म्यानचेस्टर युनाइटेड र वाइन रुनीलाई मन पराउने नेपाली स्ट्राइकर सन्तोष साहुखल इङ्ल्यान्डका समर्थक हुन्। ब्राजिलमा दुई सातापछि सुरु हुने विश्व कप फुटबलमा यसपल्ट इङ्ल्यान्डले राम्रो नतिजा निकाल्ने आशा सन्तोषको छ।सक्छौं।'राष्ट्रिय टोलीका स्ट्राइकर सन्तोष आफ्नो मनपर्ने टोली इङ्ल्यान्ड र ब्राजिललाई उपाधिको मुख्य दाबेदार मान्छन्। उनी भन्छन्, ‘ब्राजिल हरेक विश्वकपमा मुख्य दाबेदारका रूपमा हेरिन्छ। फेरि यसपल्ट उनीहरूको घरेलु मैदानमा विश्वकप हुँदैछ। पछिल्ला संस्करणमा ब्राजिल टोलीले नकआउट चरणमा गएर सफलता प्राप्त गर्न सकेको छैन। त्यसका लागि ब्राजिलले घरेलु मैदानमा राम्रो गर्ने प्रयास गर्नेछ। तयारीमा ब्राजिलले अरुभन्दा धेरै मिहिनेत गरेको छ।'
इङ्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो। प्रिमियर लिगमा इङ्ल्यान्डका खेलाडीले राम्रो प्रदर्शन गरिरहेकाले पनि यसपल्ट विश्वकपमा इङ्ल्यान्डले विगतभन्दा राम्रो नतिजा निकाल्न सक्ने सन्तोषको अनुमान छ। ‘युवा र अनुभवी खेलाडी भएकाले इङ्ल्यान्डले यसपालि आश्चर्य पार्ने खालका नतिजा निकाल्ने छ,' उनले अनुमान छ।
सन्तोषले भने, ‘ इङ्ल्यान्डले विश्वकप नजितेको धेरै भइसक्यो। इङ्ल्यान्डको घरेलु फुटबल विश्वकै उत्कृष्टमा पर्छ। तर विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता निकाल्न सकेको छैन। उनीहरूलाई अब विश्वकपमा राम्रो नतिजा निकाल्नुपर्ने दबाब छ।'
थ्री स्टार क्लबका कप्तान सन्तोषले विश्वकप भक्तपुर ठिमीस्थित घरमै बसेर हेर्ने योजना बनाइरहेका छन्। ‘घरमै टोलका साथीसँग मिलेर प्रोजेक्टरमा फुटबल हेर्ने योजना छ,' उनले योजना सुनाए।
विश्वकपमा आफ्नो टोलीलाई समर्थन गर्दै अन्य टोलीको खेल विशेष ध्यान दिएर हेर्ने सन्तोष बताउँछन्। ‘हाम्रा लागि विश्वकप फुटबल हेर्न पाउनु महत्त्वपूर्ण अवसर हो। विश्वका उत्कृष्ट टिम र खेलाडीले खेल्ने शैलीबाट हामीले नयाँ कुरा सिक्न