अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गर्दै छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि शनिबार घोषणा भएको १७ सदस्यीय राष्ट्रिय टोली मंगलबार ओमानतर्फ जान लागेको हो। मौसम अनुकूल तयारी गरेर नेपाल ओमान भ्रमण गर्दै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आइतबार मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई सेन्टर विकेटमा अभ्यास गराएका थिए। शृंखलाका चारै खेलमा जित निकाल्ने लक्ष्यका नेपाली टोलीले तयारी गरेका छन्। नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर जितको विकल्प नरहेको स्पष्ट पारे।
‘शृंखलाका लागि कडा मिहिनत गरिरहेका छौं। मौसम हाम्रो लागि चुनौतीपूर्ण रह्यो। मौसमअनुसार अभ्यास गर्नुपर्यो। तर पनि तयारी राम्रो भएको छ,’ प्रशिक्षक डेभ ह्वाटमोरले भने, ‘नेपाली क्रिकेटरले मेयर्स कपपछि पहिलोपटक एकदिवसीय संरचनाको खेल खेल्दै छ। ट्वान्टी–२० जस्तो छैन। युवा ब्याट्सम्यान छन्। उनीहरूमा जोश र जाँगर छ। हामी राम्रो नतिजाका लागि खेल्नेछौं।’ शृंखलाकै लागि शनिबार १७ खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्दा ब्याट्सम्यान रोहितकुमा र पौडेल लामो समयपछि टोलीमा कमब्याक गर्न सफल भए। उनीसँगै शरद भेषावाकर र विक्रम सोब पनि टोलीमा फर्किएका छन्।
यस्तै गुल्सन झाले राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका छन्। वर्षा याम भएकाले टोलीले सोचेजस्तो अभ्यास गर्न नपाए पनि तयारी गरिरहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल जानकारी दिए। कप्तान मल्लले शृंखला पूर्व हुने पिएनजीसँगको दुई वटा एकदिवसीय खेलले टोलीलाई ओमानको वातावरणमा घुलमिल हुन सहयोग पुग्ने बताए। ‘मौसम प्रतिकूल भएकाले हामीले सोचेजस्तो तयारी गर्न सकेनौं। समयअनुसार सिफ्ट बनाएर अभ्यास गरिरह्यौं,’कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘ओमानमा हामीले पिएनजीसँग दुई खेल खेल्दै छौं। शृंखला पनि ओमानमा नै हुने भएकाले उक्त खेल हाम्रो लागि फाइदा हुनेछ।’
टोलीका महत्त्वपूर्ण सदस्य रहँदै आएका लेग स्पीनर सन्दीप लामिछानेले तयारी राम्रो भइरहेको र शृंखलाका चार खेलमा सुखद नतिजा निकाल्ने लक्ष्य रहेको प्रतिक्रिया दिए। सन्दीपले पनि मौसमले साथ नदिँदा सोचेजस्तो तयारी गर्न नपाएको जोड दिए। तर पनि शृंखलामा राम्रो गर्ने उनले प्रतिक्रिया दिएका छन्। ‘यसअघि पनि हामीले ओमान र अमेरिकासँग खेलिसकेका छौं। पछिल्ला समय उनीहरूको पनि तयारी राम्रो भएको छ,’ लेग स्पीन र लामिछानेले भने, ‘शृंखलामा राम्रो गर्ने लक्ष्य राखेका छौं। पानीको सिजनले गर्दा अभ्यास सोचेजस्तो भएको छैन। यद्यपि राम्रो गर्नेमा आशावादी छौं।’ नेपाल पुलिसबाट मेयर्सकप एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेका गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्।
उनै गुल्सन झाले उत्कृष्टभन्दा उत्कृष्ट नजिता दिएर आफ्नो खेल प्रमाणित गर्ने मौका भएको बताए। पहिलो पटक टोलीमा स्थान बनाएका गुल्सनले सिनियर खेलाडीसँगको अभ्यास खेलले आफ्नो खेललाई सुधार गर्न सहयोग मिलेको बताए। ‘टोलीमा पहिलो पटक पर्दा खुसी लागेको छ। राम्रो खेलेर आफूलाई प्रमाणित गर्ने मौका हो,’तीव्र गतिका बलर गुल्सनले भने, ‘सिनियर दाइहरू करण केसी र सोमापाल कामीले राम्रो गर्न हौसाउनुभएको छ। केही कमिकमजोरी हुँदा कोचले तत्काल नै सुधार गर्न सुझाव दिनुहुन्छ। टोलीमा पर्दा खुसी लागेको छ।’
त्रिकोणात्मक शृंखलामा नेपालले ओमान र अमेरिकासँग २/२ खेल खेल्नेछ भने उक्त शृंखला अगाडि पिएनजीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका रहेको छ। नेपालले शृंखला र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ। त्रिकोणात्मक शृंखला अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्दै छ। ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक शृंखला खेल्नेछ।
यद्यपि खेलतालिका भने सार्वजनिक भएको छैन। लिग ‘टु’ मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ, जसमा दुई जित निकाल्दा दुई वटा नतिजा सुम्पिएको छ। घरेलु मैदानमा ओमान र अमेरिकासँग गरी नेपालले चार खेल खेलेको थियो। लिगमा नेपालले चार खेलबाट चार अंक नै बटुलेको छ। नेपाल छैटौं स्थानमा छ। ओमानले १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा ओगटेको छ।