लण्डन - बेलायतका नेपाली समुदायले दशौं अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ। सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितमा २० देशका ४ सय ५० जना खेलाडी सहभागी हुने खेल आयोजक समितिका संयोजक राष्ट्र राईले बताए।आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा हुने सो खेल ५ हजार दर्शकले हेर्ने अनुमान गरिएको सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक समेत रहेका राईले बताए। ‘हालसालैबाट शुरुवात गरिएको अग्रिम टिकट बुकिङको अनुपातले त हामी झनै हौसिएका छौं,’उनले नागरिकसँग भने।
प्रतियोगिता हेर्न बेलायतका खेलकुद मन्त्री, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानलगायत पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडीहरुलाई समेत आमन्त्रण गरिएको आयोजकले जानकारी दिए।
करिब ६० लाख रुपैंया खर्च लाग्ने उक्त प्रतियोगितामा प्रयोग हुने अत्याधुनिक इलोक्टोनिस ‘डेडो पीएसएस’ नेदरल्याण्डबाट झिकाइने छ। यस्ता अत्याधुनिक प्रविधि प्रयोगसँगै खेलाडीले पनि‘ओलम्पिक स्तरका प्रतिस्पर्धा’गर्न पाउनु नै यस प्रतियोगिताको आकर्षण हुने राईले बताए।
खेल सञ्चालन गर्न अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेसन आवद्व ३२ जना रेफ्री सहित ४० जनाको अफिसियल परिचालन गरिने तयारी भइरहेको छ भने यस प्रतियोगितालाई ब्रिटिस् तेक्वान्दो अनुगमन बोर्डले पनि विशेष प्राथमिकता दिएको छ।
उमेर समूह अन्तर्गत जुनियर अन्डर टेन (पिभी), ११ देखि १५, (क्याडेड),१५ देखि १७, (जुनियर),१८ देखि ३५ (सिनियर) ओभर ३५ देखिमाथि भेट्रानसमेत गरी ६ उमेर समूहमा खेल खेलाइने छ ।
प्रतियोगितामा सहभागी गराउन नेपालका विभिन्न क्षेत्रबाट खेलाडीहरु चयन भइसकेको आयोजकले बताएको छ । पश्चिमबाट २ जना,पूर्वबाट २ जना र काठमाडौंबाट ३ जना खेलाडीलाई छनौट गरिएको बताइएको छ । प्रतियोगीमध्ये एक महिला खेलाडीसमेतले रहने छिन् ।
सन् २००० को डिसेम्वरमा काठमाडौं स्थित बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन युवराज दीपेन्द्र वीर बिक्रम शाहबाट उद्घाटन गरी शुरुवात गरिएको पहिलो प्रतियोगिता हङ्गकङ्ग र भारतमा पनि आयोजना भएको थियो। यस अघिको नवौं अन्तराष्ट्रिय खुल्ला मैत्री ताईक्वान्दो प्रतियोगिता भने उत्तर अमेरीकाको पोर्टल्याण्डमा सम्पन्न भएको थियो।
दुई दिन चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली भेषभूषा, कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शन गरिने जानकारी आयोजकले दिए।