सोलखुम्बु-सुदीप कुलुङ राईले दोस्रोपटक तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि जितेका छन्। पाङबोचे गाउँमा भाइ सुमन कुलुङ र फुङटाङको अन्तिम उकालोमा भीमबहादुर गुरुङलाई पछि पारेपछि सुदीप दोस्रोपटक च्याम्पियन बन्न सफल भए। सन् २००८ यता लगातार सहभागिता जनाइरहेका उनले पहिलोपटक २०११ मा उपाधि जितेका थिए।सुदीपले ३ घन्टा ५२ मिनेट ९ सेकेन्डमा म्याराथन पूरा गर्दै विश्वकै अग्लो ठाउँमा हुने दौड जितेका हुन्। नेपाली सेनाका भीमले ३ घन्टा ५३ मिनेट ५८ सेकेन्डसाथ दोस्रो स्थान प्राप्त गरे। सुमन कुलुङ (४ घन्टा ०८ मिनेट १० सेकेन्ड ) तेस्रो भए।
मौसम अनुकूल नभएका कारण टाइमिङ सुधार्न नसके पनि विजेता बन्न सफल भएकोमा सुदीपले खुसी व्यक्त गरे। ‘हिउँ बाक्लो भएकाले दस ठाउँजति लडंे हुँला,' २४ वर्षे सोलखुम्बु गदेलका सुदीपले भने, ‘फिनिसिङ नजिक पुग्दासम्म पनि जित्छु भन्ने लागेको थिएन। अन्तमा अनुभव काम लाग्यो।'
खराब मौसमका कारण निर्धारित स्थान ¬(सगरमाथा आधार सिविर) बाट दौड सुरु हुन सकेन। आधार सिविरभन्दा ५ किलोमिटर अगाडिबाट नै दौड सुरु गरिएको थियो।
महिलातर्फ आङ छुटी शेर्पा विजयी भइन्। उनले दोस्रो स्थानकी मिङ्मा ल्हामु शेर्पालाई मात्र ४० सेकेन्डले पछाडि पारेकी थिइन्। ‘तयारीबिना भाग लिँदा पनि विजयी बन्न सफल भएँ। यसले म उत्साही छु,' ५ घन्टा ८ मिनेट ५ सेकेन्डमा दौड पूरा गरेकी आङ छुटीले भनिन्, ‘हिउँमा दौड्न गाह्रो छ। तर यसलाई निरन्तरता दिनेछु। यो जितले परिवारलाई पनि खुसी बनाएको छ।' महिलामा ३३ वर्षे ल्याक फुटी शेर्पा तेस्रो भइन्। विदेशीतर्फ पोल्यान्डका रोबर्ट सेलेन्सकीले विजयी भए।
अल्ट्रामा समिर
नेपाली सेनाका समिर तामाङले अल्ट्रा दौडको उपाधि रक्षा गरेका छन्। उपाधि रक्षा गर्ने क्रममा समिरले ७ घन्टा १७ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरे। विगतमा भन्दा यो उनको उत्कृष्ट टाइमिङ हो। ६० किलोमिटरको रुट गत वर्ष पहिलो संस्करणमा उनले ७ घन्टा ५६ मिनेटमा पूरा गरेका थिए।
‘अल्ट्रा खेल्न सुरुमा परिवारको साथ दिएन। पछि बुझ्दै गएपछि साथ पाएँ। सेनामा अभ्यास गर्ने राम्रो अवसर मिल्यो र विस्तार बानी पर्दै गयो।' दुई वर्षअघि हङकङमा अल्ट्रा म्याराथन जितेका समितले भने, ‘यसले आउने दिनलाई थप हौसला मिलेको छ।'
अल्ट्रा दौडमा होमलाल श्रेष्ठ (७ घन्टा ३८ मिनेट १५ सेकेन्ड ) दोस्रा र डिबी कुलुङ राई (८ घन्टा २६ मिनेट २० सेकेन्ड ) तेस्रा भए।
विदेशीतर्फ हाफ म्याराथनमा अस्टे्रलियाका कार्ल डेविट विजयी भए। उनले ३ घन्टा १९ मिनेट ५ सेकेन्डमा दौड पूरा गरे। बेल्जियमका जिरेमी क्रिस्टन दोस्रो भए। अस्ट्रेलियाकी अमान्डा रायन तेस्रो स्थानमा रहिन्।
विजेतालाई एक लाख
एभरेस्ट म्याराथन र अल्ट्रा दौडका विजेताले १ लाख रुपैयाँ प्राप्त गरे। दुवै विधाका उपविजेताले ७० हजार र तेस्रो हुने खेलाडीले ५० हजार प्राप्त गरे। महिला, विदेशी र हाफ म्याराथनका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने २० हजार प्राप्त गरेका छन्।