खेलाडीलाई खोप
२९ साउन २०७८
•
३ मिनेट पाठ
खेलाडीलाई खोप
पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा खोप लगाउन नाम दर्ता गर्दै खेलाडीहरु । तस्बिर नागरिक
लामो समयको प्रतिक्षापछि कास्कीका विभिन्न खेलका खेलाडीहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा संघले सिफारिस गरिएको खेलाडीहरुले कोरोना विरुद्धको खोप लगाएका हुन् । झण्डै ४ सय ५० जना खेलाडीले पहिलो डोजको खोप लगाएका छन् ।  




गण्डकी प्रदेशको राजधानी पोखरामा यसै वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदैं छ । आयोजनाको संघारमा रहँदा खेलाडीले खोपको अभावमा प्रशिक्षण लिने बातावरण बनेको थिएन् । राष्ट्रिय खेलकुद परिषदले समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । भदौ भित्रमा खेलाडीलाई खोप उपलब्ध गराई प्रशिक्षण लगाउन सकिएमात्रै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न सकिने जिकिर खेलकुद संघले गर्दै आएका थिए ।  

‘स्वास्थ्यको मापदण्ड अपनाएर खेलाडीको प्रशिक्षण गराउनुपर्छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘खोप लगाएपनि सर्तकता भने अपनाउनुपर्छ ।’ दुई डोज खोप लगाएपनि कोरोनाको संक्रमण हुने त्रासकै कारण विभिन्न संघले खोप लगाएपनि  खेलाडीलाई स्वास्थ्य मापदण्डभित्र राखेर प्रशिक्षण गराउनुपर्ने उनको भनाई थियो । ‘खोपले आत्मविश्वास बढाउँछ । तर स्वास्थ्य मापदण्डलाई ध्यान दिनुपर्छ,’ उनको भनाई थियो ।  

खेलाडीलाई कोरोना विरुद्धको खोपको व्यवस्था पोखरा महानगरपालिका खेलकुद विकास समिति  र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा गरिएको थियो । खेलाडी खोप लगाउने व्यवस्थापकीय जिम्मेवारी भने जिल्ला खेलकुद विकास समिति तथा गण्डकी प्रदेश खेलकुद परिषदले गरेको थियो । महानगर खेलकुद विकास समितिले एक महिना अघि नै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर खोप उपलब्ध गराउन माग गरिएको महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।  

‘एकमहिना अघि नै पत्र पठाएर खेलाडीलाई खोप उपलब्ध गराउन आग्रह गर्दै आएका थियौं,’ उनले भने, ‘ढिलै भएपनि खेलाडीले खोप पाए । खोप लगाएपछि खेलाडीले सुरक्षित मापदण्ड अपनाएर प्रशिक्षण गराउनुपर्छ ।’  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि खेलाडीलाई पहिलो चरणको खोप लगाइएको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले बताए । उनले छुटेका खेलाडीलाई लगाउन थप ५ सय खोप माग गरिएको सुनाए । ‘छुटेका खेलाडीलाई लगाउन ५ सय खोप माग गरिएको छ,’ उनले भने, ‘खोप लगाईसकेपछि प्रशिक्षण गराईने छ ।’ उनका अनुसार फरक खेलका खेलाडीहरु बीच भेटघाट नहुने गरी प्रशिक्षण गराउन संघलाई निर्देश गरिएको छ ।  

जिल्ला खेलकुद विकास समिति कास्कीका सचिव भीम पराजुलीले संघहरुलाई स्वास्थ्य मापदण्ड अपनाई खेलाडीलाई मास्क र सेनिटाईजरको प्रयोग गरेर प्रशिक्षण दिनुपर्ने स्पष्ट पारे । ‘स्वास्थ्यको मापदण्ड अपनाएर प्रशिक्षण दिने संघहरुसँगको छलफलबाट निर्णय गरिएको छ,’ उनले भने, ‘संघले आफनो खेलाडीलाई अन्य बाहेक अन्यत्र नजान निर्देश समेत गरिएको छ ।’  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडीलाई खोप लगाउनु अनिवार्य थियो । खोप विना खेलाडीलाई प्रशिक्षण दिनुपर्ने भएपनि खोपकै अभावमा प्रशिक्षण हुनै सकेको थिएन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरासहित प्रदेशका ११ जिल्लामा विभिन्न खेल आयोजना गरिने छ । आयोजनाको लागि आवश्यक भौतिक पूर्वाधार समेत तयारी गरिदैं छ । 
अर्को समाचार
खेलाडीलाई खोप, प्रशिक्षणमा सहज
२५ भदौ २०७८
•
२ मिनेट पाठ
खेलाडीलाई खोप, प्रशिक्षणमा सहज
पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा खोप लगाउन लाईनमा बस्दै खेलाडीहरु । तस्बिर नागरिक
कोरोना विरुद्ध खोप लगाएपछि अब प्रशिक्षणमा सहज भएको खेलकर्मीले बताएका छन् । पोखरा रंगशालामा शुक्रबार खेलाडीले कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएका छन । खेलाडीले दोस्रो चरणमा खोप लगाएपछि खेलकुद गतिविधिमा केही सहज भएको उनीहरुको भनाई छ ।  




नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिरहँदा खेलाडीले खोप लगाएपछि प्रशिक्षणमा सहज हुने बताइएको छ । ‘खोप लगाएका खेलाडीहरुलाई अब प्रशिक्षण गराउन सहज हुनेछ,’ पोखरा महानगरपालिका खेलकुद विकास समितिमा सदस्य सचिव सुवास खड्काले भने, ‘यति नै पर्याप्त होईन् । छुट्न पुगेका खेलाडीलाई फेरी अनुकुल पारेर खोप लगाउने बातावरण बनाउने छौं ।’  

लामो समयको प्रतिक्षापछि कास्कीका विभिन्न खेलका खेलाडीहरुले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । शुक्रबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा संघले सिफारिस गरिएको खेलाडीहरुले कोरोना विरुद्धको खोप लगाएका थिए । ४ सय ५० खेलाडीले खोप लगाएर दोस्रो डोजको पखाईमा बसेका खेलाडीले दोस्रो डोजको खोप लगाएपछि खेलकुद पुरानै गतिमा फर्किने अपेक्षा गरिएको छ ।  

४ सय ५० खेलाडीले खोप लगाएर दोस्रो डोजको पखाईमा बसेका खेलाडीले दोस्रो डोजको खोप लगाएपछि खेलकुद पुरानै गतिमा फर्किने अपेक्षा गरिएको छ ।  
गण्डकी प्रदेशको राजधानी पोखरामा यसैवर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदैं छ । आयोजनाको संघारमा रहँदा खेलाडीले खोपको अभावमा प्रशिक्षण लिने बातावरण बनेको थिएन् । राष्ट्रिय खेलकुद परिषदले समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटेको छ । भदौ भित्र खेलाडीलाई खोप उपलब्ध गराई प्रशिक्षण लगाउन सकिएमात्रै राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्न सकिने जिकिर खेलकुद संघले गर्दै आएका थिए ।  

‘खोप लगाउँदैमा स्वास्थ्यको मापदण्ड पालना नगरी हुदैन । स्वास्थ्य मापदण्ड पालना गराएर प्रशिक्षण गराउनुपर्छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘खोप लगाएपनि सर्तकता भने अपनाउनुपर्छ ।’ दुई डोज खोप लगाएपनि कोरोनाको संक्रमण हुन भएकोले खेलाडीलाई स्वास्थ्य मापदण्डभित्र राखेर प्रशिक्षण गराउनुपर्ने उनको भनाई थियो । ‘खोपले आत्मविश्वास बढाउँछ । तर स्वास्थ्य मापदण्डलाई ध्यान दिनुपर्छ,’ उनको भनाई थियो ।  

खेलाडीहरु बीच भेटघाट नहुने गरी प्रशिक्षण गराउन संघलाई निर्देश गरिएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका सचिव भीम पराजुलीले संघहरुलाई स्वास्थ्य मापदण्ड अपनाई खेलाडीलाई मास्क र सेनिटाईजरको प्रयोग गरेर प्रशिक्षण दिनुपर्ने स्पष्ट पारे । ‘स्वास्थ्यको मापदण्ड अपनाएर प्रशिक्षण दिने संघहरुसँगको छलफलबाट निर्णय गरिएको छ,’ उनले भने, ‘संघले आफनो खेलाडीलाई अन्य बाहेक अन्यत्र नजान निर्देश समेत गरिएको छ ।’  
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस