मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव
२७ साउन २०७८
•
२ मिनेट पाठ
मुख्यमन्त्री कप आयोजना गर्न प्रस्ताव
नेपाल क्रिकेट संघ (क्यान)ले पोखरामा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारसँग प्रस्ताव गरेको छ । क्यानका पदाधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँगको भेटघाटमा मुख्यमन्त्री कपको प्रस्ताव गरेका हुन् ।




क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीले भेटघाट गर्दै मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रस्ताव गर्नुभएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । ‘क्यानले मुख्यमन्त्री कपको लागि प्रस्ताव गरेको छ,’ अध्यक्ष सिग्देलले भने–‘प्रदेश सरकारले त्यसको लागि ५० लाख सहयोग गर्न तयार छ ।’  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानको लागि एककरोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकमबाट आवश्यक पूर्वाधार तयार गर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । परिषदको एक करोडसँगै गण्डकी प्रदेश सरकारले पनि एककरोड रुपैयाँ सहयोग गर्ने आश्वासन छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङसँगको छलफलमा समेत क्यान एवं कास्की जिल्ला क्रिकेट संघका पदाधिकारीसँग एक करोड सहयोग गर्ने आश्वासन पाइएको उनले बताए ।  

गण्डकी प्रदेश सरकारले आफनै स्वामित्वमा पोखरा–३३ भरतपोखरीमा प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने योजना बनाएको थियो । योजना अन्तर्गत दुई वर्ष लगातार बजेट विनियोजन गरेपनि काम अघि बढ्न सकेको छैन् । दुई करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । प्रदेश सरकारकै भोगाधिकारसहित १ सय ७६ रोपनी जग्गामा क्रिकेट मैदान निर्माण गर्ने योजना सहित अघि बढेको थियो ।  

प्रादेशिक क्रिकेट मैदान निर्माणको लागि पनि क्यान तथा जिल्ला संघका पदाधिकारीले गण्डकी प्रदेश भौतिक योजना मन्त्री कुमार खड्कालाई भेट गर्दै मैदान निर्माणमा चासो दिन आग्रह गरेका थिए । विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत तयार भईसकेको अवस्थामा समेत प्रादेशिक क्रिकेट मैदान निर्माणको पहलकदमी लिन आग्रह गरिएको संघका अध्यक्ष सिग्देलले सुनाए । गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषदले छुट्टाएको २५ लाख रुपैयाँबाट पोखरा रंगशाला क्रिकेट मैदानमा तारजाली(फेन्सिङ) लगाइएको थियो । तारजाली लगाइएपछि अब मैदान सम्याउने, नाली निर्माण र प्लेयर बक्स निर्माण गर्ने तर्फ संघले चासो दिएको छ । राखेपले छुट्टाएको एक करोड रुपैयाँ खर्च गर्ने योजनासहित कास्की जिल्ला क्रिकेट संघ अघि बढेको छ ।  

क्यानका अध्यक्ष चन्दसहितको पदाधिकारी टोलीले भ्रमणपछि पोखरा रंगशाला क्रिकेट मैदानको स्तरोन्नति गर्ने विषयमा जिल्ला संघसँग छलफल गरेको थियो । दुई जना मैदानको लागि कर्मचारी समेत नियुक्ति गर्न क्यान सकारात्मक रहेको छ । जिल्ला संघका पदाधिकारीले पोखरा राईनोजका शंकर गु्रपका सञ्चालक दिपा अग्रवालसँग समेत भेटघाट गरेको थियो । क्रिकेट विकासको लागि सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको थियो 
अर्को समाचार
कर्णाली विवादः दुवै समूहलाई केन्द्रकै भर
२८ असोज २०७७
•
३ मिनेट पाठ
कर्णाली विवादः दुवै समूहलाई केन्द्रकै भर
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्ता पक्षकै सांसदले २५ गते अविश्वासको प्रस्ताव दर्ता गराएपछिको विवाद समाधान गर्न नेकपाको केन्द्रीय नेतृत्वले मंगलबार काठमाडौंमा दुवै पक्षबीच छलफलको आयोजना गरेको छ। विशेषगरि उक्त बैठक अविश्वासको प्रस्ताव दर्तामै केन्द्रित हुनेछ।




विवाद समाधानका लागि केन्द्रकै भर परेका दुवै पक्षले आआफ्ना विषय शीर्ष नेतृत्वसँग राख्ने छन्। यद्दपि दुवै समूहले केन्द्रकै निर्णयमा भर परेका छन्। प्रदेशमा समस्या समाधानभन्दा अझ जटिल बन्दै गएको, कर्णालीको जस्तो समस्या अरु प्रदेशमा पनि सर्ने र पार्टी एकतामा समेत यस असर पार्ने हुँदा केन्द्र नेतृत्वले यसलाई विशेष चासो देखाएको छ। कर्णालीमा झन विवाद चर्किन थालेपछि दुवै समूह केन्द्रकै भरमा पुगेका हुन्। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सत्ता टिकाउन र अविश्वास प्रस्तावको नेतृत्वकर्ता यामलाल कँडेल समूहले अविश्वासको प्रस्ताव अगाडि बढाउने ढंगबाट केन्द्रीय नेतृत्वसँग छलफल गर्नेछ। अविश्वासको प्रस्ताव विकास निर्माणभन्दा पदका लागि भएको भन्दै मुख्यमन्त्री शाहीले भने, ‘अरु सबै बहाना हुन, मुख्य कुरा पदका लागि अविश्वास प्रस्ताव आएको हो।’ पद सडकमा जहाँ जतिबेला पनि नपाइने उनले बताए। ‘पार्टीले सिर्जित विषयमा छलफलका लागि बोलाएको छ,’ उनले भने, ‘मेरा छुट्टै विषय छैनन्। सिर्जित विषयमा छलफल हुन्छ।’

पार्टीका अध्यक्ष र शीर्ष नेताबीचमा हुने छलफल समस्या समाधानको बाटो हुने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। मन्त्री फेरबदल गर्ने कि पुरानै मन्त्रीलाई यथावत राख्ने विषयमा पनि काठमाडौंमा छलफल हुन सक्ने उनले बताए। आफूविरुद्ध लागेको आरोप झुठा भएको उनले बताए । पार्टीको छलफलबाट सरकार परिवर्तन गर्ने कुरा आफूलाई स्वीकार हुने उनको भनाइ छ। ‘हिजो मलाई पार्टीले पठाएको हो,’ उनी भन्छन्, ‘आज बोलाउँदा इमान्दारिताका साथ फर्किन्छुँ।’  

यता प्रधानमन्त्री तथा नेकपाका केन्द्रीय अध्यक्ष केपी शर्मा समूह निकटका नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले आफूहरू नेकपाको संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावलाई मूल एजेण्डा बनाउने बताए। ‘१८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको छ,’ उनले भने, ‘हामी त्यही विषयमा केन्द्रित हुन्छौं।’ पार्टी नेतृत्वले केन्द्रमा बोलाएपछि हालका गतिविधि रोकिएको भन्दै उनले भने, ‘काठमाडौंबाट एउटा निचोड ल्याएर आउँछौं।’ सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले अविश्वास प्रस्ताव दर्ता भएको उनले बताए।

पार्टी नेतृत्वले बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्री शाहीसहित दुवै पक्षका सांसदहरू काठमाडौं पुगिसकेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उत्पन्न विवादका बारेमा छलफल गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भएका अर्का सहइन्चार्ज प्रकाश ज्वाला, नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाह र सांसद चन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाएका थिए। दुवै पक्षसँग पार्टी नेतृत्वले २९ गते (मंगलबार) छलफल गर्नेछ।

प्रदेशसभामा दल र सरकारको नेतृत्व गरेका मुख्यमन्त्री शाहीले दुवैतर्फ प्रभावकारी काम गर्न नसकेकाले अविश्वास प्रस्ताव दर्ता गरिएको पत्रकार सम्मेलनमा सांसद कँडेलले बताए। ‘पटकपटक पार्टी र संसदीय दलको बैठकमा छलफल गर्दा पनि सरकार र दलको नेतृत्व प्रभावकारी हुन नसकेपछि अविश्वास प्रस्ताव दर्ता गरेका हौं,’ कँडेलले भने। अविश्वास प्रस्तावमा मुख्यमन्त्री शाहीका कारणले जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको आरोप लगाइएको छ। मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसद कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो। शाही पूर्वमाओवादी र कँडेल पूर्वएमाले खेमाका हुन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन्। तीमध्ये पूर्वएमाले खेमाबाट २० र पूर्वमाओवादी पक्षबाट १३ जना छन्। अविश्वासका प्रस्तावमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली समूहका आठ, वरिष्ट नेता माधवकुमार नेपाल समूहका सात र तत्कालीन नेकपा माओवादी समूहका तीनजनाले हस्ताक्षर गरेका थिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस