काठमाडौं-युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) पुनर्गठनको तयारी गर्दै 'कुनै काम कारबाही अघि नबढाउनू' भनी पत्र काटेको छ।
मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई लेखेको पत्रमा 'अधिकांश सदस्यलाई अख्तियारले मुद्दा दायर गरेको र अख्तियारले नै पुनर्गठनको निर्देशन दिएकाले आर्थिक, व्यवस्थापकीय तथा कुनै नीतिगत निर्णय नगर्नू, नगराउनू' भनिएको छ। क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले भने त्यस्तो पत्र क्यानलाई नआएको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २५ मा क्यानका अध्यक्ष टंक आङबुहाङ, महासचिव अशोकनाथ प्याकुर्याल, उपाध्यक्षहरू चतुरबहादुर चन्द, विनोद मैनालीलगायत १० पदाधिकारीलाई भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्ने जनाएको थियो। त्यसपछि क्यानले प्रथम उपाध्यक्ष टिबी शाह र सचिव उत्तम कर्माचार्यलाई क्रमशः कार्यवाहक अध्यक्ष र महासचिवको जिम्मेवारी तोकेर बाँकी २१ पदाधिकारीले संघ सञ्चालन गर्दै आएका छन्।
अख्तियारले भ्रष्टाचार मुद्दा लगाउँदा क्रिकेट खेलप्रेमी नेपालीको अपेक्षा र भावना कदर गरी क्रिकेट खेल विकास गर्न सक्ने क्यानका वर्तमान पदाधिकारीको कार्यशैलीसमेत अनुसन्धानबाट सन्तोषजनक नदेखिएको जनाएको थियो। नयाँ पदाधिकारीको प्रतिनिधित्व गराउँदा क्रिकेट खेलका अनुभवी, स्वच्छ छवि भएका र संघलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र खेलाडीहरूको मनोबल उच्च बनाई क्रिकेट खेलको विकासमा प्रतिबद्ध हुन सक्ने व्यक्ति समावेश गराई क्रिकेट संघलाई कानुनी हिसाबमा पुनर्गठन गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो।
अख्तियारको पत्रलगत्तै खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रममा क्यानलाई चलाउने जिम्मेवारी मन्त्रालयको हातमा आएको बताएका थिए। 'अख्तियारको पत्रबमोजिम नै परिषदलाई क्यानका बारेमा निर्देशन दिइएको हो र कार्यान्वयन गर्न लगाइएको हो,' मन्त्रालयका प्रवक्ता चुडामणि पौडेलले नागरिकसँग भने।
क्यानलाई पुनर्गठन गर्न लागिएको विषयमा प्रवक्ता पौडेलले भने, 'मौजुदा नियमले के हुन्छ, त्यही हेरिरहेका छौं, चाँडोभन्दा चाँडो क्रिकेट संघको विषयमा निर्णय आउँछ।'
मन्त्रालयसँग आफ्नो नियुक्तिलाई लिएर दोहोरी खेलिरहेका खेलकुद परिषदका युवराज लामाले पत्र पाएको जनाएका छन्। 'एउटा पत्रमा सात दिनभित्र क्यानसँग स्पष्टीकरण लिनू भनेर भनेको, भोलिपल्ट अर्को पत्रमा क्यानलाई कामकारबाही गर्न नदिनू भनेको छ,' लामाले आक्रोश पोखे, 'यसले झन् विवाद निम्त्याउँछ।'