महिला राष्ट्रिय फुटबल टोली : दोस्रो चरणमा २८ जना छनोट
३२ साउन २०७८
•
२ मिनेट पाठ
महिला राष्ट्रिय फुटबल टोली : दोस्रो चरणमा २८ जना छनोट
एएफसी महिला एसियन कप २०२२ को छनोट तयारीमा रहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका आइतबार शीर्ष २८ खेलाडीलाई सार्वजनिक गरिएको छ।




नेपालले आगामी सेप्टेम्बर १३ देखि २५ सम्म उज्बेकिस्तानमा एएफसी महिला एसियन कप २०२२ को छनोट चरण खेल्दै छ। सोही प्रतियोगिताका लागि नेपाली महिला टोली ललितपुरस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणरत छ। नेपाली राष्ट्रिय महिला टोलीका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले सोमबार दोस्रो चरणमा २८ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन्। उनले ४५ सदस्यीय प्रारम्भिक टोली बोलाए पनि परीक्षाका कारण नेपाल पुलिसका ६ मध्ये पाँच जना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएनन्। एक खेलाडी भने कोभिड–१९ को संक्रमणमा परिन्।

पछिल्लो पटक राष्ट्रिय टोलीमा नियमित स्थान बनाउँदै आएकी रेखा पौडेलले भने दोस्रो चरणमा स्थान बनाउन सकिनन्। त्यसैले पनि बन्द प्रशिक्षणमा ३९ जना मात्र खेलाडीको सहभागिता थियो। छनोट चरणमा नेपाल समूह ‘एफ’ मा छ। उक्त समूहमा रहेका फिलिपिन्स र हङकङलाई पराजित गर्दै समूहविजेता बन्न सके मात्र नेपालले भारतमा आगामी जनवरीमा हुने एएफसी महिला एसियन कप महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछ। कुल १२ टोलीले खेल्ने एसियन कपमा आयोजक भारतसहित जापान, अस्ट्रेलिया र चीनले स्थान बनाइसकेका छन्। बाँकी आठ राष्ट्रले भने यसै वर्ष सम्पन्न हुने छनोट चरणबाट एसियन कप खेल्नेछन्।

सोही छनोट चरणमा नेपालले फिफा विश्व वरीयतामा ६८औं स्थानको फिलिपिन्स र ७६औं स्थानको हङकङ जस्ता बलिया राष्ट्रको चुनौती पार गर्नुपर्नेछ। नेपाल विश्व वरीयतामा एक सय स्थानमा छ। दोस्रो चरणमा तीन गोलकिपर अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथसहित अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, विमला बिक, विमल चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हीराकुमारी भुजेल, इन्दिरा राई, मनीषा राउत, मञ्जली योञ्जन, निशा थोकर, प्रीति राई, पूजा राना, पुनम जर्घामगर, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शर्मिला थापा र सृजना सिंह छनोट भएका छन्। 
अर्को समाचार
यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित
२२ पौष २०७९
•
१ मिनेट पाठ
यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित
यू–२० राष्ट्रिय महिला फुटबल टोलीमा अब ३० खेलाडीमा सीमित भएको छ।  नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ। एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ ।




बंगलादेशको ढाकामा आयोजना हुने साफ यू(२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीले तयारी गरिरहेका छन्। मुख्य प्रशिक्षक यम गुरुङले प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका थिए।

टोलीले ढाकामा फेब्रुअरी ३ देखि ९, २०२३ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ।

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ। खेल फेब्रुअरी ३ मा हुनेछ। यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ।

टोली

गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा, सुजाता तामाङ

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया

मिडफिल्डरः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती हमाल, हिमा रावत, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलन
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३० सेकेन्ड अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस