साहसिक खेलकुद: सरकारले अग्रसरता देखाइदिए पुग्छ
२३ साउन २०७८
•
४ मिनेट पाठ
साहसिक खेलकुद: सरकारले अग्रसरता देखाइदिए पुग्छ
क्याप्शन
जलस्रोत र भौगोलिक विविधतामा धनी नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहे पनि सम्बन्धित निकाय मौन बस्दा नेपालले यस क्षेत्रमा खासै फड्को मार्न सकेको छैन।  साहसिक खेलको ‘हब’ स्थापित गर्न स्पष्ट नीति र कार्ययोजना नहुँदा त्यसले सोचे अनुरूपको गति भने लिनसकेको छैन। फरक खेलमध्येको साहसिक खेलमा नेपालले थोरै लगानी र धेरै  प्रवर्द्धन गर्न सके खेल पर्यटनबाट धेरै फाइदा लिन सक्छ। 




साहसिक खेल आयोजनाका लागि नेपाललाई आवश्यक पर्ने ८० प्रतिशत पूर्वाधार प्राकृतिक रूपमै बनेको दाबी यस सम्बन्ध निकायहरूले भन्दै आएका छन्। मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, बन्जी जम्प, क्यानोइङ, डाउनहिल साइक्लिङ, गल्फ, रक क्लाइम्बिङजस्ता साहसिक खेलको सम्भावना रहेको छ। पर्वतीय खेलकुद महासंघमा एक दर्जन संघ आबद्ध छन् तर तीमध्ये करिब आधा दर्जन संघ मात्र केही सक्रिय देखिएका छन् भने केही संघ भने मौन छन् । सम्बन्धित सरकारी निकायको उदासीनताका कारण पनि नेपालले साहसिक खेलक्षेत्रको  प्रवर्द्धनमा उल्लेख्य प्रगति गर्न सकेको छैन।

पवर्तीय खेलकुद २०२५

फरक खेलमध्येको साहसिक खेलमा नेपालले थोरै लगानी र धेरै  प्रवर्द्धन गर्न सके खेल पर्यटनबाट धेरै फाइदा लिन सकिने भन्दै पर्वतीय खेलकुद महासंघले करिब ४ वर्षअघि पर्वतीय खेलकुद २०२५ को अवधारणा सार्वजनिक गरेको थियो। तर यसबीच ४ मन्त्री परिवर्तन भइसके पनि पर्वतीय खेलकुद २०२५ को अवधारण एक कदम पनि अघि बढ्न सकिरहेको छैन।

‘साहसिक खेलकुदका लागि हामीसँग भएका प्राकृतिक पूर्वाधारको प्रयोग गरेमा हामीले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई साहसिक खेलकुदको हब बनाउन सक्छाैँ,’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने, ‘हामी विसं २०६९ मा स्थापना भएर कार्य गर्दै आएका छौं। हामीले स्थापना भएकै वर्ष खेलकुद मन्त्रालयमार्फत साहसिक खेलकुद प्रवद्र्धनमा सरकारको ध्यान जाओस् भनेर यस खेलसम्बन्धी प्रस्ताव पेस गरेका थियौं ।’ पहिलो  पटक साहसिक खेलका बारेमा बाबुराम भट्टराईका नेतृत्व सरकारले अगाडि बढाएको थियो। त्यसपछि हरेक सरकारले त्यसको अनुसरण गरे पनि कार्यान्वयनमा ल्याउन  भने सकेन।

‘डा. बाबुराम भट्टराईको सरकारका अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा साहसिक खेलकुद सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरियो । त्यो हाम्रा लागि सुखद पक्ष थियो,’भट्टराईले भने, ‘तर वार्षिक नीति तथा कार्यक्रममा समावेश भएता पनि मन्त्रालयमा यो नीति कार्यन्वयनका लागि गठन भएका कार्यदल नाममा मात्र सीमित हुँदा यस खेलले प्रचुर सम्भावनाका बावजुद पनि फड्को मार्न सकिरहेको छैन।’

भट्टराईले नेपालले पर्यटकीय, आर्थिक र सामाजिक हिसाबले फाइदा लिन सक्छ भनेर करिब ४ वर्षअघि पर्वतीय खेलकुद २०२५ को अवधारण खेलकुद मन्त्रालयमा पेस गरेको बताए। तर सम्बन्धित निकायले एकअर्कालाई जिम्मा दिँदै आफ्नो जिम्मेवारीबाट पछि हट्दा यो अवधारणा अघि बढ्न नसकेकोमा उनको गुनासो छ। विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेसनल जोग्राफीको ‘एड्भेन्चर अफ दी इयर–२०१७’ मा अल्ट्रा म्याराथन धाविका मीरा राई विजयी भएसँगै उनको चर्चा विश्वभर चुलियो।  

विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरूको सूचीमा उनी अनलाइन भोटिङमार्फत पहिलो भएकी थिइन्। मीराले प्राप्त गरेको सफलता उनीमा मात्र सीमित छैन । नेपालको नाम पनि जोडिएको छ। साहसिक खेलको गतिलो गन्तव्य हुन सक्छ भन्ने सन्देश उनीमार्फत विश्वभर फैलिएको छ। नेपालमा प्रचुर सम्भावना बोकेको अर्को साहसिक खेल र्‍याफ्टिङ हो। अमेरिकी साहसिक खेलाडी माइक एगरले त्रिशूली नदीबाट र्‍याफ्टिङ व्यवसाय भित्र्याएसँगै कर्णाली र भोटेकोसीमा पनि व्यावसायिक र्‍याफ्टिङ सुरु भएको छ। सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले मात्र एक पदक जित्यो, सो पदक नेपालले प्याराग्लाइडिङमा जितेको थियो।

‘हामीले सरकारसँग यस खेलमा लगानी गर्दिनुस् पनि भनेका छैनौं,’ भट्टराईले भने, ‘सरकारले अग्रसरता देखाइदिए पुग्छ। सरकारले उचित ध्यान दिने हो भने नेपाल विश्वमै लोकप्रिय साहसिक तथा विशिष्ट खेलको केन्द्रबिन्दु बन्नुका साथै राष्ट्रिय प्रतिष्ठान, पहुँच र पदकको पनि प्रचुर सम्भमावना रहेको छ।’

‘हामीले दिगो खेल, दिगो पर्यटन र दिगो विकासका लागि पर्वतीय खेलकुद २०२५ को अवधारण सार्वजनिक गरेका हाैँ,’ उनले भने, ‘साहसिक खेल स्थापित गर्न नेपाललाई आवश्यक पर्ने ८० प्रतिशत पूर्वाधार प्राकृतिक रूपमै बनेका छन्। हाम्रो लक्ष्य मात्र के हो भने यी भएका प्राकृतिक पूर्वाधारको प्रयोगमा यस खेलको दिगो विकासको जग बसालौं। नेपालामा २० देखि २५ वटा साहसिक खेलहरूको प्रचुर सम्भावना रहेको छ। आधुनिक पर्यटनका लागि समेत यो एउटा अवसर हो।’

पर्वतीय खेलकुद २०२५ अन्तर्गत प्राचीन आर्चरी, प्राचीन घोडचढी, मिनी गल्फ, साइक्लिङ, ओरियन्टिरिङ, क्यानोइङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, प्राचीन कुस्ती, अल्पाइनल स्पोटर््स, मोटर स्पोर्ट्सका साथै ट्रायथोलन र दुवाथोलनलगायतका खेल समावेश छन्।

‘साहसिक खेलकुदमा सहभागी खेलाडीले वर्षको ३ सय ६४ दिन आफ्नो व्यवसाय गर्छन् भने १ दिन प्रतियोगिताका लागि छुट्ट्याउँछन्,’ भट्टराईले भने, ‘यसो गर्दा उनीहरूको व्यवसाय पनि निर्वाध रूपमा सञ्चालन हुन्छ। सरकारले खेलाडीहरूलाई हेरिरहनु पनि परेन। पर्यटनका साथै पूर्वाधार हुँदै समग्र समाजको पनि विकास हुन्छ।’
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
२ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस