अन्योल चिर्दै सुखद नतिजाको अपेक्षा
१५ वैशाख २०७१
•
१० मिनेट पाठ
अन्योल चिर्दै सुखद नतिजाको अपेक्षा
काठमाडौं– एसिसी प्रिमियर लिग खेल्न मलेसिया जादा नेपाली क्रिकेट टोली आन्तरिक समस्याहरु विर्सने प्रयासमा छ। ट्वान्टी–२० विश्वकपमा ऐतिहासिक सहभागिता जनाएको १५ दिनपछि नै नेपाली क्रिकेट आन्तरिक विवादमा रुमल्लिएको थियो।देशको क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै विश्वकप खेलेका १६ खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका थिए। उनीहरुले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शीताको पनि आवाज उठाएका थिए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानको अनुसन्धान गरिरहेको छ। 
क्यानका पदाधिकारी र नेपाली क्रिकेटसँग जोडिएका अन्य अहिले दिनहुँ जस्तै अख्तियारमा हाजिरी जनाइरहेका छन्। यसले क्यान र खेलाडीबीचको सम्बन्ध अझ चिस्याएको मानिएको छ। बिहीबारदेखि हुने एसिसी प्रिमियर लिगलाई पनि यसले प्रभावित पारेको छ। खेलाडीले पहिला आफ्नो माग पूरा नभए प्रिमियर लिग पनि नखेल्ने चेतावनी दिएका थिए। 
‘खेलाडीहरु खेलमा केन्द्रित छन्, तयारी भए पनि प्रतियोगितासम्म हामी पूर्ण रुपमा तयार भइसक्छौं, म अत्तालिएको छैन्,' नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘अन्य केही कारणले हाम्रो तयारी राम्रो हुन सकेन्, तर यसमा मेरो कुनै गुनासो छैन्।' कप्तान पारस खड्काले भने खेल्ने बेलामा समस्याका बारे नसोच्ने बताए। उनले भने, ‘मैदानमा उत्रिएपछि खेलमा मात्र केन्द्रित हुनुपर्छ।'
एसियाली क्रिकेट परिषद (एसिसी) ले सन् १९९६ देखि गर्दै आएको एसिसी ट्रफी इलिटलाई नयाँ संरचनामा ढालेर एसिसी प्रिमियर लिग गर्न लागेको हो। २०१२ मा युएईमा भएको एसिसी ट्रफीको शीर्ष ६ टोलीले प्रिमियर लिगमा सहभागिता जनाउने छन्। ‘यो निकै महत्वपूर्ण प्रतियोगिता हो, विश्वसामु हामीले अझै धेरै प्रमाणित गर्नुपर्ने छ, हामी प्रत्येक खेल जित्न चाहान्छौं,' दासानायके नेपालको लक्ष्य प्रस्ट पार्छन्।
दुई वर्ष अघिको एसिसी ट्रफीमा नेपाल र युएई बीचको फाइनल ‘टाई' भएपछि संयुक्त विजेता बनेका थिए। नेपाल र युएईसहित अफगानिस्तान, हङकङ, मलेसिया र ओमान प्रिमियर लिगमा सहभागिता जनाउदैं छन्। नेपालले मे १ मा युएईसँग पहिलो खेल खेल्ने छ। युएईपछि नेपालले मे २ मा मलेसियासँग, ४ मा ओमानसँग, ५ मा हङकङसँग र ७ मा अफगानिस्तानसँग खेल्ने छ। सहभागि सबै टोलीले राउन्ड रोविन पद्दतिमा एक–अर्कासँग खेल्नेछन्। 
‘सवै ५ खेल कठिन छन्। युएई र अफगानिस्तानले पक्कै पनि राम्रो गरिरहेको हुनुपर्छ, किनभने उनीहरु १० महिनापछि एकदिवसीय विश्वकप खेल्दैछन,' दासानायकेले भने, ‘पाँचै टोलीलाई हामीले सम्मान गर्नुपर्छ। ओमान पनि राम्रो टोली हो। मलेसियाले पनि भर्खरै डिभिजन ५ मा राम्रो गरेको छ।' 
गत महिना बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा सहभागिता जनाएपछि नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हो। पहिलो पटक विश्वकपमा सहभागिता जनाउने क्रममा नेपालले अघिल्लो महिना विश्व ट्वान्टी–२० हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो र नेट रन रेटमा मात्र बंगलादेशभन्दा पछाडी रही सुपर टेनमा पुग्नबाट रोकिएको थियो। ‘ट्वान्टी–२० मा प्रमाणित गरिसकेका छौं। अव ५० ओभरको खेलमा त्यसलाई रुपान्तरण गर्ने अवसर पाएका छौं,' दासानायकेले भने।
एकदिवसीय संरचनामा हुने प्रिमियर लिगको शीर्ष चार टोलीले यसै वर्ष डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपमा भाग लिन पाउनेछन्। एसिसीले पहिलो पटक गर्न लागेको च्याम्पियनसिप दुईदिवसीय संरचनाको हुनेछ। 
जनवरीमा एकदिवसीय विश्वकप छनोट खेलेपछि नेपालले पहिलो पटक ५० ओभरको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। विश्वकपमा छनोट हुने उद्धेश्य बोकेर गएको नेपाल सहभागी १० टोलीमा नवौं भएको थियो। दासानायकेले भने, ‘केही कारणले गर्दा हामीले न्युजिल्यान्डमा आफ्नो उत्कृष्ट खेल देखाउन सकेनौं।' 
न्युजिल्यान्डकै प्रदर्शनतिर फर्किदा कप्तान पारसले भने, ‘विगत भनेको विगत नै हो, अव खेलिने खेल सुरुबाटै खेल्नु पर्नेछ। हामीले मलेसियामा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने हो।'
अवसर खोज्दै चार खेलाडी
एसिसी प्रिमियर लिगमा भेट्रान राजकुमार प्रधान र महबुब आलमले राष्ट्रिय टोलीमा पुनरागमन गर्नेछन् भने युवा खेलाडी आरिफ शेख र रामनरेश गिरी अवसर पर्खदैं छन्। २००८ को एसिसी ट्रफी पछि ३८ वर्षे लेग स्पिनर राजकुमारले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन्। २०१२ मा विश्व ट्वान्टी–२० छनोटमा कमजोर प्रदर्शन गरेपछि हटाइएका महबुबले त्यसपछि पहिलो पटक नेपालबाट खेल्न लागेका हुन्। 
‘आरिफ र महबुब राम्रो भएर आएका छन्। राजकुमार राम्रो स्पिनर हुन्,' दासानायकेले भने, ‘लामो समयपछि टोलीमा फर्किएकाले महबुब धेरै दवावमा छन्। उनले पहिलाभन्दा खेलमा परिवर्तन गरेका छन्। बाउन्ड्रीमा भन्दा १–२ रनमा बढि जोड दिन्छन्। सातौं नम्बरमा हाम्रो ब्याटिङमा समस्या देखिएको छ। महबुब त्यसको विकल्प हुन सक्छन्।'
पारसले राजकुमार, महबुबसँगैं रामनरेश र आरिफले राम्रो प्रदर्शन गरेकाले उनीहरु पुनरागमनको हकदार भएको बताए। ‘उनीहरुले राष्ट्रिय प्रतियोगितामा राम्रो गरेर आएका हुन्। सिस्टममा रहेर प्रदर्शन दिएका छन्, त्यसैले उनीहरुबाट राम्रो आशा गर्न सकिन्छ,' उनले भने। १६ वर्षे आरिफ राष्ट्रिय प्रतियोगितामा म्यान अफ द सिरिज चुनिदैं राष्ट्रिय टोलीमा परेका हुन्। गत वर्ष सिंगापुरमा भएको एसिसी इमर्जिङ टिम्स कपमा नेपाली टोलीमा रहे पनि रामनरेशले कुनै खेल खेल्न पाएका थिएनन्।
ओपनरमा परिवर्तन
नेपालले ओपनिङ ब्याटिङमा परिवर्तन गर्ने भएको छ। सुवास खकुरेललाई नरेश बुढाएरले ओपनिङमा साथ दिने सम्भावना छ। प्रशिक्षक दासानायकेले दुइ हप्ताको अभ्यासका क्रममा नरेशलाई ओपनिङ ब्याटिङमा अभ्यस्त गराएका थिए। यसअघि सुवास र सागर पुन नेपालको ओपनिङ जोडी थिए।
‘नरेश र सुवास ओपनिङमा राम्रो देखिएका छन। म हाम्रो माथिल्लो ब्याटिङक्रम मजबुत भएको हेर्न चाहान्छु,' दासानायकेले भने। विश्व ट्वान्टी–२० छनोट र विश्व ट्वान्टी–२० मा सागर खासै जम्न नसकेपछि प्रशिक्षक ओपनिङ परिवर्तन गर्ने मनस्थितिमा पुगेका हुन्। ओपनिङको अर्को विकल्पमा दासानायकेले सागरलाई नै राखेका छन्। ट्वान्टी–२० विश्वकपमा नरेशले मध्यपंक्तिबाट खेलेका थिए।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस