प्रतिस्पर्धाबिनै छानिँदै टोली
०३ साउन २०७१
•
७ मिनेट पाठ
प्रतिस्पर्धाबिनै छानिँदै टोली
काठमाडौं- यु–१६ को राष्ट्रिय प्रतियोगिताबिनै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरिएपछि नेपाली क्रिकेटले भविष्यमा थप खेलाडी संकट बेहोर्नुपर्ने देखिएको छ। मलेसियामा अर्को महिना हुने एसिसी यु–१६ प्रिमियर लिग खेल्न नेपालले राष्ट्रिय प्रतियोगिता नगरी टोली पठाउँदैछ।प्रतियोगिताको खेलतालिका शनिबार आउँदा नेपालले अघिल्लो दिन प्रारम्भिक छनोट गरेको छ। विगतमा जिल्ला, क्षेत्र हुँदै ९ क्षेत्रीय टोलीबीच राष्ट्रिय प्रतियोगिता गरेर उत्कृष्ट खेलाडी छानेर टोली छनोट गर्ने प्रचलन थियो। नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक भने क्षेत्रबाट सिधै ६–६ खेलाडी मगाएर खेलाडी छनोट गरेको हो। 
त्यसमा पनि क्यानले ५९ खेलाडीको हड्डीको एक्सरे रिपार्ट गरेर पठाएकोमा एसिसीले २७ जनालाई मात्र १६ वर्षमुनिको भनी खेल्न अनुमति दिएको छ। नेपाल २७ खेलाडीबाट अन्तिम १४ खेलाडी चयन गरेर यु–१६ प्रिमियर लिगका लागि मलेसिया जानेछ। 
यु–१६ को कार्यक्रम धेरै पहिला बनाइसके पनि विभिन्न कारणले प्रतियोगिता गर्न नसकेको क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यले बताउँछन्। 'हामीले फागुन–चैतमै राष्ट्रिय प्रतियोगिता गर्ने कार्यक्रम थियो, तर एसएलसीका कारण त्यो सम्भव भएन। त्यसपछि क्यान नै अख्तियारको छानबिनमा पर्दा हामीलाई प्रतियोगिता गर्न अप्ठेरो भयो,' उनले भने, 'त्यसपछि एसिसीमा हड्डीको रिपोर्ट पनि पठाउनुपर्ने समय घर्किंदा राष्ट्रिय प्रतियोगिता गर्न नसकिएको हो।'
यु–१६ राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसक्नुको अर्को कारण क्यानको बजेट प्रमुख भएको कर्माचार्य स्वीकार्छन्। उनले भने, 'क्यानसँग राष्ट्रिय प्रतियोगिता गर्न पनि बजेट छैन, एसिसी र अन्तर्राष्ट्रिय क्रिकेट परिषदले रोकेर राखेको रकम अझै निकासा गरेका छैनन्। हामीसँग अहिले कुनै स्रोत छैन।'
यसले भविष्यमा खेलाडी खोज्न गाह्रो पर्ने पोखरा क्षेत्रका प्रथम उपाध्यक्ष देवेन प्रजु बताउँछन्। क्षेत्रले क्षेत्रीय छनोट प्रतियोगिता पनि गरेको हो, तर प्रतियोगितालाई खेलाडीको जन्ममितिको समय परिवर्तन भएर आउँदा नेपाली क्रिकेटकै संरचनामा अप्ठेरो परेको उनको तर्क छ। 'अहिले प्रतियोगिता नै नगरी खेलाडी छनोट गरेर पठायौं, त्यसमा फेरि उमेरको समस्या थपियो,' प्रजुले भने, 'अहिले प्रदर्शन जाँचेरभन्दा अनुहार हेरेर खेलाडी पठाउनुपर्यो ।'
उनले यु–१६ प्रतियोगिता आयोजना नहुँदा नयाँ खेलाडी खोज्न अप्ठेरो पर्ने बताउँछन्। 'नेपालमा क्रिकेटको आधारभूत तह भनेकै यु–१६ हो, तर हामीसँग यसपटक त्यो पनि छैन,' उनी निराशा पोख्छन्।
बारा जिल्ला क्रिकेट अध्यक्ष एवं वीरगन्जका क्षेत्रीय सदस्य प्रभात चौरसिया केन्द्रले क्षेत्रसँग सिधै खेलाडी मागेकोमा त्यसलाई 'भागबन्डा' को संज्ञा दिन्छन्। 'हामी (जिल्ला) लाई २–३ जना राम्रो खेलाडी पठाइदिनू भनेर एकदिनअघि फोन आयो, क्षेत्रलाई पनि केन्द्रले सोहीअनुसार निर्देशन दियो होला,' चौरसियाले भने, 'यो त भागबन्डामात्र हो। खेल्नै नपरी कुनै खेलाडी नेपाली टोलीमा पर्छ भने त्यो खेलाडीबाट कस्तो आशा गर्ने?'
चौरासिया भोलिका दिनमा क्षेत्र र नेपाली टोलीमा मात्र नभई जिल्लामै खेलाडी खोज्न गाह्रो पर्ने सम्भावना देख्छन्। उनले भने, 'हिजोका दिनमा हामी स्कुल प्रतियोगिता गरेर यु–१६ का लागि जिल्ला टिम छनोट गथ्यौं। यसले राम्रो प्रभाव पारेको थियो। यस्तो अवस्थाले त अब भोलिका दिनमा जिल्लामै गाह्रो बनाउँछ।' उनी प्रश्न गर्छन्, 'आधारभूत प्रतियोगितामै लापरवाही गर्र्यौं भने भविष्यमा कसरी नेपालले राम्रो खेल्छ भनेर आशा गर्ने।'
क्यान मातहतको नेसनल क्रिकेट एकेडेमी (एनसिए) लाई 'उत्कृष्ट ४ खेलाडी' पठाइदिनू भनेर खेलाडी छान्नु एकअघि फोन आएको एनसिएका प्रशिक्षक विनोद दासले बताए। 'हामीसँग क्यानको आदेश मान्नु बाहेक अर्को विकल्प थिएन। त्यसमा पनि २ खेलाडी बढी उमेरका परे,' राष्ट्रिय टोलीका पूर्वकप्तान दासले भने, 'राष्ट्रिय प्रतियोगिताबिनै खेलाडी छान्नु गाह्रो काम हो, आशा गरौं यस्तो फेरि नदोहोरियोस्।'
उमेर समूहको मुख्य प्रतियोगिता नहुँदा वर्तमान टोलीमात्र नभई भोलिका दिनमा गाह्रो हुने कुरालाई क्यान महासचिव कर्माचार्य स्वीकार्छन्। उनले भने, 'हड्डी परीक्षण गरेर खेल्न योग्य भएका खेलाडी राम्रो भयो भने आशा गर्न ठाउँ हुन्छ। नत्र खेलाडी खोज्नै समस्या पर्छ।'
झन्डै तीन वर्षअघि पहिलोपल्ट आयोजित यु–१९ महिला राष्ट्रिय प्रतियोगिताबाट विजेता जनकपुरका ५ खेलाडी अनुराधा चौधरी, सरस्वती चौधरी, ममता चौधरी, सन्तोषी चौधरी र कविता गौतम नेपाली यु–१९ टोलीमा परेका थिए। उनीहरूको प्रदर्शन नेपाललाई लगातार तेस्रोपटक प्रतियोगिता जिताउन प्रमुख आधार बनेको थियो। अहिले क्षेत्रबाट टिपेर खेलाडी लिइएको आरोप लगाउने जिल्ला र क्षेत्रका अधिकारीहरू भोलिका दिनमा यु–१९ महिला क्रिकेटमा जनकपुरले देखाएको प्रदर्शन दोहोरिनुपर्ने वातावरण खोज्छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस