काठमाडौं– जोहरा स्पोर्टस म्यानेजमेन्टका इभेन्ट म्यानेजर आमिर अख्तरले हाल भइरहेको एनसेल नेपाल प्रिमियर लिग (एनपिएल) मा नेपाल क्रिकेट संघ (क्यान) ले राम्रो व्यवहार नगरेको आरोप लगाएका छन्। क्रिकेट विकासका लागि एनपिएल भए पनि क्यानले विभेदकारी व्यवहार गरिरहेको बताए।जोहराको आयोजनामा एनपिएल बुधबारदेखि धनगढी र कञ्चनपुरमा भइरहेको छ। प्रतियोगिताको अघिल्लो दिन क्यानको गभर्निङ काउन्सिलका ७ मध्ये ६ सदस्यले राजीनामा दिँदै प्रतियोगिताबाट अलग हुने निर्णय गरेको थियो। काउन्सिल क्यानले प्रतियोगिताका लागि बनाएको हो।
यद्यपि क्यान अध्यक्ष टंक आङबुहाङ आफै प्रतियोगिता उद्घाटन गर्न धनगढी पुगेका थिए। आङबुहाङले केहीले स्वार्थले प्रतियोगिताबाट नाम हटाउन खोजे पनि क्यान एनपिएलको आयोजक रहेको दाबी गरेका थिए। तर क्यानले आफूआबद्ध नरहेकाले आफ्नो मातहतका अम्पायरहरूलाई प्रतियोगितामा नजान चेतावनी दिएका थिए।
‘क्यानले सोल्टी सुपर सिक्स र अन्तरकलेज क्रिकेट प्रतियोगिता जस्तामा किन प्राविधिक पक्षमा समर्थन गरिरहेको छ, मैले बुझ्न सकेको छैन। जबकि क्यानले प्राविधिकलाई राष्ट्रिय खेलाडीहरू खेलिरहेको एनपिएलमा जान रोक लगाएको छ,' अख्तरले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो व्यवहारले हाम्रो क्रिकेट माथि उठ्न सक्तैन।'
क्यानका केही व्यक्तिहरू नेपाली क्रिकेटको धमिरा रहेको र उनीहरू क्रिकेटको भावनाअनुसार चल्न नसकेको उनको आरोप छ।