बी र सी डिभिजनलाई मर्ज गर्ने प्रस्ताव
१० वैशाख २०७१
•
६ मिनेट पाठ
बी र सी डिभिजनलाई मर्ज गर्ने प्रस्ताव
काठमाडौं-फुटबलको नयाँ सिजन सुरु भइसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु फुटबलमा दुई श्रेणीलाई ‘मर्ज' गरेर एउटै बनाउने प्रस्ताव ल्याएको छ।घरेलु फुटबलको संरचनामा एकरुपता दिन नसकेका कारण आलोचित एन्फाले बुधबार ‘बी' र ‘सी' डिभिजन मर्ज गर्ने अर्को प्रस्ताव अगाडि सारेको हो। घरेलु फुटबल संरचनाबारे अस्थिर मनस्थिति झल्कने प्रस्ताव गर्न एन्फाले बुधबार दशरथ रंगशालामा ‘बी' र ‘सी' डिभिजन क्लबका प्रतिनिधिसँग संयुक्त बैठक गरेको थियो। नयाँ प्रस्तावअनुसार राजधानीका ‘बी', ‘सी' तथा एन्फाले वर्गीकरण गरेका ‘बी' र ‘सी' डिभिजनका जिल्लासम्मिलित राष्ट्रिय लिग गरिनेछ। 
‘बी र सी डिभिजन क्लबलाई एउटैमा मर्ज गर्ने प्रारम्भिक प्रस्ताव गरेका छौं। यसमा क्लब र जिल्लामा आन्तरिक छलफल चलाउने छौं। अन्तिममा संयुक्त भेला गरेर निर्णय गर्नेछौं,' एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले भने, ‘फुटबललाई नयाँ संरचनामा अघि बढाउन ए र बी दुई डिभिजनमात्र राख्ने योजनासहित यो प्रस्ताव अघि सारेका हौं।'
वैशाख ७ गते एन्फाले ए डिभिजन क्लबहरूसँगको छलफलमा राजधानीका ए डिभिजन क्लब र जिल्लाका टोलीबीच राष्ट्रिय लिग गर्ने अवधारणामा छलफल सुरु गरेको थियो। ‘ए र बी दुवैको राष्ट्रिय लिगको यो प्रारम्भिक छलफल हो। व्यापक छलफलपछि निर्णय गर्नेछौं,' श्रेष्ठले व्यावसायिकताका लागि मर्जरको आवश्यकता औंल्याउने प्रयास गर्दै भने, ‘नयाँ संरचनामा जान सके ए डिभिजनमा जस्तै बी डिभिजनमा पनि विस्तारै व्यावसायिकता ल्याउन सकिन्छ।'
उनले बी डिभिजनको राष्ट्रिय लिगका लागि सम्बन्धित सबै पक्ष सहमत भए त्यसलाई आकर्षक बनाइने दाबी गरे। ‘त्यसमा पुरस्कार राशि आकर्षक हुनेछ। तयारी खर्च पनि बढ्नेछ। फुटबलको लोकप्रियता र प्रतिस्पर्धा अहिलेभन्दा निश्चय पनि बढ्नेछ,' प्रवक्ता श्रेष्ठले थपे, ‘धेरै वर्ष हामीले तीन डिभिजन फुटबल आयोजनाको अनुभव बटुल्यौं। अब नयाँ प्रयोगमा जानुपर्छ। यसले देशको फुटबल स्तर बढाउन मद्धत गर्छ भन्ने विश्वास छ।' 
वैशाखसँगै नयाँ सिजन सुरु भइसक्दा समेत एन्फाले ए डिभिजनको संरचना नै प्रस्ट पार्न सकेको छैन। शीर्ष डिभिजनमा प्रत्येक वर्ष लिगको शैली परिवर्तन गर्दै आएको एन्फाले यसपालि विगतमा आफैले असफल करार दिएको राष्ट्रिय लिगको पत्ता फ्याँकेको छ। बितेको सिजनमा राउन्ड रोबिन लिगपछि सुपर सिक्सको अवधारणामा लिग भएको थियो। त्यो भन्दा अघिल्लो वर्ष ए डिभिजन लिगका शीर्ष ८ टोली र ए डिभिजन जिल्लाका शीर्ष दुई टोली समेटेर राष्ट्रिय लिग गरिएको थियो। पोखरा र बुटवलमा गरिएको राष्ट्रिय लिगको अवधारणा असफल भन्दै एन्फाले गत सिजनमा सुपर सिक्सको पुरानो पद्धतिमा लिग सम्पन्न गरेको हो। 
त्यसअघि एन्फाले राउन्ड रोबिन एकल लिग, सुपर सिक्स, सुपर एट, डबल लिगलगायतका विभिन्न प्रयोग गरिसकेको छ। तर, कुनै प्रयोगले लगत्तैको वर्ष निरन्तरता पाएको छैन। 
दुई श्रेणीलाई नै एउटै बनाउने एन्फाको प्रस्ताव पास भए ‘बी' डिभिजन क्लबको संख्या ५० नाघ्नेछ। राजधानीको बी डिभिजनमा १३ र सी डिभिजनमा १३ क्लब छन्। एन्फाले बी र सीको मान्यता दिएका ३५ जिल्ला छन्। 
‘बी' डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले बैठकमा मिश्रित प्रतिक्रिया आएको बताए। ‘सीबाट बढुवा हुनेहरू निराश थिए। बीबाट घटुवा हुनेहरू खुसी देखिन्थे,' राष्ट्रिय टोलीका पूर्वकप्तान सिंहले भने।
खेलाडी अभावका कारण अहिलेका सबै डिभिजन राम्ररी चल्न कठिन भएको जनाउँदै सिंहले भने, ‘क्लब धेरै भए। खेलाडी छैनन्। नयाँ खेलाडी आउन सकेका छैनन्। क्लबहरू बढुवा हुन नचाहने अवस्था छ। थोरै क्लबबीच प्रतिस्पर्धा गराउन सके नयाँ खेलाडी आउने सम्भावना रहन्छ।'
एन्फा प्रवक्ता श्रेष्ठका अनुसार बिहीबार केन्द्रीय समितिको बैठकपछि एन्फाले ए र बी डिभिजन राष्ट्रिय लिगको अवधारणा सार्वजनिक गर्नेछ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस