काठमाडौं-बेलायतमा बसोवास गर्ने नेपालीले पोखराको सहारा क्लबको सहयोगका लागि स्थापना गरेको सहारा युके क्लब बेलायतको अल्डरसट एफसीसँग आबद्ध भएको छ।सहारा युकेका अध्यक्ष नवीन गुरुङले नागरिकलाई जानकारी गराएअनुसार लन्डनको अल्डरसटस्थित क्लबसँग शुक्रबार दुईपक्षीय सहमति भयो। दुई क्लबबीच फुटबलीय कार्यक्रम आदानप्रदानको विषयमा सहमति भएको गुरुङले जानकारी गराए। अल्डरसटमा नेपालीको बाक्लो बसाइ रहेका कारण अल्डरसट एफसीले सहारासँग सम्बन्ध गाँसेको बताइएको छ।
‘खासमा अल्डरसटले फुटबलमात्र नभई समाजसेवामा पनि चाख राखेको छ। त्यसका लागि उनीहरूले नेपाललाई राजेका हुन्। तर त्यो फुटबल क्लब भएकाले पहिलो प्राथमिकता फुटबललाई नै दिनेछ,' गुरुङले टेलिफोनमा नागरिकसँग भने, ‘अल्डरसटसँगको यो सम्बन्धले भविष्यमा नेपाली खेलाडीलाई यहाँ ल्याएर विशेष प्रशिक्षणको मौका दिन सकिन्छ। राम्रा खेलाडीलाई त अल्डरसटबाटै खेलाउन सकिन्छ। सम्भावना देखिए नेपाली खेलाडीलाई प्रिमियर लिगसम्म पुर्यालउने ढोका खुलेको छ।'
अल्डरसटले नेपाली राष्ट्रिय टोलीका रोहित चन्दलाई भिœयाउने इच्छा राखिसकेको गुरुङले बताए। अल्डरसटका अध्यक्ष शाहिद अजिम नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बेलायती नागरिक ग्राहम रोबर्टसका मित्र भएकाले रोहितप्रति क्लब सकारात्मक भएको गुरुङको बुझाइ छ। रोहित अहिले इन्डोनेसियाको पर्सिया जाकार्ता क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। ‘यो सम्बन्ध दुवै पक्षलाई फाइदा पुर्यााउनका लागि हो। उनीहरूलाई पनि राम्रा खेलाडी चाहिएको छ। हामी पनि नेपाली खेलाडीलाई ठूलो स्तरमा अभ्यास र व्यावसायिक खेल्ने मौका दिन चाहन्छौं,' गुरुङले भने, ‘नेपालमा भएका अरु पनि राम्रा खेलाडी अब अल्डरसट हुँदै प्रिमियर लिगसम्म पुग्न सक्छन्। यसको ढोका खुलेको छ।'
इङ्लिस प्रिमियर लिगको महारथी चेल्सीसँग अल्डरसटको खास सम्बन्ध भएकाले गुरुङ बढी आशावादी छन्। अल्डरसट आफैचाहिँ इङ्लिस फुटबल लिग संरचनामा पाँचौं श्रेणीको क्लब हो। २००८ देखि २०१२–१३ को सिजनसम्म लिग टुमा खेलेको टोली २०१३ मा रेलिगेसनमा पर्योश। हाल कन्फरेन्स प्रिमियर लिग खेलिरहेको टोलीले चारपटक बढुवा भए प्रिमियर लिगको हैसियत पाउनेछ। हाललाई अल्डरसटले खेल्न पाउने ठूलो प्रतियोगिता एफए कप हो। क्लबको लन्डनस्थित अल्डरसट सिटीमा ७ हजार ५ सय दर्शक क्षमताको आफ्नै रंगशाला छ।
अल्डरसट र सहारा युकेबीच शुक्रबार त्यहीँ सहमति भएको गुरुङले जानकारी गराए। गुरुङका अनुसार दुई क्लबबीच सहकार्य सहमति कार्यक्रममा अल्डरसटका सबै बोर्ड सदस्य उपस्थित थिए भने सहाराको तर्फबाट उनीसहित सहारा फुटबल समितिका अध्यक्ष हरि श्रेष्ठ, सहारा युकेका उपाध्यक्ष दिलीप गुरुङ, मुछेत्र गुरुङ, मीनबहादुर गुरुङ, एनआरएन युकेका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ, तमुधिका अध्यक्ष कमल गुरुङ, खेलाडी एवं फिजियोथेरापिस्ट नवल गुरुङलगायत उपस्थित थिए।
अल्डरसटले सञ्चालन गरिरहेको ८ वर्ष र ११ वर्षमुनिको एकेडेमीमा बेलायतमै बसोवास गर्ने नेपाली बच्चाहरूलाई प्रशिक्षण गराउने, नेपालका प्रतिभावान खेलाडीलाई क्लबमा व्यावसायिक अनुबन्धन दिने, नेपाली टिमलाई भ्रमण गराउने र आफूले पनि नेपाल भ्रमण गर्ने, नेपाली फुटबललाई सामग्रीहरू सहयोग गर्नेलगायतका सहमति भएको गुरुङले बताए। आउँदो जनवरीमा पोखरामा आहा गोल्डकप हुँदा अल्डरसटको युवा टोली पनि दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आउने योजनामा रहेको उनले जनाए।
‘आहाका बेला अल्डरसटको मुख्य टोली त यहाँ लिग खेलिरहेको हुन्छ। त्यसैले युवा टोलीले त्यहाँ नेपालको राष्ट्रिय युवा टोली र पोखराको स्थानीय टोलीसँग गरी दुई मैत्री खेल खेल्ने योजना छ,' गुरुङले भने, ‘त्यही समयमा अल्डरसटले नेपालका केही क्लबलाई सहयोग गर्ने योजना बनाएको छ।'
पोखरामा अनाथ, असहाय तथा आर्थिक रूपमा विपन्न बालकहरूका लागि एकेडेमी चलाइरहेको सहारा क्लबको मुख्य सहयोगी सहारा युके हो। सहारा युकेकै विशेष सहयोगमा क्लबले पोखरा उपमहानगरपालिकास्थित दोबिल्लामा जग्गा किनेर मैदान तथा एकेडेमी भवन निर्माण गरिसकेको छ।