काठमाडौं— सरकारले क्रिकेट प्रशिक्षक पुबुदु दसानायकेको करार सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघले आर्थिक अभाव देखाउँदै पुबुदलाई प्रशिक्षक नलिने मनसाय देखाइरहेका बेला मन्त्रीस्तरीय निर्णयबाट करार सम्झौता एक वर्ष थप्ने निर्णय भएको हो।
'एक वर्षलाई करार अवधि थप गर्ने निर्णय भएको छ', युवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेलले नागरिकन्युजसँग भने। मन्त्रालयले क्रिकेटको संरचनागत विकासका लागि सुझाव सहित प्रतिवेदन पेश गर्न ४ सदस्यीय कार्यदल निर्माण गरेको जानकारी मन्त्री पौडेलले दिए।
श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक दासानायकेको नेपालसँगको करार सम्झौता सकिएको एक दिनपछि सरकारले यस्तो निर्णय लिएको हो। पछिल्लो पल्ट क्यानले उनलाई ३ महिनामात्रको सम्झौता नवीकरण गरेको थियो।
क्यान अध्यक्ष सहित अधिकांश पदाधिकारीले करोडौं रुपैयाँ भ्रष्टाचार गरेकोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले तीन हप्ता अघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अधिकांश पदाधिकारी भ्रष्टाचार प्रकरणमा तानिएपछि नेपाली क्रिकेटको भविष्यका बारेमा चिन्ता व्यक्त भइरहेका बेला नेपाली क्रिकेटलाई सफलता दिलाउने पुबुदुलाई प्रशिक्षकमा लिन सरकारले निर्णय गरेको हो।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता नलम्बाए आफूहरु खेलिरहनुको तुक नभएको टिप्पणी गरेका थिए। 'दासानायके प्रशिक्षक भएर आउँदैनन भने म पनि खेल्न छाडिदिन्छु', उनले भनेका थिए।
क्यानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) बाट रोकिएको रकम नआएकाले संघको आर्थीक अवस्था कमजोर भएकाले प्रशिक्षक राख्न नसक्ने जनाएको थियो। अन्तर्राष्ट्रिय समूदायबाट रकम निकासा भएमा मात्र प्रशिक्षकको बारेमा बैठकबाट निर्णय गरिने क्यानले जनाएको थियो।
यी सबै बाहनामा क्यानले पुबुदुलाई राख्न नचाहेको कप्तान पारसको भनाइ थियो।
अर्थमन्त्री रामशरण महतले कप्तान पारसको कुरामा समर्थन गर्दै प्रशिक्षक पुवुदुलाई फिर्ता ल्याउने संकेत गरेका थिए। 'नेपालको क्रिकेटको स्तर माथि पुर्याउन योगदान दिने दासानायकेलाई नेपाल सरकार गुमाउन चाहन्न', उनले ट्विट गर्दै भनेका थिए।
पुबुदुको नेतृत्वमा नेपाली क्रिकेट ट्वान्टी ट्वान्टी विश्वकपसम्म पुगेको थियो।