बेलो होरिजोन्टे– दस मिनेट फरकमा दुई गोल गरेपछि बेल्जियमले अपेक्षाअनुरुप विश्वकपमा विजयी सुरुआत गरेको छ। यद्यपि टोलीले मंगलबार अफ्रिकी राष्ट्र अल्जेरियाविरुद्ध २–१ को जितका लागि कडा मिहिनेत गर्नुपर्यो। मध्यान्तरपछिको दुई परिवर्तनले बेल्जियमले पहिलो खेल जित्न सफल भयो।८०औं मिनेटमा ड्रिस मेर्टेन्सले निर्णायक गोल गरेपछि बेल्जियमले समूह ‘एच' मा ३ अंक जोडेको थियो। इडेन हाजार्डले दिएको पासमा मेर्टेन्सले सुन्दर गोल गरेका थिए। नासेर चाड्लीको ठाउँमा मेर्टेन्स दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
१२ वर्षपछि विश्वकपमा फर्केको बेल्जियम पहिलो हाफमै पछि पर्दा बराबरीका लागि निकै संघर्ष गर्नुपर्यो। टोली ७० मिनेटसम्म १–० ले पछि थियो। मारोउनी फेलानीको बराबरी गोलमा बेल्जियम खेलमा फर्केको हो। परिवर्तनको केही मिनेटमै फेलानी गोल गर्न सफल भए। मैदानको बायाँबाट केभिन डी ब्रुएनीको सटिक क्रसमा म्यानचेस्टर युनाइटेडका फेलानीले हेडबाट गोल गरेका हुन्। फेनाली ६६औं मिनेटमा माउसा डेम्बेलाको सट्टा मैदान छिरेका थिए।
त्यसअघि पहिलो हाफमा सोफेनी फेगहोलीको गोलमा अल्जेरियाले अग्रता लिएको थियो। २५औं मिनेटमा बेल्जियमका रक्षक जान भेर्टोगेनले पेनाल्टी बक्समा बल लिन अघि बढ्दा फेगहोलीलाई फाउल हानेपछि अल्जेरियाले पेनाल्टी पायो। सुरुआती अग्रता जोगाउन नसक्दा अल्जेरियाले ३२ वर्षयताको पहिलो जितबाट विमुख हुनुपरेको थियो। १९८२ को विश्वकपमा चिलीलाई हराएयता अल्जेरियाले विश्वकपमा एउटै खेल जित्न सकेको छैन।
सन् २००२ को विश्वकपपछि बेल्जियम पहिलोपल्ट विश्वकप खेल्दैछ। युरोपियन फुटबलमा चर्चामा रहेका खेलाडीको साथ पाएको बेल्जियमलाई यसपल्ट बलियो टोलीमा हेरिएको छ। बेल्जियमका लागि पछिल्लो (२००२) पटक हालका प्रशिक्षक मार्क विल्मोट्सले गोल गरेका थिए।
अब बेल्जियमले रसियासँग र अल्जेरियाले दक्षिण कोरियासँग खेल्ने छन्। दुवै खेल जुन २२ मा हुनेछ।