काठमाडौं-ग्वाङझाउ एसियाडमा खर्च अभावले नेपालको सहभागिता नै अन्योलग्रस्त हुँदा सरकारलाई सहयोग गरेको क्रिकेट संघ अहिले शून्यको अवस्थामा आइपुगेको छ।४ वर्षअघि सरकारसँग बजेट नहुँदा एसियाडमा खेल र खेलाडीसंख्या नै घटाउनुपर्ने अवस्था थियो। तर अर्थ मन्त्रालय लिखित जमानीमा नेपाल क्रिकेट संघ (क्यान) ले सरकारलाई ७० लाख सापटी दियो। त्यही रकम पाएपछि सरकारले ढुक्कसाथ ग्वाङझाउ एसियाडमा नेपालको सहभागिता पक्का गरेको हो। सरकारले पछि राष्ट्रिय खेलकुद परिषद्लाई दिने रकमबाट सिधै क्यानको खातामा उक्त रकम शोधभर्ना गरिदिएको थियो।
तर अहिले नेपाली क्रिकेटको सर्वोच्च संस्थाको स्थिति ठीक उल्टो छ। बैंक खाता लगभग शून्यमा आएको क्यानले खेलकुद परिषदबाट सहयोग नपाएमा राम्रो तयारी नगरी यसपालिको एसियाडमा प्रतिस्पर्धा गर्नेछ। ग्वाङझाउबाटै एसियाडमा क्रिकेट राखिएको हो। जहाँ नेपालले पनि सहभागिता जनाएको थियो।
सेप्टेम्बरमा दक्षिण कोरियामा हुने इन्चोन एसियाडमा नेपालले पुरुष र महिला क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। बन्द प्रशिक्षणबाट टोली तयार गरे पनि थप तयारीलाई विदेश पठाउने स्थिति क्यानको नभएको कार्यबाहक महासचिव उत्तम कर्माचार्य स्वीकार्छन्।
आफ्नो निर्देशन नमानेको र प्रशासनिक ढिलाइका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) दुवैले क्यानलाई दिँदै आएको सहयोग रोकेका छन्। त्यसैले क्यान लगभग टाट पल्टिसकेको स्थितिमा छ। क्यानले आफ्नो हैसियत नभएको बताएपछि सरकारले प्रशिक्षक पुबुदु दासानायकेको एक वर्ष लाग्ने सबै खर्च बेहोरिदिने निर्णय गरेको छ।
‘१० महिनादेखि आइसिसी र एसिसीबाट कुनै रकम आएको छैन। एकपटक ५० हजार डलर आएको थियो त्यो विश्व ट्वान्टी–२० तयारीमा खर्च भयो,' महासचिव कर्माचार्यले भने, ‘हाइपर्फमेन्सदेखि रोकिएको वार्षिक अनुदान गर्दा ५ लाख डलर आउनुपर्ने हुन्छ।' यो रकम आए संघ चलाउन कुनै गाह्रो नहुने कर्माचार्यको दाबी छ।
आइसिसी बैठकमा नेपालको फन्ड नरोक्नु भनिएकाले बाँकी रकम पाउनेमा क्यान आशावादी छ। क्यानमा कार्यकारी प्रमुख अधिकृत (सिइओ) र फाइनान्स व्यवस्थापक नराख्नु नै आइसिसी र एसिसीले रकम रोक्नुको प्रमुख कारण हो। क्यानले राष्ट्रिय दैनिक पत्रिकाबाट सिइओ र फाइनान्स व्यवस्थापकको आवेदन मागिसकेको छ। उनीहरूको अन्तर्वार्ताका लागि अगस्ट मध्यतिर आइसिसी प्रतिनिधि नै नेपाल आउने कर्माचार्य बताउँछन्। आइसिसीले रोकेको रकम पठाइदिने क्यानको आशा यही कारण हो।
तर एसियाली खेलकुद नजिकै आइसकेको छ। स्वदेशमै तयारीका लागि क्यानले परिषदसँग ३० लाख माग गरेको छ। एसियाडमा सहभागिता जनाउँदा सबै खर्च सरकारले बेहोर्ने गर्छ। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीचको विवादको सबैभन्दा बढी मार क्रिकेट संघमा परेको छ।
खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले देशमा क्रिकेट नरहेको बताउँदै आएका छन्। क्यानका अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्षहरू चतुरबहादुर चन्द र विनोद मैनाली, महासचिव अशोकनाथ प्याकुर्यावलसहित १० जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगाएको छ।
अख्तियारले खेलाडीको मनोबल उच्च बनाई क्रिकेटको विकासमा प्रतिबद्ध हुनसक्ने व्यक्ति समावेश गराएर क्रिकेट संघलाई पुनर्गठन गर्न खेलकुद मन्त्रालयलाई पत्र काटेको थियो।
अख्तियारको त्यही पत्र आधार बनाएर खेलकुद मन्त्रालयले क्यानलाई बोर्डमा परिणत गर्न लागिरहेको छ। ‘क्यान पुनर्गठन गर्न अख्तियारले हामीलाई निर्देशन दिइसकेको छ। वास्तवमा हामीले ढिलो गरिरहेका छौं,' युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले भने।
मन्त्रालयका सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा क्रिकेटको संरचनागत विकासका लागि सुझावसहित प्रतिवेदन पेश गर्न ७ सदस्यीय कार्यदल बनाइएको थियो। ‘कसरी जान सकिन्छ भनेर कार्यदलले छोटो समयमै प्रतिवेदन दिएको छ, त्यसैलाई आधार मानेर हामीले क्रिकेट चलाउन खोजेका छौं,' पौडेलले भने।
उनका अनुसार ६–७ मुख्य बूँदामा केन्द्रित कार्यदलले क्रिकेटको संगठन संरचनाबारे राय दिएको छ। ‘हामीले केन्द्रित गरेको पनि संगठन संरचनाबारे हो, संगठन संरचना गर्दा हामी अब बोर्डमा किन नजाने? भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाको बोर्डसँग हामी आबद्ध छौं। त्यसै हुनाले बोर्डमा जानुपर्छ भन्ने सुझाव कार्यदलले दिएको छ,' पौडेलले भने, ‘बोर्डमा जान सरकारले गठन आदेश (कानुन) त बनाउनुपर्योर, गठन आदेश तयार गर्नेक्रममा हामी छौं। त्यसको ड्राफ्ट बन्दैछ। त्यो ड्राफ्ट खेलकुद मन्त्रालयले बनाइरहेको छ र बनिसकेपछि हामी क्याबिनेटमा पठाउँछौं। मोटामोटी अर्को साता क्याबिनेटमा जान्छ, क्याबिनेटले स्वीकृत गर्योम भने बोर्ड बन्छ।'
खेलकुद मन्त्रालयले यसअघि नै राष्ट्रिय खेलकुद परिषदमार्फत कुनै कामकारबाही अगाडि नबढाउन क्यानलाई पत्र काटेको थियो। पत्रमा ‘अधिकांश सदस्यहरूमाथि अख्तियारले मुद्दा दायर गरेको र अख्तियारले नै पुनर्गठनको निर्देशन दिएकाले आर्थिक, व्यवस्थापकीय तथा कुनै नीतिगत निर्णय नर्गनू र नगराउनू' भनिएको छ। त्यसमा क्यानले मुद्दा हालेको थियो। तर पुनरावेदन अदालतले अख्तियारबाट निर्देशन दिइसकेको अवस्थामा निषेधाज्ञा जारी गर्न नमिल्ने निर्णय दिएको थियो।
खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले वर्तमान क्यान निर्वाचित कमिटी भएको तथा अन्य पक्षमा पनि विवाद निम्तिने हुँदा क्यानको विषय राखेप बोर्ड बैठकबाट निर्णय गरिनुपर्ने भन्दै आएका छन्।
परिषदले क्यान पुनर्गठन गर्न भाँजो हालेको मान्न तयार छैनन्, खेलकुद मन्त्रालयका प्रवक्ता चूडामणि पौडेल। ‘त्यस्तो केही समस्या परेको छैन। परिषदले अख्तियारको निर्देशन मान्नुपर्योद नि! क्याबिनेटले स्वीकृत गर्यो् भने परिषदको बोर्ड बैठकबाट पारित गर्न जरुरी पर्दैन,' उनले भने, ‘अब हामी क्रिकेटको प्रारूप परिवर्तन गर्न गइरहेका छौं। सरकारले तदर्थ बोर्ड बनायो भने भोली त्यसलाई स्वायत्त हिसाबले भारत, बंगलादेशको प्रारुपमा लग्नेछौं। त्यो पनि आइसिसी र एसिसीको नियमलाई टेकेरै गर्ने हौं।'
आइसिसी र एसिसीले त्यसलाई आधिकारिता दिन्छ त भन्नेमा पौडेल आशावादी रहे। ‘अन्तर्राष्ट्रिय संस्थाले बुझेको के हो भने नेपाली क्रिकेटमा खेलाडीको नभई संरचनाको समस्या हो,' पौडेलले भन्छन्, ‘हामीसँग अप्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय संघसंस्थाको कुराकानी भइरहेको छ। सिधै मन्त्रालयले गरेको छैन। भोली हामी उनीहरूलाई स्वतन्त्र संस्था हो भनेर आश्वस्त गर्छौं। उनीहरूले नेपालमा क्रिकेट उर्बर छ, संरचनागत पाटो कमजोर छ भन्ने बुझेका छन्।'
क्यान पुनर्गठनको हल्लाप्रति अन्योल रहेको क्यानका कार्यबाहक महासचिव कर्माचार्य बताउँछन्। उनले भने, ‘मन्त्रीज्यूले राजनीतिकरण गर्न खोज्नुभएको हो कि के हो बुझिएको छैन। हामी निर्वाचित भएर आएका हौं। चारवर्षे कार्यकाल छ। पुनर्गठन भइहालेमा हामी कानुनी बाटो रोज्छौं।'
लामा सदस्यसचिव भएर आएपछि क्यान पुनर्गठन गर्दै उनी आबद्ध एमाओवादीका केन्द्रीय सदस्य टंक आङबुहाङलाई क्रिकेट संघको जिम्मेवारी दिएका थिए। साढे दुई वर्षअघि चितवनमा सम्पन्न साधरणसभाले आङबुहाङको नेतृत्वमा क्यान कार्यसमिति चयन गरेको थियो।

बोर्ड गठन क्रममा मन्त्रालय