काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा अन्तर्राष्ट्रिय फुटबलमा बहुचर्चित अर्को आर्थिक काण्डमा जोडिएका छन्। सन् २०२२ को विश्वकप आयोजनाका लागि कतारका पक्षमा भोट दिन थापाले एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व अध्यक्ष मोहम्मद विन हमामसँग झन्डै डेढ करोड रुपैयाँ लिएको बेलायतबाट प्रकाशति हुने सन्डे टाइम्सले आइतबारको अंकमा जनाएको छ।विश्व फुटबल महासंघ (फिफा) द्वारा गठित समितिले छानविन पूरा गर्नु एक दिनअघि नै सन्डे टाइम्सले समाचार प्रकाशित गर्दै हमामले विश्वका कतिपय फुटबल संघ र संघका पदाधिकारीलाई रकम दिएको दाबी गरेको छ। कतारलाई जिताउन हमामलले विभिन्न राष्ट्रका पदाधिकारीलाई ५० लाख पाउन्डभन्दा बढी बाँडेको समाचारमा उल्लेख गरिएको छ।
समाचारमा जनाइएअनुसार २०१० को मार्च र अगस्टमा हमामको कम्पनी केम्कोका दुई अलग खाताबाट थापाले १ लाख १५ हजार पाउन्ड लिएका हुन्। यद्दपी उनले त्यो रकम व्यवसायिक प्रयोजनका लागि लिएको उक्त पत्रिकालाई बताएका छन्। हमामसँग निकट सम्बन्ध रहेका थापाले २०११ मा हमामले फिफा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा समर्थन गरेका थिए। भोटका लागि पैसा र उपहार बाडेको आरोप लागेपछि हमामले उम्मेदवारी फिर्ता लिएका थिए। थापा सोमबारदेखि सुरु हुने फिफा कंग्रेसमा भाग लिन एन्फाको नेतृत्व गर्दै ब्राजिलमा छन्।
फिफा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहँदा हमामले थापाका छोरा गौरवको खातामा एक लाख अमेरिकी डलर जम्मा गरेको दुई वर्षअघि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले खुलाएका थिए। अध्यक्ष थापाले सापटीका रुपमा २००९ को जुलाईमा रकम लिएको स्वीकार्दै पछि फिर्ता गरिसकेको दाबी गरेका थिए।
हमामले रकम दिँदा गौरव एएफसीको कम्पिटिसन डिभिजनअन्तर्गत हेड अफ युथ कम्पिटिसनका रूपमा कार्यरत थिए। त्यसको केही महिनापछि उनी पद त्याग्दै स्वदेश फर्केका थिए।
थापाले त्यति बेला भनेका थिए 'यो फुटबलसँग सम्बन्धित विषय होइन। हामीले घरायसी कारणले नितान्त व्यक्तिगत रूपमा हमामसँग सापटी लिएका थियौं। लेखा परीक्षण प्रतिवेदनमा पनि हमामले व्यक्तिगत खाताबाट दिएको भन्ने उल्लेख छ। यो एएफसीको खाताबाट लिइएको रकम होइन।'
कतारको सर्वोच्च न्यायिक समितिले भने क्षमताका आधारमा कतारले विश्वकप आयोजनाको मौका पाएको दाबी गरेको छ। सन्ड टाइम्सकै समाचारमा न्यायिक समितिले विश्वकप आयोजनाका लागि हमामको कुनै पनि भूमिका नरहेको प्रष्ट पारेको छ।
फिफाका पूर्व सदस्य हमामका विश्वासपात्र श्रीलंकन मणिलाल फर्नान्डोले कतारलाई सघाउने राष्ट्रलाई ४ लाख अमेरिकी डलरको गोल पोग्राम दिएको सन्डे टाइम्सले दावी गरेको छ। समाचारमा जनाइए अनुसार गरिव राष्ट्रको फुटबल विकासका लागि गोल प्रोग्रामअन्तर्गत अनुदान दिइएको थियो। हमाम अध्यक्ष रहेको गोलप्रोग्राम अन्तर्गत नेपालसहित पाकिस्तान, अफगानिस्तान, भुटान, कीर्गिस्तान, उज्वेकिस्तान र श्रीलंका प्राथमिकतामा परेका थिए।