प्रस्तावमा क्रिकेट रंगशाला
०९ साउन २०७१
•
६ मिनेट पाठ
प्रस्तावमा क्रिकेट रंगशाला
काठमाडौं-परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा नेपालले क्रिकेट रंगशाला बनाउन भारतलाई प्रस्ताव गर्ने भएको छ। यसअघि भनिएको मुलपानी क्रिकेट रंगशालाको स्थानमा पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रस्ताव राखिने भएको छ।भारतीय विदेशमन्त्री सुष्मा स्वराज बैठकका लागि शुक्रबार साँझ काठमाडौं आइसकेकी छन्। तीनदिने बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको नेतृत्व गर्नेछन्। सोही बैठकमा रंगशाला बनाउन नेपालले भारतलाई प्रस्ताव गर्न लागेको हो।
रंगशालाका लागि बैठकले भारतीय पक्षको सहयोगबारे टुंगो लगाउने छ। त्यसमा सहमति भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सम्झौता हुनेछ। मोदी साउन १८ मा दुईदिने भ्रमणका लागि नेपाल आउँदै छन्। 
युवा तथा खेलकुद मन्त्रालयले गरेको प्रस्तावलाई परराष्ट्र मन्त्रालयबाट आधिकारिकता दिइएको छ। ‘नेपालले भारतलाई क्रिकेट रंगशाला बनाइदिन प्रस्ताव गर्नेछ,' खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले नागरिकसँग भने, ‘जग्गा नेपाल सरकारले उपलब्ध गराउने छ। विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) देखिको सबै खर्चमा बनाइदिन भारतसँग अनुरोध गर्न लागेका हौं।' सहमति भए पोखरा रंगशालामा रहेको क्रिकेट मैदान रंगशालामा परिणत हुनेछ। 
सचिवका अनुसार त्यसका लागि १ अर्ब खर्च लाग्ने अनुमान छ। उनले त्यो सबै भारतसँग अनुरोध गरिने बताए। नेपालस्थित भारतीय दूतावाससँग क्रिकेट रंगशाला बनाउने विषयमा छलफल हुँदै आएको थियो। ‘दूतावासले सरकारमार्फत आए सजिलो हुने बताएपछि हामीले त्यही आधारमा नेपाल–भारत वार्तामा क्रिकेट रंगशालालाई प्राथमिकतामा राखेका हौं,' पौडेलले भने, ‘रंगशाला बन्ने सम्भावना धेरै छ। एउटाले मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता सम्भव हुँदैन, त्यो हामीले बुझेका छौं। कम्तीमा अर्को एक मैदान चाहिन्छ।'
मुलपानीमा सरकारले लगानी गर्दै आएकाले भारतलाई पोखराको प्रस्ताव गरिएको खेलकुद मन्त्रालयले बतायो। ‘मुलपानीमा सरकारले लगानी गर्दै आएको छ। यसपटकको बजेटमा पनि २० करोड छुट्याएको छ। आगामी बजेटमा पनि मुलपानी पर्ने सम्भावना छ, त्यसैले पोखरा प्रस्ताव गरिएको हो,' उनले भने, ‘मुलपानीलाई नेपाल सरकारले आफै बनाउने छ। यस विषयमा अर्थ मन्त्रालयसँग मन्त्रीज्यू (पुरुषोत्तम पौडेल) को छलफल भइसकेको छ।'
नेपाल क्रिकेट संघ (क्यान) ले २००७ देखि अन्तर्राष्ट्रिय समुदायको सहयोगमा मुलपानीमा क्रिकेट मैदान बनाउन लागेको हो। त्यसयता सरकारले बजेटमार्फत झन्डै ७ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। त्यसका बाबजुद निर्माण कार्य निकै सुस्त छ। 
पाँच वर्षअघि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा भारत भ्रमणक्रम मुलपानी क्रिकेट मैदानका लागि नेपालले १० करोड माग गरेको थियो। भारतीय क्रिकेट बोर्डका अध्यक्ष शरद पवारसँग भारत भ्रमणकै क्रममा नेपाली पक्षले सहयोग मागे पनि भारतले कुनै प्रतिक्रिया जनाएको थिएन।
काठमाडौंमै अर्को जग्गा नभएको तथा पर्यटकीय सहर पोखरा उपयुक्त भएकाले प्रस्ताव गरिएको स्पष्ट पार्दै खेलकुद मन्त्रालयका प्रवक्ता पनि रहेका पौडेलले भने, ‘क्रिकेटसँगै पर्यटक भिœयाउनु पनि अर्को उद्देश्य हो। काठमाडौंमा मात्र सीमित नराखी पोखरामा पनि अन्तर्राष्ट्रिय क्रिकेट लानुपर्छ। प्रत्येक पयर्टकले नेपाल आइसकेपछि पोखरा हेर्ने चाहना गरेकै हुन्छन्। खेलकै माध्यमबाट पर्यटन प्रवर्द्धन पनि हुन्छ।' 
उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनायौं भने तटस्थ भूमिका रूपमा नेपाल अगाडि बढ्न सक्छ। सरकारले ३–४ वटा अन्तर्राष्ट्रिय रंगशाला बनाइदियो भने त्यसले हाम्रो पर्यटनबाट आम्दानी ४० प्रतिसतले वृद्धि हुन्छ।' पहिलो चरणमा काठमाडौं र पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन लागिएको र पछि नेपालगन्ज, धरानमा थपिने खेलकुद मन्त्रालयको योजना रहेको उनले बताए। 
खेलकुद मन्त्रालयले नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा प्रस्ताव गर्ने अर्को विषय युवा आदान–प्रदान हो। ‘हामीले चीनसँग २ वर्षदेखि युवा आदान–प्रदान गरिरहेका छौं, श्रीलंकासँग अर्को वर्षबाट सुरु हुँदैछ, भारतलाई पनि अब यो प्रस्ताव गर्न लागेका हौं,' पौडेलले भने।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस