बाँकी आरिफजस्ता खेलाडीका लागि राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी हुनुको अर्थ बेग्लै थियो। अझ उनको यो केवल तेस्रो राष्ट्रिय प्रतियोगिता थियो। आफूले म्यान अफ द सिरिज पाउँछु भनेर सोच्दा पनि नसोचेको उनले बताए। 
लगातार आफ्नो प्रदर्शन तिखार्दै आएका आरिफलाई मलेसियामा हुने एसिसी प्रिमियर लिगमा नेपालको १८ सदस्यीय टोलीमा राखिएको छ। यो नेपालको प्रारम्भिक टोली भए पनि उनको मलेसिया निश्चितजस्तै भइसकेको छ। ‘सक्दो राम्रो खेल्न मैले प्रयास गरिरहेको छु। एसिया कपदेखि नै मैले राम्रो खेल्दै आएको छु,' आरिफले भने, ‘जुन हिसाबमा राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गरिरहेको थिएँ, त्यसअनुसार एकदिन राष्ट्रिय टोलीमा पर्छु जस्तो लाग्थ्यो। तर अहिले नै १८ सदस्यको सूचीमा परें भनेर विश्वास लागेको छैन।'
वीरगन्ज मुरलीका आरिफ डिसेम्बरमा एसिसी यु–१९ एसिया कपको नेपाली टोलीमा समावेश गरिएपछि चर्चामा रहे। उनको पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो। युएईमा आरिफले अनुभवी खेल प्रदर्शन गरे। नेपालबाट ३ खेलमा सबैभन्दा बढी १ सय १३ रन बनाए। उनले पाकिस्तानविरुद्ध २५, भारतविरुद्ध ४० र युएईविरुद्ध ४८ रन बनाएका थिए। यही प्रदर्शन उनले राष्ट्रिय प्रतियोगितामा निरन्तरता दिएका हुन्। 
आरिफले पोखरामा समूह चरणका ४ खेल र काठमाडौंको सेमिफाइनल र फाइनल गरी ६ खेलमा २ सय ६१ रन बनाए। उनको औसत ५२.२० र स्ट्राइक रेट ६९.९७ थियो। उनले तीन अर्धशतक बनाए। त्यसमा फाइनलमा बनाएको ७० रन उच्च स्कोर थियो। बलिङमा उनले १५.३६ को औसतमा ११ विकेट लिएका थिए, जसमा इकोनोमी ३.४७ थियो। आरिफले भैरहवासँग सेमिफाइनलमा २५ रन बनाउनुका साथै ३ विकेट लिएका थिए।
आरिफको मनपर्ने खेलाडी शरद भेषावकर हुन्। ‘शरद दाइ पनि मध्यपंक्तिमा ब्याटिङ गनुहुन्छ, म पनि,' शरदलाई मन पर्नुको कारण भन्छन् उनी। मिडअनमा स्लग गर्ने शरदको सट आरिफलाई धेरै मनपर्छ। आरिफ आफै भने ब्याक फुटमा पन्च गरेर मिडअनमा एक रन निकालेको सट खेल्न बढी रुचाउँछन्। शरदसँग मध्यपंक्तिमा मलेसियामा ब्याटिङ गर्ने उनले नयाँ सपना देखेका छन्।
ब्याटिङ अलराउन्डर आरिफलाई अहिले नेपाली क्रिकेटकै ठूलो प्रतिभा मान्न थालिएको छ। राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको पनि यसमा खासै फरक मत छैन। ‘आरिफ निकै प्रतिभावन खेलाडी हुन्, उनले छिट्टै आफ्नो खेल माथिल्लो स्तरमा पुर्‍याउने विश्वास लिएको छु,' उनले भने। आरिफको ब्याट कमसल देखेर दासानायकेले मंगलबार मात्र उनलाई नयाँ ब्याट उपहार दिएका छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस