काठमाडौं-पहिलोपटक हुन लागेको एनसेल नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अघिल्लो दिन नेपाल क्रिकेट संघ (क्यान) ले हात झिकेपछि फेरि एकपटक विवादमा परेको छ। एनपिएलको ५० ओभरको खेल बुधबार धनगढी र महेन्द्रनगरमा सुरु हुँदैछ। त्यसपछि ट्वान्टी–२० काठमाडौंमा हुने कार्यक्रम छ।जोहरा स्पोर्टस इन्टरनेसनलले नेपालमा पहिलोपल्ट इन्डियन प्रिमियर लिगकै शैलीमा गर्न लागेको प्रतियोगितामा पञ्चकन्या समूहको तेज, टेलिटक प्रालिको कलर्स एक्स फ्याक्टर्स, विशाल समूहको विशाल ग्रुप वारियर्स, कान्तिपुर पब्लिकेसन्सको कान्तिपुर गोर्खाज, शंकर समूहको जगदम्बा जायन्टस र घोराही सिमेन्टको सगरमाथा लेजेन्ड्सले सहभागिता जनाउँदै छन्।
एनपिएलको आधिकारिकताबारे एसियाली क्रिकेटको सर्वोच्च निकाय एसिसीले क्यानसँग जवाफ मागेको थियो। त्यसपछि क्यानले उपाध्यक्ष दीपक कोइरालाको संयोजकत्वमा गभर्निङ काउन्सिल बनाउँदै एनपिएललाई आधिकारिता दियो। त्यसमा क्यानका नरेश श्रेष्ठ, वसन्तराज सत्याल, किरण राणा, दिवाकर घले र शैलेश चौधरी सदस्य छन्। सबै क्यानका कार्यकारी सदस्य हुन्। जोहराबाट निर्देशक आमिर अख्तर र सूर्य थपलिया गरी ९ सदस्य गभर्निङ काउन्सिल बनाइएको थियो। थपलिया क्यानका सल्लाहकार पनि हुन्।
गभर्निङ काउन्सिलसँगको कुनै पनि सम्झौता कार्यान्वयन नभएपछि क्यानअन्तर्गतका ६ सदस्यले राजीनामा दिएको सदस्य श्रेष्ठले बताए। काउन्सिलका संयोजक कोइरालाले भने राजीनामाको विपक्षमा उभिएका छन्। ‘हामीले आफ्नो राजीनामा बोर्डलाई बुझाएका छौं, बोर्डले नै गभर्निङ काउन्सिल बनाएको हो,' श्रेष्ठले भने। ‘जोहराले सम्पूर्ण निर्णयविपरीत कार्य गर्नुका साथै क्यानसँगको सम्झौता पालना नगरेकाले क्यान आयोजक बन्न नसक्ने ठहर गर्दै बोर्डसमक्ष राजीनामा बुझाउने निर्णय गरेका हौं,' अर्का सदस्य सत्यालले भने।
खेलाडी (अन्तर्राष्ट्रिय खेलेका) तथा अम्पायरको पारिश्रमिक बढाउनुपर्ने, भ्याट बिल जोहराले तिर्ने र त्यसलाई काउन्सिलले पारित गर्नुपर्ने र अन्य खर्च क्यानमा रकम जम्मा गरेर काउन्सिलले गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट परिषद र एसिसीको निर्देशिकाअनुसार भ्रष्टाचारविरुद्ध युनिट गठन गर्नुपर्नेलगायतका दुईपक्षीय सम्झौता भएको क्यान सदस्य राणाले बताए। त्यसमा जोहराबाट थपलियाले हस्ताक्षर गरे पनि दुईपटक म्याद थप्दा कुनै कार्यान्वयन नभएको उनको आरोप थियो।
‘जोहराले खेलतालिका प्रकाशित गर्दा देखि दुइदिवसीय खारेज गर्नुका साथै थप खेलाडी छनोट, विराटनगरबाट प्रतियोगिता हटाउने निर्णयहरूमा पनि हामीलाई कुनै जानकारी दिइएको छैन,' कोइरालाको अनुपस्थितिमा मंगलबार काउन्सिल बैठकको नेतृत्व गरेका श्रेष्ठले भने। क्यानले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिँदै प्रेस विज्ञप्तिमार्फत लोगो प्रयोग नगर्न जोहरालाई निर्देशन दिएको छ।
क्रिकेट खेलाडीले क्यानसँग विश्वास नभएको भन्दै जोहरासँग सिधै पारिश्रमिक पाउनुपर्छ भनेको छ। त्यसमा विभिन्न चार टोलीका कप्तान पारस खड्का, शरद भेषावकर, शक्ति गौचन र विनोद भण्डारीले हस्ताक्षर गरेका छन्। क्यानले भने यो जोहरा र गभर्निङ काउन्सिलबीचको सहमतिविपरीत भएको दाबी गरेको छ।
कोइराला असहमत
गभर्निङ काउन्सिलका अन्य सदस्यको राजीनामाप्रति संयोजक कोइरालाले असहमति जनाएका छन्। प्रतियोगिता हुनु अघिल्लो दिन साँझ आएर काउन्सिल जिम्मेवारीबाट पन्छिन नमिल्ने कोइरालाको तर्क थियो।
‘काउन्सिलका सदस्यहरूको राजीनामाको विषयमा मेरो सहभागिता छैन। राजीनामा गर्नु हुँदैन भन्दा भन्दै उहाँहरूले आफै निर्णय गर्नुभएछ,' क्यान उपाध्यक्ष कोइरालाले भने, ‘व्यावहारिक जटिलता धेरै छन्, भोलि बिहान प्रतियोगिता सुरु हुँदैछ। अहिले आयोजक बन्दिनँ भन्नु गैरजिम्मेवारी कार्य हो।'
उनले जोहरालाई दबाब दिँदै सही बाटोमा ल्याउने निर्णय गरिनुपर्ने बताए। ‘काउन्सिलले खेल गर्छु गर्दिन भन्न मिल्दैन। त्यो सबै क्यानको काम हो। यो वर्ष प्रतियोगिता राम्रोसँग गरेन भने हामी अर्को साल जोहरालाई नदिन पनि सक्छौं,' कोइरालाले भने।
संयोजक कोइरालाले अघिल्लो दिन काउन्सिलको बैठकले गर्ने निर्णयमा पूर्ण सहमति रहने बताए पनि अर्को दिन नै बोली फेरेको आरोप काउन्सिलका सदयहरूले लगाएका छन्। त्यसको जवाफमा कोइरालाले आफूले गर्ने निर्णयमा अरूले विचार राख्न नसक्ने बताए।
वैशाख २५ देखि जोहरा र काउन्सिलको बैठक नियमित भइरहे पनि जोहराले कुनै सुनुवाई नगरेपछि क्यानले अध्यक्ष टंक आङबुहाङलाई धनगढी नजान सुझाएको थियो। त्यसविपरीत आङबुहाङ राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामासँगै धनगढी लागेका थिए। क्षेत्र नम्बर ९ का क्षेत्रीय (धनगढी–महेन्द्रनगर) अध्यक्ष दीपक साउद, कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष रतन कठायतलगायत क्षेत्र र जिल्लाका पदाधिकारी एनपिएलमा आबद्ध नभएको क्यानको दाबी छ।
क्यान एनपिएलमा आयोजक नरहने विषयमा काठमाडौं भएका १६ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। मंगलबार बैठकमा उपस्थित भए पनि क्यान सदस्य सञ्जिव पाण्डे, पूर्ण लामा, दीपक साउदलगायतले हस्ताक्षर गरेनन्। ‘यस्तो अनौपचारिक बैठकबाट औपचारिक निर्णय गर्न मिल्दैन। यो विधि र प्रक्रियासम्वत छैन। अध्यक्ष हटाउने खेल भइरहेको छ,' पाण्डेले भने। काउन्सिल सदस्य र क्यानका सदस्यहरूले परिषद सदस्यसचिव लामाले फोन गरेर बैठकको निर्णयमा हस्ताक्षर नगर्न दबाब दिएको आरोप लगाएका छन्।
अम्पायरहरू नजाने
क्यानसँग आवद्ध अम्पायर तथा स्कोररहरू एनपिएलमा आबद्ध नहुने भएका छन्। ‘क्यानको सम्बन्ध नै नभएपछि हामीसँग आबद्ध अम्पायरहरूलाई प्रतियोगितासँग नजोडिनु भनेका छौं, अन्यथा कारबाही पनि गर्न सक्छौं,' काउन्सिलका सदस्य नरेश श्रेष्ठले भने।
अम्पायर कमिटी संयोजकमध्येका एक विनय झाले बोर्डविरुद्ध जान नमिल्ने भएकाले क्यानसँग आबद्ध अम्पायरहरू प्रतियोगितामा सहभागी नहुने निर्णय भएको बताए। यता धनगढी मैदान संयोजनका लागि गएका क्युरेटर अजय पाण्डेलाई पनि क्यानले फिर्ता बोलाउन निर्देशन दिएको क्यान उपाध्यक्ष केशव घिमिरेले बताए।
अविश्वासको प्रस्ताव ल्याइने
क्यान उपाध्यक्ष चतुरबहादुर चन्दले एक महिनाभित्र अध्यक्षलाई हटाइने दाबी गरे। ‘एक महिनाभित्र विशेष साधारणसभा बोलाएर अध्यक्ष आङबुहाङमाथि अविश्वासको प्रस्ताव राखेर हामी हटाउन सक्छौं,' चन्दले भने, ‘उहाँ अध्यक्ष हुन्जेल नेपाली क्रिकेटले निकास पाउँदैन। उहाँलाई क्रिकेटबारे केही थाहा छैन। अप्राकृतिक हिसाबमा उनी अध्यक्ष बनेका हुन्।' चन्दले यो सबै राखेप सदस्यसचिव लामाले रोपेको बिउको जालो भएको आरोप लगाए।