गाँउपालिकाको क्लबले सी डिभिजन लिग खेल्दै
१० भदौ २०७८
•
३ मिनेट पाठ
गाँउपालिकाको क्लबले सी डिभिजन लिग खेल्दै
सी डिभिजन लिगको तयारीमा जुट्दै कास्कीको अन्नपूर्ण गाँउपालिकाको पाउँदुरकोट युवा क्लबका खेलाडीहरु । तस्बिर: नागरिक
पोखरामा फुटबलका धेरै क्लब छन्। जिल्लास्तरीय लिग च्याम्पियनदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्ने क्षमताका क्लब पोखरामै छन्। यतिबेला फुटबल सुसुप्त अवस्थामा छ। कोरोना कहरले खेलकुद थलिएको छ। लिग च्याम्पियन र क्षमता भएपनि सी डिभिजन लिग खेल्ने क्लब भने पोखरामा शून्य रह्यो।  




कास्कीको ढिकुरपोखरी पोखरा बजार देखि २५ किलोमिटर टाढा पर्छ । दुरदराजको ढिकुरपोखरीको एउटा क्लबले भने सी डिभिजन खेल्ने जमर्को गरेको छ। अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन्। 

तयारी  आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले गरेका छन्।  गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन्। माछापुच्छ्रे शिक्षा माविको खेल मैदानलाई केही स्तरोन्नति गरिएको छ। त्यही मैदानमा जेनतेन खेलाडीले सी डिभिजनको लागि प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षकको जिम्मेवारी सुविन श्रेष्ठले लिएका छन्। पाउँदुरकोटले यही भदौ २९ नयाँपाटी युथ क्लब(काठमाडौं) र असोज २ गते गोरक्ष स्पोर्टिङ क्लब (काठमाडौं) सँग प्रतिस्पर्धा गर्नेछ। झण्डै एक महिनाको प्रशिक्षण गरेर टोली तयार गरिएको छ।  

‘जितेर आएपनि सिकेर आएपनि खेलाडीलाई प्लेटफर्म पाउन भन्ने ध्येय हो,’ पाँउदुरकोट युवा क्लबका अध्यक्ष ईश्वर पौडेल शर्माले भने, ‘गाँउकै खेलाडी व्यवसायिकतर्फ उन्मुख होउन भन्ने चाहना हो।’ उनका अनुसार सी डिभिजन लिग खेल्ने खेलाडी सबै गाँउपालिका भित्रैका छन्। बजार क्षेत्रका युवाहरु सहभागिताको लागि आएपनि क्लबले गाँउपालिकाकै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रैका युवालाई प्रशिक्षण दिई टिम तयार गरिएको उनले बताए।  

गाँउपालिका भन्दा बाहिर क्लबको पहिलो प्रतियोगिता हो । कोरोनाको कहरले एकातिर गाँजिरहेको बेला क्लबले खेलाडीलाई सी डिभिजन लिगमा उतार्ने लक्ष्य र योजनासहित झण्डै एकमहिना कडा मेहनत गराउँदै आएको छ । ‘६२ जना युवा प्रशिक्षणमा आएका थिए । उनीहरुबाट ३० जना राखेर बन्द प्रशिक्षण गराईयो,’ उनले भने, ‘त्यसपछि १८ जनालाई छनोट गरियो । बाँकी ५ जना भने १२ जनाबाट छानिने छ।’
गाँउपालिकाले पनि टिमलाई सहयोगको प्रतिबद्धता जनाएको छ। गाँउपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। खर्चको जोहो क्लबले चन्दा संकलन गरेर गरेको छ। साथीभाइको शुभेच्छा र खेलप्रेमीको सहयोगले खर्च जुटाउँदै आएको उनको भनाई थियो। कास्कीको प्रतिनिधित्व गरेर सी खेल्ने पाउँदुरकोट क्लब एकमात्रै हो।  

‘बजारको क्लबहरु ओझेलमा छन्। दुरदराजको क्लबले सी खेल्ने जमर्को गर्नु नै आफैंमा महत्वपूर्ण हो’ क्लबका प्रशिक्षक श्रेष्ठले भने, ‘पोखरादेखि २५ किलोमिटर टाढाको क्लब जहाँ फुटबलको लागि पर्याप्त पूर्वाधार छैन्। त्यहाँको क्लब सी खेल्न कस्सिएको छ।’ उनका अनुसार पोखराका क्लबस्तरीय लिग च्याम्पियनदेखि ठूला क्लबहरु सी डिभिजन खेल्न नसक्दा कास्कीको इज्जत भने पाउँदुरकोटले धानिदिएको छ।

ढिकुरपोखरीमा एउटामात्रै मैदान छ । जुन सेभेन ए साईड खेल्न योग्य छ। त्यसलाई सामान्य स्तरोन्नति गरिएको छ। एक स्थानीय तह एक खेल मैदान सरकारी नीति अनुसार तीन वर्ष अघि तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट प्यारापिट तथा चेन्जिङ रुम निर्माण गरिएको छ। स्तरोन्नति गरिएको मैदानमा पाँउदुरकोट युवा क्लबले सी डिभिजनमा आफनो क्षमता र प्रतिभा देखाउन उद्दत छन्। सी डिभिजनमा ७८ क्लब छन्। ती क्लबहरु बीच छनोटको लागि प्रतिस्पर्धा हुने छ।  
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
५२ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस