महबुबको पुनरागमन
१२ वैशाख २०७१
•
७ मिनेट पाठ
महबुबको पुनरागमन
काठमाडौं-पुरानै लय फर्काउने अभियानमा जुटेका भेट्रान क्रिकेटर महबुब आलमलाई नयाँ ब्याटिङ शैलीमा देख्न पाइनेछ। ‘बिचमा घाइते हुँदा क्रिकेटबाट ध्यान नै हराएको थियो,' एसिसी प्रिमियर लिग क्रिकेटका लागि १४ सदस्यीय अन्तिम टोलीमा स्थान बनाएपछि महबुबले भने, ‘पुरानो लयमै फर्कने तयारी गर्छु। त्यसका लागि मैले आफ्नो ब्याटिङ शैली नै परिवर्तन गरेको छु।'एसिसी प्रिमियर मे १ देखि मलेसियामा मे १ देखि हुनेछ। नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, शरद भेषावकर, विनोद भण्डारी, नरेश बुढाऐर, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, आरिफ शेख, रामनरेश गिरी, राजकुमार प्रधान र महबुब छन्। पुष्प थापा, भुवन कार्की र यज्ञमान कुमाल वैकल्पिकमा परेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार १८ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा महबुब पनि थिए, तर उनी वैकल्पिकमात्र। क्यान सूत्रका अनुसार महबुब १४ सदस्यीय टोलीमा थिएनन्। १८ सदस्यीय टोलीमा रहेका अमृत भट्टराई प्रशिक्षणक्रममा घाइते भएपछि महबुबलाई अन्तिम टोलीमा राखिएको हो। अमृत वैकल्पिकमा पनि छैनन्।
मंगलबार कीर्तिपुर मैदानमा अभ्यासक्रम बलिङ गर्दा देब्रेहाते अमृतको घुँडा दोब्रिएको थियो। अमृतले अब डेढ महिना रिहाबमा बिताउनुपर्नेछ। तीन इन्जेक्सन लिनुपर्नेछ। उनलाई मैदानमा फर्कन दुई महिनाजस्तो लाग्न सक्छ। अमृत यसलाई आफ्नो दूर्भाग्य मान्छन्। उनले भने, ‘अहिले अन्य बलर नहुँदा मैले पहिलो रोजाइमा खेल्ने पक्का जस्तै थियो। मैले आफूलाई फेरि एकपटक प्रमाणित गरेर देखाउँछु भनेको थिएँ। तर दूर्भाग्य अहिले म आफै खेल्न नसक्ने भएँ।'
महबुबले नेपाली टोलीबाट पछिल्लोपल्ट २०१२ को मार्चमा युएईमा विश्व ट्वान्टी–२० छनोटमा खेलेका थिए। प्रतियोगिताका ७ खेलमा ३४ रन बनाउनुका साथै १ विकेट मात्र लिएपछि उनलाई राष्ट्रिय टोलीबाट हटाइएको थियो। त्यसयता डिभिजन ४ मा रहेको नेपाल डिभिजन २ मा उक्लनुका साथै एसिसी ट्रफीमा संयुक्त विजेता बन्यो भने ट्वान्टी–२० विश्वकप पनि खेलिसकेको छ। 
सन् २००० मा युएईमा भएको एसिसी ट्रफीदेखि टोलीमा रहँदै आएका महबुबले राष्ट्रिय टोलीमा स्थान सुरक्षित गर्नु अबको उद्देश्य भएको बताए। ‘मलाई पुनरागमन गर्न सकिन्छ भन्ने विश्वास थियो। राम्रो अभ्यास गरिरहेको छु,' उनले भने, ‘गृहनगर राजविराजमा आयुष श्रेष्ठसँग मिलेर क्रिकेट एकेडेमी खोलेको छु, सिक्न आउने खेलाडीसँगै आफै अभ्यास गरिरहेको हुन्छु।' 
त्यसैअनुसार आफूले कञ्चनपुरमा अन्तरक्लब प्रतियोगितामा राम्रो गरेर म्यान अफ द सिरिज भएको महबुबले स्मरण गराए। उनले थपे, ‘चितवनमा पनि राम्रो खेलेको थिएँ। भारतको विभिन्न स्थानमा खेलिरहेको थिएँ, प्रदर्शन राम्रो भएको थियो। यो सिजनमा धेरै स्थानीय स्तरका प्रतियोगिता खेलेकाले राम्रो भइरहे जस्तो लाग्छ।'
उनले आफू क्रिकेटमा अझै गम्भीर भएको बताए। ‘पहिला ५० ओभर खेल्दा अलि अतालिन्थें। अहिले आफूलाई धेरै केन्द्रित गरेको छु। बाउन्ड्रीभन्दा पनि १–२ रनमा जोड दिएको छु। क्रिजमा बढी समय बिताएपछि रन बनिरहेको छ। राष्ट्रिय स्तरमा यसरी नै खेल्दा राम्रो भएको थियो,' महबुबले भने, ‘यो प्रतियोगितामा धेरैले राम्रो गरेका थिए, मैले छुट्टै तयारी गरेर आएको थिएँ।'
१६ राष्ट्रिय खेलाडीले बहिष्कार गरेको राष्ट्रिय प्रतियोगितामा महबुबले झन्डै २ सय रन बनाउनुका साथै १० विकेट लिएका थिए। पहिलो चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दा म्यान अफ द सिरिजको दाबेदारमा रहेका महबुब समूह चरणको अन्तिम खेल र नेपाल एपिएफ क्लबसँगको सेमिफाइनलमा चुकेका थिए। 
महबुबका अनुसार उनले अब विगतमा खेल्दै आएको आक्रामक शैलीभन्दा रक्षात्मक भएर खेल्ने छन्। त्यसमा उनले पहिलो रोजाइमा स्थान पाएमा मध्यपंक्तिबाटै खेल्ने छन्। साउदी अरेबियाविरुद्ध २०११ मा एसिसी ट्वान्टी–२० कपमा कीर्तिपुरमा २० बलमा पूरा गरेको अर्धशतक नेपाली खेलाडीको अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतक हो।
यसै साता सम्पन्न राष्ट्रिय प्रतियोगितामा १६ वर्षे आरिफ म्यान अफ द सिरिजमा चुनिँदै राष्ट्रिय टोलीमा आएका हुन्। उनीसँगै रामनरेश पनि प्रतियोगिताका लागि म्यान अफ द सिरिजको दाबेदारमा थिए। गत वर्ष सिंगापुरमा भएको एसिसी इमर्जिङ टिम्स कपमा नेपाली टोलीमा रहे पनि रामनरेशले कुनै खेल खेल्न पाएका थिएनन्।
राजकुमार राष्ट्रिय प्रतियोगितामा कुल २० विकेट लिँदै उत्कृष्ट बलरमा चुनिएका थिए। २००८ मै मलेसियामा भएको एसिसी ट्रफी राजकुमारले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो। सन् २००२ देखि राष्ट्रिय टोलीमा रहँदै आएका ३८ वर्षे राजकुमार २००९ मा युएईमा भएको एसिसी ट्वान्टी–२० कपअघि वैदेशिक रोजगारीमा कतार लागेका थिए।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस