ए डिभिजन क्लबमा पोखरेली खेलाडीको सहभागिता घट्दै
२६ साउन २०७८
•
३ मिनेट पाठ
ए डिभिजन क्लबमा पोखरेली खेलाडीको सहभागिता घट्दै
पोखराको फुटबल गतिविधि शून्यमा छ । एकातिर कोभिडको लहर, अर्कोतिर कास्की जिल्ला फुटबल संघ पनि यहीबेला निष्क्रिय छ । आर्थिक पारदर्शीता नभएको ठहर्दै अखिल नेपाल फुटबल संघ(एन्फा)को छानविनमा परेको छ । छानविनले रिपोर्ट तयार पारेपनि सार्वजनिक गरिएको छैन ।  




फुटबल संघ कास्कीको एकातिर निष्क्रियता र अर्कोतिर फुटबलको गतिविधि शून्यताले पोखराबाट ए डिभिजन लिग खेल्ने खेलाडीहरु बिस्तारै घट्दै गएका छन् । खेलकुदको शहरको परिचय बोकिरहँदा पोखराबाट नयाँ खेलाडीले फुटबल दरिलो उपस्थिति देखाउन सकेका छैनन् । त्यसो त कास्की जिल्ला फुटबल संघलाई अन्य जिल्ला तहमा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागिता बारे नाक खुम्च्याउने प्रवृत्तिले पनि नयाँ खेलाडीले अवसर पाउनै सकेनन् ।  

अखिल नेपाल फुटबल संघ(एन्फा)को तालिका अनुसार आगामी कात्तिक अन्तिम सातादेखि ए डिभिजनको तयारी गरेको छ । क्लबहरुले खेलाडी अनुबन्धन गरिरहेका छन् । पोखराबाट एक दर्जन खेलाडी अहिले विभिन्न क्लबसँग आवद्ध भईसकेका छन् । अनिल गुरुङ (ब्रिगेड ब्वाईज), रन्दिप पौडेल (ब्रिगेड), सुशील लामा(फ्रेण्ड्स), मानबहादुर तामाङ (सातदोबाटो), विजय श्रेष्ठ (हिमालयन शेर्पा), त्रिदेव गुरुङ (हिमालयन शेर्पा), भिषण गुरुङ (हिमालयन शेर्पा), विनोद गुरुङ (हिमालयन शेर्पा), रवि थापा( हिमालयन शेर्पा), विमल राना( मनाङ मस्र्याङ्दी), सरोज योन्जन(मनाङ मस्र्याङ्दी), जीवन गुरुङ (थ्रीस्टार), अजित भण्डारी (नेपाल पुलिस), दीप कार्की (हिमालयन शेर्पा) सँग सम्झौताको तयारीमा रहेका छन् ।  

नियमित रुपमा लिग नहुँदाको प्रत्यक्ष असर खेलाडीमाथि पर्छ । लिग नहुँदा फुर्सदिला खेलाडी अन्यत्र मोडिन्छन् । खेलाडी फुटबलविहीन भएपछि पलायन हुने सम्भावना बढ्छ । ‘खेलाडीको पहिलो प्लेटफर्म प्रतियोगिता हुन् । प्रतियोगितामा आयोजना नहँुदा र प्रतियोगितामा सहभागिता जनाउन नसक्दा नयाँ खेलाडीले अवसर पाउँदैनन्,’ एकेडेमी सञ्चालन गर्दै आएका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘मोफसलका प्रतियोगिता खेल्न पाएका छैनन् । फुटबल संघको अन्य जिल्लास्तरीय प्रतिस्पर्धामा सहभागिता शून्य रह्यो । यसले पनि नयाँ खेलाडीको अपेक्षा गर्न सकिने अवस्था रहेन् ।’  

संघको निष्क्रियतासँगै गतल प्रवृत्तिले जिल्लामा कास्की भन्ने वित्तिकै नाक खुम्च्याउने परिपाटी छ । नियमित प्रतियोगिता हुनुपर्छ । नियमित प्रशिक्षणको अभाव छ । ‘साना बालबच्चाको लागि एकेडेमी भएपनि यु–१६, यु–१८ को लागि प्रशिक्षण हुनै सकेको छैन्,’ उनले भने, ‘उमेर समुहबाटै नयाँ खेलाडीले प्रतियोगिता मार्फत एक्सपोजर पाउँछन् । लिग हुदैं राष्ट्रियस्तरको खेलाडी बन्न सक्छन् । तर हाम्रोमा अवसरको कमी छ ।’ अवसरको लागि वर्षेनी प्रतियोगिता हुनुपर्ने उनले दोहो¥याए । प्रशिक्षक तामाङले पोखरामा ठूलो टिम ल्याउन उत्सुक हुने तर प्रतियोगिता आयोजना गरेर खेलाडीलाई एक्सपोज गराउन ध्यान नदिने प्रवृत्ति रहेको जिकिर गरे ।  

नियमित रुपमा खेलाडीले फुटबल प्रतियोगिता खेल्न नपाउँदा दक्षता र क्षमता ह्रास हुदैं जान्छ । ‘खेलाडीले जति अवसर पाउँछ उति नै निखारता आउँछ ।’ एएफसी लाईसेन्स प्राप्त प्रशिक्षक विष्णु गुरुङले भने, ‘क्लबस्तरीय प्रतियोगिताले नयाँ खेलाडीको उदय हुन्छ ।’ पोखराको फुटबल विकासको लागि कास्की जिल्ला फुटबल संघले नै कार्ययोजना बनाएर अघि बढ्नुपर्ने सुझाव उनको थियो । कार्ययोजनाविहीन हुदाँ फुटबलको अवस्था दयनीय बन्दै जाने बताउँदै उनले थपे, ‘फुटबलको विकासमा ध्यान नदिए पोखराको पुरानो शाख जोगाउनै मुस्किल पर्छ ।’  

केन्द्रमा ए डिभिजन लिग शुरुवात अघि नै मोफसलमा जिल्ला लिग गर्ने योजना छ । यद्दपी कोभिड–१९ को लहरले त्रासदीपूर्ण अवस्था छ । ‘जिल्ला लिग गर्ने योजना हो । तर कोभिड–१९ को सन्त्रास छ । केही भईहाल्छ कि भन्ने डर छ । तनाव छ,’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने, ‘कोभिड नभएको भए दुईतीनवटा टुर्नामेन्ट हुन्थ्यो ।’ उनका अनुसार युनाईटेड क्लब हेमजाले आयोजना गर्ने शुभकामना कप, संगम युवा क्लबले आयोजना गर्ने संगम कप लगायतका प्रतियोगिता रोकिन पुग्यो । विभिन्न क्लबले आयोजना गर्ने सेभेन ए साईड फुटबल प्रतियोगिता पनि रोकिएका छन् । सेभेन ए साईड फुटबल प्रतियोगिताले पनि खेलाडीलाई व्यस्त भने बनाईराखेको थियो । 
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
४३ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस