नेपाललाई 'ट्वान्टी–२० अन्तर्राष्ट्रिय' मान्यता
१४ असार २०७१
•
९ मिनेट पाठ
नेपाललाई 'ट्वान्टी–२० अन्तर्राष्ट्रिय' मान्यता
काठमाडौं-बंगलादेशमा विश्व ट्वान्टी–२० मा उत्रँदै नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो। फागुनमा चित्तागोङमा ३ खेल खेलेको नेपालले थप ५ खेल खेलेमा ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामै स्थान पाउनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई शनिबार औपचारिक रूपमै ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएर यसको ढोका खोलिदिएको हो।

अस्ट्रेलियाको मेलबर्नमा मंगलबारबाट जारी विश्व क्रिकेटको सर्वोच्च संस्थाको वार्षिक बैठकले नेपाल र नेदरल्यान्ड्सलाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्योर।

विश्व ट्वान्टी–२० खेल्न उत्रिएपछि नेपाल र हङकङ क्रिकेटको कान्छो संरचनामा माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्ने १७औं राष्ट्र बनेका थिए। साढे तीन महिनापछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएको हो। ट्वान्टी–२० अन्तर्राष्ट्रिय नियमित खेल्न पाएसँगै नेपाल विश्व वरियतामा समावेश हुनेछ।

ट्वान्टी–२० वरियतामा समावेश हुन कम्तीमा ८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको हुनुपर्छ। नेपालले अहिलेसम्म बंगलादेशमा खेलेको त्यही तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमात्र हो।

विश्वकप खेलेका आधारमा आइसिसीले नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको हो। हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपाल ट्वान्टी–२० विश्वकपमा आयोजक बंगलादेशसँग रनरेटमा मात्र पछाडि रही सुपर टेनमा पुग्नबाट रोकिएको थियो। १० पूर्ण राष्ट्र (टेस्ट मान्यताप्राप्त) र ६ एसोसिएट राष्ट्र आयरल्यान्ड, अफगानिस्तान, युएई, स्कटल्यान्ड, हङकङ र पपुवा न्युगिनीसँग ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता छ।

अक्टोबर १ देखि नेपालको मान्यता लागू हुनेछ। कहिलेसम्म भन्ने खुलाइएको छैन। तर २०१६ मा भारतमा हुने ट्वान्टी–२० विश्वकपसम्म यो मान्यता कायमै रहनेछ। ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएकाले नेपालले विश्व ट्वान्टी–२० को पहिलो चरणको छनोट दायराभित्र अल्झनु नपर्ने सम्भावना छ। एसिसी ट्वान्टी–२० कप विश्व ट्वान्टी–२० छनोटको पहिलो चरण हो। यसमा सेमिफाइनल पुगेमात्र विश्व ट्वान्टी–२० को छनोटमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ। नेपालले पछिल्लो दुई संस्करणमा मात्र यो छनोट चरण पार गरेको थियो।

चुनौती अझ जटिल

ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाउनु ठूलो उपलब्धि भएको नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले बताए। 'यसलाई कायम राख्नु ठूलो चुनौती हो,' मान्यता पाएकोमा उत्साही पारसले भने। नेपाल छाडेर क्यानाडा फर्किसकेका प्रशिक्षक पुबुदु दासानायकेको राय पनि उस्तै छ। उनले भने, 'यो राम्रो सुरुआत हो, अब एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन नेपाल लक्षित हुनुपर्छ।'

आइसिसीजस्तो संस्थाले यति ठूलो निर्णय गर्नुअघि धेरै सोचविचार गरेको आँकलन गर्छन् पारस। 'नेपालको प्रदर्शन र प्रभाव, दर्शक उपस्थितिलगायत सबै हेरेर यो निर्णय लिइएको हुनुपर्छ,' उनले भने, 'राम्रो मैदान भएका भए हामी जुनसुकै टोलीलाई बोलाएर यहीँ खेलाउन सक्थ्यौं।'

प्रशिक्षक दासानायकेकै मिहिनेतले नेपाल अहिलेको स्थानमा आइपुगेको पारसले बताए। 'यस्तो अवस्थामा प्रशिक्षक हामीसँग हुनुहुन्न,' उनले खिन्नता पोखे। प्रशिक्षकलाई मासिक ८ हजार डलर तलब दिने स्थितिमा संघ नरहेको र 'अन्य पक्ष' जोडेर नेपाल क्रिकेट संघ (क्यान) ले दासानायकेलाई क्यानाडा फर्काएको थियो। 'यो पैसाको विषय होइन। क्यान आफैं अस्थिर छ,' पारसले भने, 'क्यानकै समस्या सुल्झाएर दासानायकेलाई बोलाएर योजनाहरू तुरुन्त बनाउनुपर्यो । एसियाली खेलकुद, डिभिजन ३ जस्ता प्रतियोगिता मुखमा आइसक्यो। अझ ट्वान्टी–२० अन्तर्राष्ट्रियको मौका पनि पाएका छौं।'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानका अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्याुल, उपाध्यक्षहरू चतुरबहादुर चन्द, विनोद मैनालीलगायतलाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। त्यसपछि क्यानले प्रथम उपाध्यक्ष टिबी शाह र सचिव उत्तम कर्माचार्यलाई क्रमशः कार्यवाहक अध्यक्ष र महासचिवको जिम्मेवारी तोकेको थियो।

कार्यवाहक महासचिव कर्माचार्य आन्तरिक समस्या सुल्झाएर अगाडि बढ्नुपर्ने र ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको मौका सदुपयोग गर्नुपर्ने बताउँछन्। 'नेपाली खेलाडीले राम्रो मौका पाएका छन्, शीर्ष सबै राष्ट्रसँग खेल्ने अवसर हामीसँग छ,' उनले भने, 'आइसिसीले अब आर्थिक सहयोग बढाइदेला, त्यो हामीलाई स्थानीय स्तरको विकासमा खर्च गर्न सजिलो हुन्छ।'

राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल पनि अन्तर्राष्ट्रिय मान्यतालाई उपयोग गर्ने ठूलो चुनौती भएको बताउँछन्। 'हाम्रा लागि यो ठूलो उपलब्धि हो, मान्यता पाएसँगै हामी उत्साहित छौं, थप ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लालयित छौं,' अग्रवालले भने, 'हामीले यसको फाइदा उपयोग गर्न सक्नुपर्छ। जबकि हाम्रो घरेलु वातावरण अर्कै छ।'

राम्रो व्यवस्थापन गरेर टुर आयोजना गर्न सके मात्र नेपाल र खेलाडीले फाइदा लिन सक्ने उनको तर्क छ। 'द्विपक्षीय टुरहरू भयो भने नेपाली खेलाडीले शीर्ष राष्ट्रको लिगमा खेल्न पाउने सम्भावना बढी हुन्छ, त्यसैले हामीले मान्यता पाएसँगै जति सक्यो त्यति टुरहरू आयोजना गर्न सक्नुपर्छ।'

क्यानाडामा एकै बिहानै नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको खबरपछि दासानायके विगततर्फ फर्किए। उनले भने, 'सुविधाविहीन, राम्रो प्रशिक्षण केन्द्रहरू नभई हामीले यो मान्यता पाएका हौं। यो अब परिवर्तन हुन जरुरी छ। हामीले अब भारतसँग पनि खेल्न सक्छौं। भारतीय एक खेलाडीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दा लाखौं पाउँछन्। हाम्रा खेलाडीले २० हजार पनि पाउँदैनन्। क्यान कम्तीमा यसमा इमानदार हुनुपर्यो्।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस