काठमाडौं– एसिसी प्रिमियर लिगमा आइतबार पहिलो हार बेहोरेपछि नेपालले एसिसी च्याम्पियनसिपमा छनोट हुन अर्को खेल पर्खनुपर्ने भएको छ । आइतबार मलेसियाको सेलाङ्गर टर्फ क्लब मैदानमा ओमानसँग नेपाल २ विकेटले पराजित भएको थियो । नेपालले सुरुआती दुई खेल जितेको थियो । ओमानसँगको खेल जितेको भए नेपालले बाँकी दुई खेलअगावै डिसेम्बरमा हुने च्याम्पियनसिपका लागि स्थान पक्का गर्ने थियो ।
आइतबारै मलेसियाले अफगानिस्तानलाई ३ विकेट र युएईले हङकङलाई २ विकेटले हराएपछि च्याम्पियनसिपमा छनोट हुन सबैको ढोका खुलेको छ । नेपालले सोमबार हङकङ र बुधबार अन्तिम खेलमा अफगानिस्तान खेल्नेछ ।
आइतबार कमजोर ब्याटिङका कारण नेपालले गतिलो स्कोर बनाउन सकेन । टस हारेर ब्याटिङ गर्न निम्त्याइएको नेपाल ४५ ओभरमै १ सय ५७ रनमा अलआउट भयो । ओपनर सुवास खकुरेल आउट हुँदा नेपालको खातामा २ रनमात्र थियो । उनले १० बल खेले पनि रन बटुल्न सकेनन् । अघिल्ला खेलमा जम्न नसकेका अर्का ओपनर नरेश बुढाएर र उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटमा साझेदारी गर्दै टोलीलाई उकासेका थिए । ज्ञानेन्द्रले बनाएको २६ रन नेपाली इनिङ्समा व्यक्तिगत ठूलो स्कोर थियो । ज्ञानेन्द्र र नरेशले ४० रनको साझेदारी गरे । ज्ञानेन्द्रले २४ बलमा ६ चौका हाने । ५९ बल खेलेका नरेशले २३ रन बनाए । उनले ४ चौका हाने । कप्तान पारस खड्का (६), महबुब आलम (५), शरद भेषावकर (१६), विनोद भण्डारी (१०) सस्तैमा पवेलियन फर्केपछि नेपाली इनिङ्स धर्मराएको थियो । शरदले ६१ बल खेलेर १६ रन जोड्दा १ चौका हाने । टोलीको खातामा रहेका दुई छक्का पारस र विनोदले हानेका थिए । वसन्त रेग्मी ६ रन बनाए । पुछारमा ब्याटिङ गरेका शक्ति गौचनले १५, सागर पुनले २०, सोमपाल कामीले अविजित ११ रन जोडेपछि नेपालले ओमानसामु मध्यम स्कोरको चुनौती तेस्र्याएको हो ।
प्लेयर अफ द म्याच ओमानका अमिर कालिमले ४ विकेट लिए । उनले १० ओभरमा ३६ रन खर्चे । अजय लालचेटाले २ विकेट लिए ।
ओमानले १ सय ५८ रनको लक्ष्य १३ बलअघि पूरा गरेको हो । पहिलो बलमै ओपनर जिसन सिद्धिकी आउट भएपछि ओमन दबाबमा थियो । जिसनलाई सोमपाल कामीले एलबिडब्लु आउट गराए । तर अर्का ओपनर जिसन मक्सुदले ४४ रन जोड्दै ओमानलाई उकासेका थिए । मक्सुदले धैर्यपूर्वक ब्याटिङ गर्दै ४९ बलमा ४४ रन जोड्दा ८ चौका हाने । ८७÷३ को स्थितिमा रहेको ओमानको मध्यपंक्ति भत्काएपछि नेपाल विजयतिर लम्केको थियो । नेपाली कप्तान खड्काले आरिफ हुसैन (२३), अजय लालचेटा (२) र वसन्त रेग्मीले जितेन्द्रर सिंह (२) लाई एलबिडब्लु धरापमा पारेपछि ओमान ९४÷६ को स्थितिमा पुगेको थियोे ।
कप्तान एवं विकेटकिपर सुल्तान अहमद र अमिर अलीले नवौं विकेटमा अविजित ३५ रनको साझेदारी गरेपछि ओमानले लक्ष्य भेटाएको थियो । सुल्तानले ५५ बलमा ३ चौकासहित ३२ र आरिफले १४ रन बनाए ।
सोमपालले ९ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ विकेट लिए । पारस र शक्ति गौचनले २–२ विकेट लिए । पारसले ८.५ ओभरमा २ मेडन राख्दै २७ र शक्तिले १० ओभरमा २ मेडन राख्दै १९ रन दिए । सागर पुन र वसन्त रेग्मीले १–१ विकेट लिए । महबुबले कुनै विकेट लिन सकेनन् । नेपालले लिएको विकेटमा ६ विकेट त एलबिडब्लुमा लिएको हो ।
५० ओभरको खेलमा नेपाल ओमानसँग पहिलोपल्ट पराजित भएको हो । यसअघि भएका दुवै खेलमा नेपालले विजयी भएको थियो । सन् २०१० मा कुवेतमा एसिसी ट्रफी र बमुर्डामा २०१३ मा डिभिजन–३ मा नेपालले ओमानलाई हराएको थियो ।
लगातार तेस्रो जित पाएको ओमानले डिसेम्बरमा युएईमा हुने एसिसी च्याम्पियनसिपलाई स्थान पक्का गरेको छ ।
आइतबारै मलेसियाले सन् २००४ पछि पहिलोपल्ट अफगानिस्तानलाई ३ विकेटले हराएको हो । घरेलु मैदानमा अफगानलाई १ सय ७५ रनमा समेट्दै मलेसियाले ३७ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । अर्को खेलमा युएईले हङकङमाथि २ विकेटको विजय पाएको थियो । हङकङले छाडेको १ सय ५८ रन लक्ष्यलाई युएईले ९ बलअघि ८ विकेट गुमाई पूरा पार गरेको हो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपल्ट दुईदिवसीय संरचनामा गर्न लागेको एसिसी च्याम्पियनसिपमा प्रिमियर लिगका शीर्ष चार टोली छनोट हुनेछन् । ओमान ६ अंक जोड्दै शीर्ष स्थान छ । समान २ खेल जिते पनि नेपाल अफगानिस्तानलाई नेट रनरेटमा पछि पार्दै दोस्रो स्थानमा छ । अफगानिस्तान तेस्रो तथा १–१ खेल जितेका मलेसिया चौथो र युएई पाँचौं स्थानमा छन् । तीनै खेल हारेको हङकङ पुछारमा छ ।