नेपालमा केन्पो खुकुरी नेसनल च्याम्पीयनसीप हुने भएको छ । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको आयोजनामा आगामी असोज ८ र ९ गते काठमाडौंमा च्याम्पीयनसीप हुने भएको हो । संघको पोखरामा बसेको बिस्तारित बैठकले यसअघि लुम्विनी प्रदेशको बुटवलमा जेठमा गर्ने भनिएपनि कोरोनाका कारण स्थगित प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको संघले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा देशभरका ७० जना खेलाडीले भाग लिने संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार २० देखि ३० वर्ष उमेर समुहका ५६ केजी तौल समूहमा प्रतिष्पर्धा हनेछ । जसमा प्रत्येक प्रदेशबाट ५ जना पुरुष र ५ जना महिला गरी १०–१० जनाले भाग लिनेछन् ।
प्रतियोगिताका लागि जिल्ला र प्रदेश स्तरीय प्रतियोगिता गरेर खेलाडी छनौट गरिने संघका अध्यक्ष पाण्डेले बताए । त्यसअघि खेलाडी तयार पार्न देशभर प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिने उनको भनाई छ । जस अन्तर्गत भदौ एकगतेदेखि तालिम सञ्चालन हुने उनले बताए । तालिममा प्रत्येक प्रदेशबाट २–२ जना प्रशिक्षक सहभागि हुने उनले जानकारी दिए । तालिम लिएका प्रशिक्षकले आ–आफ्नो प्रदेशमा गएर तालिम सञ्चालन गरि खेलाडी उत्पादन गर्ने उनको भनाई छ ।
च्याम्पीयनसीपमा बिजेता बन्ने खेलाडीलाई नगद १ लाखसहित पदक प्रदान गरिने जनाइएको छ । साथै उपबिजेता बन्नेलाई नगद २५ हजार रुपैयाँसहित पदक दिइने संघका सचिव तथा प्रचारप्रसार विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिए । यसैबीच, संघको साधारणसभा समेत हुने भएको छ । संघको वार्षिक साधारण सभा च्याम्पीयनसीप हुने असोज ८ र ९ गते काठमाडौंमै गर्ने निर्णय भएको संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।
नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ चार वर्ष अगाडि नेपालमा स्थापना भएको हो । खुकुरीको सहायताले खेलिने यो खेल डिफेन्ससँग सम्बन्धित रहेको अध्यक्ष पाण्डेले बताए । यो खेल काँतासँग सम्बन्धित रहेको उनको भनाई छ । खुकुरीको प्रयोग हुने भएकाले यो खेल नेपालको मौलिक खेल भएको उनको दाबी छ ।
नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ गण्डकी अध्यक्षमा पुन
नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ गण्डकीको अध्यक्षमा विष्णु पुन चयन भएका छन् । संघको शनिबार सम्पन्न भेलाले पुनलाई अध्यक्षमा चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा मनोज खड्का, चार उपाध्यक्षहरुमा तारा शर्मा, शान्तासिंह बस्नेत, खेम गुरुङ र हरीराज जोशी चयन भएका छन् भने महासचिवमा सन्दीप कोइराला चयन भएका छन् । यसैगरी संघको सचिवमा विष्णु पोखरेल र कोषाध्यक्षमा पुरुषोत्तम पौडेल चयन भएको संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।